अमेरिकाबाट डा शाहले एनआरएन अन्तर्राष्ट्रीय सचिवमा उम्मेदवारीको घोषणा

Dr. Binod Shah

विजय थापा ,भर्जिनिया

गैर आवासिय नेपाली संघको छैठौं महाधिवेशनको संघारमा अमेरिकाको न्यु योर्कमा कार्यरत चिकित्सक बिनोद शाहले आफु बिभिन्न संघ तथा संस्थामा नेतृत्व तथा एन आर एन ए अमेरिका काम गरि सकेको अनुभव बटुलेको ,साथीभाई तथा शुभ चिन्तकहरुसंग परामर्श गरि एनआरएन अन्तर्राष्ट्रियको सचिवमा उम्मेदवारीको घोषणा गरेको हु भनि जानकारी गराएका छन l

अन्तिम अवस्थामा घोषणा गर्नुको कारण र अमेरिकाबाट मात्रै आफु समेत तीन जनाले उम्मेद्वारी घोषणा गरेको चर्चा गर्दा पहिले देखि नै आफु तैयार भएको तर घोषणा मात्र अहिले गरिएको हो भन्दै साथी भाईहरुले नै यो पदको लागि सल्लाह दिए पछि आफुले अन्तिम अवस्थामा घोषणा गर्नु परेको हामी संगको कुराकानीमा बताएका छन् l

नेपालको जनकपुर घर भै हाल अमेरिकाको न्युयोर्क बसोबास गरि रहनु भएका शाह पेसाले मानव चिकित्सक हुन l अध्ययनको शिल शिलामा अमेरिका हानिएका डा बिनोद शाह अध्ययन पुरा गरि हाल अल्बर्ट आइन्सटाइन कलेज अफ मेडिसिन, न्युयोर्कमा सहायक प्राध्यापक एवं कार्यक्रम निर्देशक छन l

छापा बिज्ञप्ति जारि गर्दै आगामी अक्टोबर १९ देखि २२ सम्म काठमाडौंमा हुने सम्मेलनमा आफु गैर आवासिय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएन आईसीसी) को सचिव पदका लागि उम्मेदवारीको घोषणा गरेको उल्लेख गरेका छन् । विगत १९ वर्षदेखि अमेरिकामा रहेर नेपाली समुदायलाई सेवा गर्दै आएको र विभिन्न तहमा रहेर अमेरिकामा रहेको एनआरएन समुदायको नेतृत्व गर्दै आएको चर्चा गर्दै यो उम्मेदवारीले एनआरएनए प्रणालीभित्र चुनौतीपूर्ण र उच्च तहको जिम्मेवारीका लागि आफु तैयार भएको विश्वास रहेको जनाएका छन l

यदि एनआरएन आईसीसीमा सचिव पदमा निर्वाचित भएमा एनआरएन आईसीसीको नेतृत्व पंक्तिसँग मिलेर विश्वब्यापी रुपमा एनआरएन समुदायका पक्षमा काम गर्ने र विश्वब्यापी रुपमा रहेका एनआरएन र नेपाली मूलका व्यक्तिलाई अझ राम्रो तरिकाले एकीकृत गर्न र सम्बन्ध स्थापित गर्नका लागि ध्यान केन्द्रीत गर्दै काम गर्ने प्रतिबद्दता जाहेर गरेका छन l

आफु गैर आवासीय नेपालीहरु र नेपाली मूलका व्यक्तिको समुदायका परिवर्तित मागहरुलाई सम्बोधन गर्ने तरिकाले काम गर्ने र एनआरएनको काठमाडौमा हुन गइरहेको महाधिवेशनमा उपस्थीत हुने सबै डेलिगेट्सहरुको सहयोग र समर्थनको अपेक्षा गर्दै सबैलाई अनुरोध गरेका छन् । र थप बृहद सहभागिताका साथ मिलेर काम गरेमा एनआरएन आईसीसीलाई अझ उचाइमा पुर्याउन सक्नेछौं भनि दाबी गरेका छन l

सचिब पदका उम्मेदवार चिकित्सक शाहले नेपाली डायस्पोरामा लगातार गरेको सामाजिक कार्यका कारण उत्तर अमेरिकामा रहेका प्राय सबै संघ तथा संगठनहरुले सचिव पदका लागि आफ्नो उम्मेदवारीको पूर्ण रुपमा समर्थन गरेका छन् भन्दै आफुले अमेरिका नेपाल मैत्री समाज(न्यु योर्क )को अध्यक्ष र एसोशियसन अफ नेपाली तराइयन इन (एन्टा) अमेरिकाको अध्यक्षको जिम्मेवारीमा रहेर काम गरिसकेकोले नेतृत्व लिन आफु योग्य रहेको उल्लेख गरेका छन् ।

साथै एनआरएन एनसीसी अमेरिकाको स्थापनाकालदेखि नै डाइरेक्टर इन लार्ज र कोषाध्यक्ष पदमा रहेर समेत काम गरिसकेको र हाल शाह एसोसियसन अफ नेपाली फिजिसियन इन अमेरिकाको संस्थापक एवं महासचिव पदमा कार्यरत रहेको छापा बिज्ञप्तिमा उल्लेख गरिएको छ सचिब पदका उम्मेदवार शाहले आफु नेपाल , बंगालादेश र अमेरिकामा अन्य विभिन्न संघसंस्थाहरुमा विभिन्न पदमा समेत रहेर काम गरेको बताएका छन् l

डा. विनोद शाह

सहायक प्राध्यापक एवं कार्यक्रम निर्देशक, अल्बर्ट आइन्सटाइन कलेज अफ मेडिसिन, न्युयोर्क, अमेरिका ।सम्पर्क ०९७७ — ९८४३५९०६२४

Leave a Reply