अमेरिकामा घरबार बिहिन तथा अशक्तलाई खुवाउने संस्था एचडिएनपीले भूकम्प पिडितको लागि रक्तदान कार्यक्रम

FotoFlexer_Photo-800x635
विजय थापा ,वाशिंगटन डिसी

विनाशकारी भुकम्पका कारण घाईते भएकाहरूको स्वास्थ्य उपचारमा सहयोग पुराउने उदेश्यले एचडिएनपी (हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल,नेपाल )तथा काठमाडौँको त्रिभुवन बिमान स्थलको प्रवेस द्वारमा संचालनमा रहेको मेरीडिएन सुईट होटलको संयूक्त आयोजनामा वैशाख ४ गते सोमबार रक्तदान कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ l

उक्त रक्तदान कार्यक्रममा ४० जना रक्तदाताले रगत दान गरेको एचडिएनपी नेपालकि संयोजक श्रीजना घिमिरेले बताईन l

भूकम्पबाट घाईते भएकाहरुलाई रगतको कमि नहोस भन्दै रक्तदानको कार्यक्रम नेपालमा राखिएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियका संस्थापक देवी आचार्यले बताए l

रक्तदान गर्नु हुने सम्पूर्ण रक्तदाता लाई एचडिएनपी नेपाल ,हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय टेक्सास डलस फोर्टवर्थ अमेरिका तथा मेरीडिएन सुईट होटल काठमाडौँले धन्यबाद दिएका छन् l

यसको साथै भूकम्प पिडितहरुको लागि हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल नेपाल /अन्तर्राष्ट्रियको पहलमा टोखा नगर पालिकाका वडा १ र २ मा ७५ जना भूकम्प पिडित परिवारलाई खाध्य समाग्री वितरण गरेको छ भने भूकम्पबाट अति प्रभावित जिल्ला नुवाकोटमा १ सय घरबार बिहिन परिवारलाई खाध्य तथा राहत सामग्री वितरण गरेको संस्थापक देवी आचार्यले बताए l

अमेरिकाको टेक्सासको आर्लिंगटनमा सन् २०१२ नेपाली द्वारा स्थापना भएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले बिश्व कै धनि राष्ट्र अमेरिकामा पनि प्रशस्त घरबार बिहिन ,अशक्त तथा मागेर जीविका चलाउने मानिसहरुलाई भोजन गराउने गरेको छ l

उक्त संस्थाले उनीहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ l हरेक महिनामा नेपालको पशुपतिनाथमा घरवार बिहिन ,भिखारी र आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दै आएको जानकारी देवी आचार्यले दिदै उनीहरुको स्वास्थ्य उपचार तथा लुगा फाटाहरु समेत उपलब्ध गराई सहयोग गरिदै आएको बताएका छन्l

हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) अमेरिकी सरकारको मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ l

Leave a Reply