अमेरिकामा नेपाली चेलीको एकल चित्रकला प्रदर्शन 

misigan 4
 
आश्विन २६ ,भर्जिनिया 
विजय थापा 
 
अमेरिकाको मिसिगन राज्यमा एक दशक भन्दा ज्यादा समय देखि बसोबास गर्दै आएकी नेपाली मुलकी चाँदनी सुवालले गत आश्विन २४ गते मिसिगनको वाटर फोर्डमा एकल चित्रकला प्रदर्शनी गरेकी छिन् l
 
काठमाडौँ जन्म भएकी सुवालले आफ्नो जीवनकाल भर चित्रकलाको माध्यमबाट स्वयम् लाई अभिव्यक्त गर्ने गरेकी छिन् l प्रदर्शनीमा नेपाल झल्कने र नेपाललाई चिनाउने प्रकारका उनले कोरेका चित्रकलाहरु प्रदर्शनी गरिएका थिए l नेपाली तथा बिदेशीहरुले अबलोकन गर्नुको साथै पनि नेपाल बारे सोधपुछ गरेको र केहि बिदेशीहरुले खरिद पनि गरेको बताईन l
misigan 6
उनले अमेरिकाको बिभिन्न राज्यहरुमा एकल चित्रकला प्रदर्शनी गरि सकेकी छिन् भने आउदो शरद ऋतुमा पुन क्लार्क्सनमा प्रदर्शनी गर्ने भएकी छिन् l
 
उनि अमेरिकाको मध्ये पुर्वमा निक्कै चर्चित हुन् थालेकी छिन् l काठमाडौँ हुदा देखि नै आफु त्यो पेसामा संलग्न रहेको भएता पनि अमेरिकामा उचित समय व्यवस्थापन गर्न नसकेको कारण धेरै बर्ष यसरि आफ्नो कलालाई स्थगित गर्नु परेको बताएकि छिन् l
 
सुवाल नेपालमा हुदा देखि नै उत्सव समयमा सुवाल गृह पूर्ण चित्रकला प्रदर्शनीले सजि सजाउ हुने गरेको जानकारी गराईन l कला र प्रतिभा मर्न नदिन नेपाल र नेपालीको पहिचानको लागि आफु भित्र लुकेको प्रतिभालाई पस्कने बताउदै यसलाई निरन्तरता दिने जानकारी गराईन l
 
उनले मिसिगन ,सिकागोमा एकल प्रदर्शनी गरि सकेकी छिन् भने भबिस्यमा बोस्टन र उथाह राज्यहरुमा पनि प्रदर्शनी गर्ने सोच बनाई रहेको जानकारी गराएकी छिन् l
misigan 2

Leave a Reply