अमेरिकामा नेपाली चेलीको एकल चित्रकला प्रदर्शन

art 6 imp
विजय थापा ,भर्जिनिया ,भाद्र १२ – भनिन्छ मनुष्य जातिमा निहित प्रतिभा कहिले मर्दैन र आफुले सिकेको शिप कहिले बिर्सदैन l 
 
नेपालबाट करिब एक दशक अगाडी अमेरिकाको मिचिगन राज्यमा आएर आफुले जानेको शिप र कलालाई थन्काएर बिरानो मुलुकमा केवल जीवन चक्र चलाउदै आएकी चाँदनी सुवालले अन्तत्वगत्वा अमेरिकामा चित्र कला प्रदर्शनी गरि आफनो कलाकारिता प्रस्तुत गर्न भ्याएकी छिन । मात्री भूमिमा हुंदा नै चांदनी सुवाल कुची (ब्रस )र रंगसंग राम्ररी लुटपुटिइ सकेकी थिइन् l
 art 2
लगन र कर्मले उनलाई अमेरिका पुरयायो । सुवालले आफनो कलाकारिता फेरी प्रस्फुटन गर्न मौका पाईन र  मिचिगनको वाटरफोर्ड शहरको होली-डे -इन होटलमा उनको एकल कला प्रदर्शनी भयो । नेपालका प्रमुख विषयका रुपमा रहेको प्रकृती, संस्कृति र कलाहरु उनको चित्रका आकर्षण रहेको थियो । उक्त प्रदर्शनी हेर्न नेपाली र विदेशी ग्राहकहरुको घुइचो लागेको थियो भने अभिरुचि पुर्वक बिदेशीले चित्र मार्फत नेपालको बारेमा जान्ने मौका पनि पाए l
art 4 
चांदनी आफनो लामो समयको सपना पुरा भएकोमा खुशी व्यक्त गर्दै उनले भनिन – रंग मेरो धैर्यता हो । यसमा आफना सपनाहरु भर्न मन लाग्छ । यसलाई सवैले मन पराइदिनु भयो भन्दै यसले थप उर्जा मिलेको छ भनिन । १० वर्षदेखि मिचिगनको डिपार्टमेन्ट(बिशाल बजार )पसलमा काम गर्दे आएकी चांदनीले पहिलो प्रदर्शनीमा देखिएको सहभागिहरुको संख्या र प्रशंसाले आफु उत्साहित भएको भन्दै भविष्यमा यसलाई ब्यवसायको रुपमा लाने सोच बनाएको बताउछिन् । भन्छिन् – यो ब्यवसाय बन्न सक्छ । यसतर्फ पाइला अगाडी वढाउने छु । 

Leave a Reply