अमेरिकामा नेपाली महिलाहरुको चौथो सम्मेलन भब्यताको साथ सम्पन्न

nwgn 2
विजय थापा
भाद्र २ भर्जिनिया ,
 
गत अगस्त १६ तारिख अमेरिकाको म्यास्याचुसेट्स राज्यको बोस्टनमा नेपाली महिला बिश्व संजाल (एन डब्लु जी एन ) को चौथो द्व बार्षिक सम्मलेन सफलता पुर्वक सम्पन्न भएको छ l 
 
आर्थिक शशक्तिकरणको लागि नेपाली महिला एकजुट र बिश्वब्यापी रुपमा संगठित भन्ने सम्मेलनको मुख्य नारा रहेको सम्मेलनले बिश्व भर रहेका महिलाहरुको सम्बन्धमा शशक्त आवाज उठाएको छ l सम्मेलनमा अमेरिकाका लागि नेपाली कार्यबाहक राजदुत ऋषि घिमिरे ,गैर आवासीय नेपाली संघका अधक्ष्य शेष घले तथा अन्य अतिथिहरुको बिसेष उपस्थिति रहेको थियो l मुख्य वक्ता तथा मानव अधिकारबादी डा रेणु राजभण्डारीले महिलाहरुका जटिल मुद्धाहरु स्थान्तरण ,महिला बेच बिखन ,घरेलु हिंसा ,स्वास्थ्य तथा यौन आक्रमण बारेमा प्रकाश पारेकी थिइन् l
 
सम्मेलनले नेपाली महिलाहरु सम्बन्धि विभिन्न प्रकारका स्रोत जुटाउन अपरिहार्य हुने र त्यसको लागि विभिन्न संघ सहकार्य तथा हातेमालो भै गर्दै काम गर्ने गरि ढोका खुला गरिएको बताईएको छ l सम्मेलनले महिलाहरुको स्तर वृद्धिमा संचार माध्यमको भूमिका ,महिलाहरुका उपलब्धि तथा साना ब्यबसाय स्वामित्वका चुनौतीका बिषयमा मस्तिस्क मन्थन गरिएको जनाईएको छ l
 
महिला अधिकारबादी तथा सामाजिक कार्यकर्ता लिली थापाले हृदय बिदारक कथा सुनाउदा वातावरण निक्कै भावुक बन्न पुगेको थियो l सम्मेलन सूचना तथा उत्प्रेरणामुलक रहेको ठहर गर्दै सहभागी हुने अधिकांसले २ बर्षमा आयोजना हुने सम्मेलनलाई हरेक ६ महिनामा सम्मेलनको आयोजना गरियोस भनि अनुरोध गरिएको पुर्व अधक्ष्य बिद्या रंजितले बताईन l उक्त सम्मेलनको लागि अमेरिकाका बिभिन्न राज्यहरुबाट महिला हकहितको लागि आवाज उठाउने र त्यस सम्बन्धमा काम गरि रहेका समाज सेवी तथा महिला अधिकारवादी सहभागी हुन बोस्टन पुगेका थिए l 

 

Leave a Reply