अमेरिकामा नेवार समुदायको ईतिहासमा ब्राम्हण कन्याहरुले पनि इही गराए l

nppa 3

बैशाख २१ ,भर्जिनिया

विजय थापा

अमेरिकाको डिसी महानगर क्षेत्रमा २३ बर्ष अगाडी नेवार समुदायले स्थापना गरेको नेपा पास पुच अमेरिकाये (एन पी पी ए )को छैठौ इहि समारोहमा डिसी क्षेत्रको सेरोफेरोमा बसोबास गर्ने ब्रम्हाण्ड कन्याहरुले समेत ईहि पुजा गराएका छन् l

उक्त इहि समारोहमा चार ब्राम्हण कन्याहरु ,एक झा कन्या तथा अन्य नेवार समुदायका कन्याहरुले इहि गराएका थिए l नेवार समुदायको इतिहासमा नै पहिलो पटक हुन् सक्ने दाबी उक्त इही उत्सब गराएका नेवार समुदायका पुजारी बासव राजोपाध्याय गरेका छन l

nppa 5

एन पी पी ए का अधक्ष्य सरोज प्रजापति भन्छिन हामीले पनि कुनै अरु जातिले इहिमा भाग लिएको नसुनेकोले एन पी पी ए को लागि यो अति महत्वपूर्ण दिन रहेको बताईन l पण्डित बासव राजोपाध्याय अगाडी भन्छन नेवार समुदायको मात्र इहि समारोह ,पर्व र पुजा भन्ने परम्परागत सोचाईलाई अमेरिकामा रहेका अन्य जातिको सहभागिताले ठुलो हलचल ल्याएको र त्यो सोचाई गलत रहेको प्रमाणित गरेको बताए l नेवार समुदायको मात्र इहि भन्ने अब तोडिएको बताउदै यो सबैले गर्न सक्ने बताए l

nppa 4

 

नेवार समुदाय बाहेक इहि अरु कसैले पनि नगराएको आफुले यत्रो उमेरसंग नसुनेको र कतै चर्चा परिचर्चामा नआएकोले यो एन पी पी ए ले इतिहास बनाएको दाबी गरेका छन् l पण्डित राजोपाध्याय भन्छन यसलाई बेल बिबाह भन्ने गरेकोले बेलसंग बिल्कुल बिबाह गरेको हैन ,गलत अनुबाद गरिएको भन्दै केवल साक्षी मात्र गरेको भन्दै इहि भन्दा उत्तम हुने जानकारी दिए l नेवार समुदायमा बिधवा भन्ने नै छैन र हुदैन l कन्याले केवल सुवर्ण कुमार संग मात्र बिबाह गरेको हुन्छ l बिबाहमा भगवान शिवको प्रतिनिधित्व गरेको हुन्छ l सुवर्णले भगवान बिष्णु तथा नारायणको प्रतिनिधित्व गर्छ भने l

उक्त इहि समारोह पुजामा पाँच देखि एघार बर्षका उमेरका कन्याहरुले मात्र इहि गराउने गरिन्छ भन्दै अधक्ष्य सरोज प्रजापतिले सबैलाई धन्यबाद दिईन l

Leave a Reply