अमेरिकामा प्रतिभा प्रतियोगिता सम्पन्न     

pratibha 1
विजय थापा 
आषाढ २६,भर्जिनिया 
 
डिसी महानगर क्षेत्रको भर्जिनियाको टाईसन् कर्नर स्थित शेराटन होटलमा गत हप्ता जुलाई ४-६ मा आयोजना गरिएको ३२ औ ए एन ए सम्मेलनमा उत्तर अमेरिका भरिको लागि आब्हान गरिएको प्रतिभा प्रतियोगितामा सम्पन्न भएको छ l जुलाई ४ तारिखको पहिलो दिन उक्त प्रतिभा प्रतियोगिता भएता पनि त्यसको नतिजा तथा बिजयिहरुलाई पुरस्कार सम्मेलनको अन्तिम दिन जुलाई ६ तारिख पुरस्कृत गरिएको थियो l
pratibha 2
उक्त प्रतियोगितामा अमेरिका भरका बिभिन्न राज्यहरुबाट जम्मा १८ वटा प्रतियोगीहरुको सहभागी भएको तथा १४ वटा फरक प्रस्तुति समाबेश गरिएको जानकारी संस्कृति तथा मनोरंजन समितिका संयोजक उद्धव उप्रेतीले गराए l
 
उक्त प्रतियोगितामामा भाबिषा फुयाल प्रथम ,सलिना श्रेष्ठ ,द्वितीय तथा श्रीजना जोशी तृतीय भएका छन् l प्रथम हुने लाई अमेरिकाबाट नेपाल आवत जावत हवाई टिकट पुरस्कार स्वरुप प्रदान गरिएको थियो भने द्वितीय तथा तृतीय हुने लाई क्रमस $ ५००.०० तथा $ ३००.०० नगत पुरस्कार प्रदान गरिएको थियो l हवाई टिकटको व्यवस्था ट्रावल हाउस नेपालले प्रयोजन गरेको थियो l

 

Leave a Reply