अमेरिकामा प्रधानमन्त्री नरेन्द्र मोदी बिरुद्ध सर्वाधिकार मुद्धा प्रक्रिया सुरु

6C80C8A9-0A56-4831-A875-79642BD94F88

विजय थापा
वाशिंगटन डिसी

अमेरिकाको मेसाचुसेट्स राज्यको बोस्टनमा लामो समय देखि बसोबास गर्दै आएका नेपाली मुलका प्रख्यात छायाचित्रकार पत्रकार बिमल नेपालले खिचेका तस्बिरहरुको बिषयलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदी बिरुद्ध सर्वाधिकार मुद्धा प्रकिया सुरु भएको छ l झन्डै डेढ दशक देखि अमेरिका बसोबास गर्दै आएका नेपाली मुलका फोटो पत्रकार बिमल नेपालको पक्षबाट फिस एण्ड रिचार्डसन कानुनी ब्यबसायीहरुले सर्वाधिकार बिषय सम्बन्धि कानुनी लडाई लड्ने भएको छ l

उक्त मामलामा अमेरिकाको युएस कपि राईटमा दर्ता भै सकेको छ भने प्रधान मन्त्रि नरेन्द्र मोदीलाई बिमल नेपालका वकिलहरुले जानकारी गराईएको छापा बिज्ञप्तिमा उल्लेख गरिएको छ l

र ​,​उक्त फिस एण्ड रिचार्डसन कानुन ब्यबसायले निशुल्क बिमल नेपालको पक्षमा लड्ने भएका छन् भने अब प्रधान मन्त्रि नरेन्द्र मोदीको प्रति उत्तरको प्रतिक्षामा रहेका छन् l

फिस एण्ड रिचार्डसन १ सय ३७ बर्ष पुरानो कानुन ब्यबसाय हो भने यसको मुख्य कार्यालय बोस्टनमा रहेको छ l उक्त कानुनी ब्यबसायले अधिकार पत्र ,बौद्धिक सम्पत्ति तथा अन्य मुद्धाका बिषयमा हेर्ने गरेको भएता पनि सर्वाधिकार सम्बन्धि धेरै मुद्धाहरु हेरी सकेको छ l

गत बर्ष भारतका प्रधान मन्त्री नरेन्द्र मोदीले बिमल नेपाल द्वारा खिचिएको तस्बिर अनुमति बिना प्रधान मन्त्रीको आधिकारिक फेस बुक (अनुहार किताब)मा राखीएको बिषयले चर्को रुप लिए पछि अन्तत्वगत्वा कानुनी सहारा लिनु पर्ने अवस्थामा पुगेको बताईएको छ l

नेपालले गत बर्ष आफैंले आफ्नी छोरीको तस्बिर मेसाचुसेट्सको क्यामब्रिज अवस्थित घरको खान खाने स्थानमा खिचेको तस्बिरलाई प्रधान मन्त्रि नरेन्द्र मोदीले दिपावलीको समयमा अनुमति बिना उक्त तस्बिरलाई आफ्ना सम्पूर्ण प्रशंसक तथा अनुयायीहरुलाई प्रधान मन्त्रीको फेसबुकबाट पठाईएका थिए l

प्रसिद्ध नेपाली फोटोग्राफर पत्रकार बिमल नेपालले अमेरिकाको बोस्टनमा आफ्नो छोरी संग खिचेको तस्बिरलाई प्रधान मन्त्रि नरेन्द्र मोदीले आफ्ना २३ मिलियन अनुयायीमा हिस्सा गरेका थिए भने ४ लाख ९६ हजार ले मन पराएका थिए l यसै गरि ४५ हजारले अन्यमा ठाउमा हिस्सा गरेका थिए भने १६ हजारले टिप्पणी गरेका थिए l

भारतका प्रधान प्रधान मन्त्रिको कार्यलयबाट उक्त तस्बिर प्रयोग गर्न अनुरोध पनि नगरेकोले उक्त कदम चाल्नु बाध्य भएको बताईएको छ l

Leave a Reply