अमेरिका नेपाल सोसाईटी द्वारा ३ लाखको छात्रवृत्ति प्रदान

ans 6

अमेरिका नेपाल सोसाईटी द्वारा ३ लाखको छात्रवृत्ति प्रदान

बैशाख २ ,भर्जिनिया

विजय थापा

उत्तर अमेरिका कै नेपाली समुदायको सबै भन्दा जेष्ठ गैर मुनाफा संस्था तथा नेपालका लागि अमेरिकन पुर्व राजदूत एल्सवर्थ बंकर मानार्थ सभापति रहेको अमेरिकाको राजधानी वाशिंगटन डिसीमा स्थापना भएको अमेरिका नेपाल सोसाईटी (समाज)ले करिब तीन लाख नेपाली रुपैया बराबरको “बिनोद एण्ड सावित्री छात्रवृत्ति ” बिजयी बिद्यार्थीहरुलाई प्रदान गर्दै नया बर्ष भब्यताको साथ मनाएको छ l

संस्थाका वर्तमान अधक्ष्य ठाकुर पुडासैनी (बिद्या वारिधि )ले गरिमामय ईतिहास बोकेको यो संस्थाको मुख्य उदेश्य शैक्षिक तथा परोपकार क्षेत्रको सेरोफेरोमा ज्यादा काम गर्नु पर्ने भएकोले आफ्नो नेतृत्वकालमा सोहि उदेश्य अनुसार योजना बनाई त्यहि क्षेत्रमा पहल गरेको उल्लेख गर्दै पहिलो पटक बार्षिक रुपमा प्रथम हुने बिद्यार्थीलाई दुई हजार अमेरिकन डलर तथा द्वितीय हुने बिद्यार्थीलाई एक हजार पुरस्कारको व्यवस्था गरि नया बर्षको मौकामा प्रमाण पत्रको साथै रकम हस्तान्तरण गरिएको बताए l

ans 1 (2)

अमेरिका नेपाल सोसाईटी (समाज) का लागि स्थापना गरिएको उक्त “बिनोद एण्ड सावित्री छात्रवृत्ति ” का संस्थापक राजिव मैनालीले पिता बिनोद मैनाली तथा माता सावित्री मैनालीको नाममा राखिएको उल्लेख गर्दै समाज सेवाको लागि केहि गरौ भन्ने उदेश्य अनुरुप छात्रबृती स्थापना गरिएको बताए l

अगाडी थप जानकारी दिदै मैनालीले भने आफु २२ बर्ष पहिले अमेरिका अध्ययन गर्न आएको हु भन्दै पिता पनि संघर्ष गर्दै अध्ययन गर्ने र छोराछोरीको पढाईको लागि धेरै संघर्ष गरेको बताए l आफु अमेरिकामा काम गर्दै पढ्दै गरेकोले बिद्यार्थी जीवनमा अर्थको महत्व बुझेकोले यो रकमले बिद्यार्थीलाई धेरै राहत हुने छ भन्ने सोचाई राख्दै सुनन्दा मैनाली(धर्म पत्नी ) ,भाई रोशन मैनाली (चिकित्सक )र बुहारी सपना मैनाली (चिकित्सक ),भाई रोबिन तथा माइल्स मैनालीको सयुक्त प्रयास तथा सहयोगमा खोलिएको “बिनोद एण्ड सावित्री छात्रवृत्ति ”को स्थापना गर्दै लागि बार्षिक तीन हजार डलर दिने निर्णय गरेका हौ भने l

ans 2

उक्त छात्रवृति अमेरिका भ्रमणमा रहेका शहरी बिकाश मंत्री डा. नारायण खडकाले “बिनोद एण्ड सावित्री छात्रवृत्ति ” पहिलो पुरस्कार $ दुई हजार डलरको चेक (धनादेश )सुश्री ओजस्वी पाण्डेलाई तथा $ एकहजार डलरको चेक (धनादेश )सुश्री सुस्कृति दिक्षितलाई प्रदान गरे भने उक्त समयमा ”बिनोद एण्ड सावित्री छात्रवृत्ति ”का सबै सदश्यहरुको उपस्थिति रहेको थियो lउक्त छात्रवृत्ति डिसी महानगर क्षेत्रका १२ कक्षा सम्मका बिद्यार्थीहरुलाई मात्र सहभागी हुन् पाउने नियम बनाईएको थियो l

प्रमुख अतिथि नारायण खड्काले मन्तब्य राख्दै अमेरिका नेपाल समाजमा पहिला पनि आफु सहभागी भै सकेको उल्लेख गर्दै संबिधान लेखनको बारेमा चर्चा गर्दै सिर्फ दुई वोटा बिषयमा बाहेक अन्य सम्पूर्ण कुराहरुमा दलहरु बीच सहमती भैसकेकोले आदिबासी जनजातीका भावना समेत समेटिने गरी चाडो संबिधान बन्ने मन्तब्य राखे l

उक्त नया बर्षको कार्यक्रममा नेपाली दुतावासका चार्ज दे’ एफ़ेयर्स (कार्यबाहक राजदुत) ऋषीराम घिमिरेले नयाँ बर्षको शुभकामना मन्तब्य दिएका थिए भने ऊक्त कार्यक्रमलाई मनोरंजन प्रदान गर्न चिट्ठा, भलिबल र नाचगान समेतको आयोजना गरिएको थियो l

Leave a Reply