अमेरिकी चुनाबमा नेपाली अमेरिकनहरुको सहभागिता बढ्दो

vote 1

भर्जिनिया ,कार्तिक २०

विजय थापा ,

नेपाली समुदायको जन घनत्व अमेरिकाको वाशिंगटन डिसी ,भर्जिनिया ,न्युयोर्क ,क्यालिफोर्निया ,सिकागो तथा अन्य राज्यहरुमा बिज गणतीय रुपमा वृद्धि हुदै गै रहेको छ l जनसंख्या ह्वातै बढ्दो अवस्थाको साथै नेपाली अमेरिकनहरु पनि स्थानीय ,क्षेत्रीय तथा अन्य निर्वाचनमा चासो देखाउन थालेका छन् l २०१० को अमेरिकाको १० बर्षे जन गणनामा करिब साठी हजारले नागरिकता लिएको देखाएको छ l

virgina vote

हाल २०१३ सम्ममा निक्कै नेपालीहरुले अमेरिकाको नागरिकता लिई सकेका छन् भने अमेरिकाको बिभिन्न ठाउमा भएको निर्वाचनमा नेपालीहरु सक्रिय रुपमा डेमोक्रेटिक तथा रि पब्लिकनका उम्मेदवारहरुलाई जिताउन चुनाबी प्रचार प्रसारमा खुलेर लागेका थिए l डिसी महानगर क्षेत्र (भर्जिनिया ,डिसी र म्यारील्याण्ड ) मा रहेका नेपाली समुदायसंग दुवै दलका उम्मेदवारहरुले बाक्लो भेटघाट गर्दै आफु तिर तान्ने प्रयास गरे भने नेपाली समुदायकै पहलमा अन्तर क्रिया कार्यक्रममा नेपालीहरुको समस्याहरुलाई सम्बोधन गर्ने प्रतिबद्दता उमेद्वारहरुले बताएका थिए l

निर्वाचनमा धेरै स्थानमा डेमोक्रेटिकहरुले बिजयी हात परेका छन् भने अधिकांस नेपाली अमेरिकनहरु अलिक ज्यादाको झुकाब डेमोक्रेटिक दलमा देखिएको छ l गत २०१२ मा राष्ट्रपतिको निर्वाचनमा पनि बराक ओबामालाई अल्प संख्यक नेपाली अमेरिकनले मत दिएको एक सर्वेक्षणले देखाएको थियो l

डिसी महानगर क्षेत्रमा मतदान गर्न गएका तथा पहिलो पटक मतदान गरेका नेपाली अमेरिकनले हामी संगको कुराकानीमा प्रजातन्त्रमा धेरैले विश्वास गरेको हुनाले प्रजातान्त्रिक दललाई नै गोप्य मतदान गरेको बताए l कति बर्ष पछि मत खसाल्नु भनि डिसीका एक नेपाली अमेरिकनसंग प्रश्न राख्दा अमेरिकामा आए पछि नागरिकता लिन धेरै बर्ष कुर्नु पर्ने हुनाले यस्तो अवसर पहिलो पटक पाएकोले खुसि ब्यक्त गरे l भर्जिनिया का नव निर्वाचित गवर्नर टेरी म्याकल्फीलेकेही समय अगाडी नेपाली समुदायको सहयोग अपेक्षा गरेको भन्दै भर्जिनियाको प्रजातान्त्रिक लाउडन काउन्टीको भेटघाटमा उक्त कुरा हामीसंग बताएका थिए l

vote 2

 

Leave a Reply