अमेरिकी राजदूत पिटर बोडे ले ए एन ए सम्मेलनलाई सम्बोधन गर्ने

ANA Press Meet in nepal

विजय थापा

भर्जिनिया ,अमेरिका

न्यु योर्क ,मे १७ , ३१ औं एएनए सम्मेलनका संचार संयोजक सुर्य थापाले एक प्रेस बिज्ञप्ति जारी गर्दै हाल ए एन ए का मुख्य संयोजक समीर महर्जन निश्चित उदेश्यको साथ बिभिन्न ब्यक्त्तित्वहरुलाई भेटघाट गर्न तथा निमंत्रणा दिन दुई हप्ते नेपाल भ्रमणमा रहेको जानकारी दिएका छन् l उक्त बिज्ञप्तिमा जानकारी गराउदै सम्मेलनलाई ऐतिहासिक बनाउने अठोट तथा व्यापक सूचना प्रदान गर्ने उदेश्यको साथ मे १६ विहीबार काठमाडौँमा मुख्य संयोजक समीर महर्जनले एक पत्रकार सम्मेलनको आयोजना गरेका छन् । मुख्य संयोजक महर्जनले हामीलाई देशले के दियो भन्दा पनि हामीले देशलाई के दियौं भन्ने अहम् प्रश्नलाई केन्द्रविन्दुमा राखेर यसपटक अमेरिकामा रहेका नेपालीहरुले मुलुकको आर्थिक समृद्धिका लागि सोच्न लागेको बताएका छन् l

उक्त पत्रकार भेटघाट कार्यक्रममा सांस्कृतिक, साहित्यिक, सांगीतिक गतिविधि, खेलकुद, खाना महोत्सवका अलावा सांस्कृतिक परेड, प्रतिभा प्रतियोगिता प्रदर्शन, व्यान्ड प्रतिस्पर्धा (संगीत मण्डली )र गोष्ठीहरुको आयोजना गर्न लागिएको जानकारी दिए l३१ औ ए एन ए सम्मेलनमा नेपालबाट मन्त्रीस्तरीय प्रतिनिधित्व रहने बताउँदै महर्जनले नेपाल उद्योग वाणिज्य महासंघका सुरज बैद्य ,नेपाल उद्योग परिसंघ, नेपाल अमेरिका चेम्वर अफ कमर्स जस्ता संस्थाहरुको संस्थागत सहभागिता रहने पनि जानकारी दिए l  उक्त छापा बिज्ञप्तिमा संचार संयोजक थापाले उल्लेख गर्दै उद्योगपति सुरज बैध्य लगायत ८-१० जना ब्यबसायी सहित ब्यापारिक प्रबर्धन गर्न आउने निश्चित गरेको जानकारी गराईएको छ l

यसै गरि उक्त छापा बिज्ञप्तिमा संचार संयोजक सुर्य थापाले बिसेष जानकारी गराउदै सम्मेलनमा नेपालका लागि अमेरिकी राजदूत पिटर बोडेको पनि विशेष सहभागिता रहने र सम्मेलनलाई सम्बोधन गर्ने निधो भएको उल्लेख गरेका छन् l  नेपालको वर्तमान राजनैतिक अवस्था र विकास सम्बन्धिमा पनि अन्तरक्रिया कार्यक्रम समेतमा सहभागी हुन् सक्ने जानकारी दिइएको छ । उक्त सम्मेलनमा अमेरिकाका लागि नेपाली महामहिम राजदूत डा शंकर प्रसाद शर्माको पनि बिशेष सहभागिता हुने छ l उक्त पत्रकार सम्मेलनमा नेपालको भ्रमणमा रहनु भएका अवैतनिक नेपाली महावाणिज्यदूत प्ररेमराजा महतले एएनए अमेरिकामा रहेका नेपालीहरुको छाता संस्था रहेको बताउँदै यसले नेपाल र अमेरिकालाई जोड्ने भावनात्मक पुलको काम गर्दै आएको विचार व्यक्त गरेको जनाईएको छ l

एएनए नेपाल ग्रामिण विकासका  प्रमुख डा. सुदीप श्रेष्ठले एएनएको ऐतिहासिक पृष्ठभूमीको चर्चा गर्दै सन् १९८३ मा न्यूयोर्कमा स्थापना भएको अमेरिकाकै एक पुरानो संस्था भएको जानकारी दिनु भएको चर्चा गरिएको छ lनेपालमा एएनए नेपाल नामक संस्था दर्ता गरी एकलाख डलरको योजना सुरु गरेको जानकारी गराएको पनि उल्लेख गरिएको छ । र उक्त कार्यक्रममा ए एन ए नेपाल ग्रामिण विकासका शुभ चिन्तक तथा मेरो देश मेरो लगानीका संस्थापक तथा समाज सेवी महाबिर पुनको पनि उपस्थिति रहेको थियो l

यस क्रममा महर्जनले अर्थमन्त्री शंकर कोइराला, नेपालका लागि अमेरिकी राजदूत पिटर बोडे, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघको नेतृत्वसँग भेट गरी सहभागिताका लागि औपचारिक निम्तो दिनु भएको र शुभकामना सन्देशका लागि राष्टपति, सरकार प्रमुख र मूख्य राजनीतिक दलका शिर्षस्थ नेताहरुसँग पनि भेटघाट क्रमलाई अगाडि बढाइदै गरेको उल्लेख गरिएको छ l एएनएको ३० औं डालास सम्मेलन २०१२ मा पहिलो पटक अमेरिकी राष्टपति वराक ओवामाले सम्मेलनको सफलताको कामना गर्दै लिखित शुभकामना सन्देश दिनु भएको थियो । यो नेपालीप्रतिको ठूलो सम्मान र उपलव्धी हो ।

यसै गरि साहित्य अनुरागीहरुको लागि ए एन ए साहित्य प्रतिस्ठानको पहलमा अन्तरराष्ट्रिय नेपाली कविता प्रतियोगिता वरिस्ठ अधिवक्ता तथा महोत्सव संयोजक बिनोद रोकाको नेतृत्वमा कविता महोत्सवको भब्य तैयारी गरिएको जानकारी दिइएको छ lअन्तरराष्ट्रिय नेपाली कविता प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने स्रष्टालाई प्रथम पुरस्कार एक हजार यु एस डलर र प्रमाण पत्र ,दोश्रो पुरस्कार ,तीन  सय यु एस डलर र प्रमाण पत्र र तेश्रो पुरस्कार दुई सय यु एस डलर र प्रमाण पत्र दिइने जानकारी गराईएको छ l

 

 

Leave a Reply