अमेरिकी विदेश मन्त्रिले राजदूत शर्मालाई बिदाई गरे

john keri 1

माघ ६ ,भर्जिनिया

विजय थापा ,वाशिंगटन डिसी स्थित अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट )ले अमेरिकाका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्माको सम्मानमा एक बिदाई समारोहको आयोजना गरेको जानकारी नेपाली दूताबासद्वारा जारि गरिएको छापा बिज्ञप्तिमा जनाईएको छ l

उक्त बिदाई समारोहको आयोजना राज्य बिभाग तथा शिष्टचार बिभागले गरेको थियो l उक्त बिदाई समारोहमा शिष्टचार बिभागका उप प्रमुख तथा अमेरिकी विदेश मन्त्रि जन केरीले राजदूत शर्मालाई एक दुर्लभ विशेष विदाई समारोहमा चर्चा गर्दै नेपाल र संयुक्त राज्य अमेरिका बीच महत्वपूर्ण साझेदारी मजबूत बनाउन खेलेको भूमिका र सहयोग गरेकोमा राजदूत शर्माको सराहना गरे l

राजदूत डा शर्माले उक्त बिदाई समारोहमा लोकतन्त्र र देशको आर्थिक तथा सामाजिक विकासको लागि संस्थागत सहयोगको लागि अमेरिकी सरकारलाई धन्यवाद दिए । उक्त समारोहमा उच्च स्तरीय कूटनीतिज्ञहरू ,सरकारी अधिकारीहरू ,प्रवासी र नेपाली दूताबासका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

यसै गरि महामहिम राजदूत डा शर्माले जनवरी १७ मा वाशिंगटन डिसीको राज्य विभागको आफ्नो कार्यालयमा राज्य बिभागका उप सचिब विलियम जे बर्न्सले पनि भब्य बिदाई गरेका थिए भने उक्त बैठकको समयमा आपसी हित र तिनीहरूलाई सुदृढ गर्ने तरिका मामिलामा छलफल गरिएको थियो । राजदूत शर्माले सहमति निर्माण ,समयमै संविधान लेखनको अन्तिम बर्ष ,प्रमुख राजनीतिक दलहरूका बीचमा चलिरहेको परामर्श ,नोवेम्बरमा नेपालमा संविधानसभाको सफलतापूर्वक निर्वाचन भएको बारेमा बर्न्सलाई अवगत गराएका थिए l

राज्य बिभागका उप सचिवले संयुक्त राज्य अमेरिका र नेपाल बीचको द्विपक्षीय सम्बन्ध विकास र मजबूत बनाउने योगदानको लागि राजदूत शर्मालाई धन्यवाद दिए । राज्य विभागका उप सचिव बर्न्सले नेपालको आर्थिक तथा सामाजिक विकासको निरन्तर सहयोग ,नेपाल एक शान्तिपूर्ण , समृद्ध र लोकतान्त्रिक देश हेर्न चाहेको बताउदै अमेरिकाको निरन्तर सहयोग रहने प्रतिबद्धता जाहेर गरे l

बिदाई समारोह अन्तर्गत ,फ्लोरिडा राज्यका प्रतिनिधिसभा तथा नेपाल ककस सह अधक्ष्य एनडर क्रेनसले राजदूत शर्मा को सक्रिय भूमिकाको प्रशंसा गर्दै भने ” पछिल्लो चार वर्षमा धेरै सकारात्मक मुलुकमा परिवर्तन भएको र संयुक्त राज्य अमेरिकासंग राम्रो सम्बन्ध स्थापना गरेको कुराको उल्लेख गरे l नेपाल फर्कने तरखरको अन्तिम अवस्थामा पुगेका राजदूत शर्माले आफ्नो निजि निवासमा बिदाई समारोह कार्यक्रमको आयोजना पनि गरेका थिए भने उक्त समारोहमा कूटनीतिक अधिकारिहरु ,राज्य विभाग, ह्वाइट हाउस ,अमेरिकी संसद भवन देखि वरिष्ठ अमेरिकी कुटनीतिज्ञहरुलाई बोलाएका थिए l

यसै गरि दक्षिण तथा मध्य एसियन मामला हेर्ने सहायक राज्य सचिब निशा देसाई बिश्वासको बिदाई समारोहमा पनि राजदूत शर्मा सहभागी भएको जानकारी वाशिंगटन डिसी नेपाली दूताबासले जनाएको छ l र राजदूत डा शर्मा अमेरिकामा आफ्नो चार वर्ष कार्यकाल पूरा गरि यहिँ जनवरी २२ मा नेपाल फर्कने जानकारी उक्त छापा बिज्ञप्तिमा जनाईएको छ l

 

Leave a Reply