अर्भिङमा श्रीमद्-भागवत महा-पुराण सप्ताह

जुलाई ३१, २०११ – आजबाट नेपाली समाज टेक्सास को अर्भिङ स्थित हलमा श्रीमद्-भागवत महा-पुराण सप्ताह बाचन शुभारम्भ गरियो | अगस्ट ६, २०११ मा समापन गरिने यस पुराण सप्ताह बेद्ब्यास पुत्र गर्भग्यानी शुकदेव द्वारा वाचन गरिने छ | आयोजक समिति सबै श्रदालु भक्तजन हरु लाई पुराण सप्ताह मा सहभागी हुन अनुरोध गर्दछ | आजको कार्यक्रम का केहि तस्बिरहरु यहा समाबेश गरिएका छन् |

Puran in Irving - Photo 1 Puran in Irving - Photo 2 Puran in Irving - Photo 3 Puran in Irving - Photo 4

[फोटो ठुलो बनाउन माथी क्लिक गर्नुस] Photos – Pasang Lama

श्रीमद्-भागवत महापुराण सप्ताह कथाको कार्यक्रम :

पुराण वाचन हुने स्थान – NST Center at 940 N Belt Line Rd #129, Irving, TX 75061 (Map)

श्रावण १५ गते देखि २१ गते तदनुसार July 31 देखि August 6 सम्म

· July 30, 2011 मा केरा बांस निगालो उखु,चंदुवा रंगीचंगी कागजका फुलहरू मालाहरूले मूल मण्डप तथा व्यासासन सजाउने !

· July 31, 2011 मा श्री मद भागवतको पुस्तक सहित जल पूर्ण घडा लिएर शोभा यात्रा गरी मन्दिर भवन परिक्रमा गरी मूल मण्डप प्रवेश गर

* कर्ता बन्नेहरुका ३ पुस्ता पित्रीहरुको गोत्र नाम उच्चारण गरी मुक्ति तथा वैकुण्ठ बासको निमित्त संकल्प पढने !

* मूल कर्ताका आफन्तहरुको मुक्ति को निमित्त ७ आंखला बांस मा धुन्दुकारी को पूजा गर्ने !

* मूल वाचक, सहायक र गणेश बन्ने ब्राम्हणहरू को वरण गर्ने !

* नव ग्रह, वास्तु, मातृका, १० दिक्पाल, सर्वतोभद्र, ६४ योगिनी , ४९ वायु , ११ रूद्र को पूजा गर्ने !

· प्रत्तेक अरु दिन (August 1 देखि 5 सम्म )

* नित्य १०८ हवन, रुद्री पाठ, वेद पाठ , चंडी पाठ गर्ने !

* बिहान ९ बजे बाट १२ बजे सम्म पाठ ,१२ –३ विश्राम , पुन : ३ देखि ६ सम्म पाठ

* सांझ ७ वजे महात्म्य पाठ !

* सांझ ८ बजे १ घंटा भजन कीर्तन आरती गान !

* प्रत्तेक साँझ भजन, आरती, साँस्कृतिक कार्यकमहरु, तथा कृष्ण-लीला

* ९ बजे समापन प्रसाद-भोजन .

· अगस्ट ६, २०११ (August ६, २०११) मा सांगे तथा प्रवचन

थप जानकारी का लागी निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न सक्नु हुन्छ :

बादल भुजेल ४६९-५५६-७२३०

बासु भण्डारी ६८२-४७९-२४७२

भुवन आचार्य २१४-३९२-८६२१

कृष्ण लामिछाने २१४-४५४-०७३७

राम पोख्रेल ६८२-५२१-७४७५

प्रेम अधिकारी ९४०-५९४-८९१०

0 thoughts on “अर्भिङमा श्रीमद्-भागवत महा-पुराण सप्ताह”

  1. तपाइहरुको यो कार्यक्रममा ६४ योगिनीको पूजा गर्ने पनि भनिएको रहेछ । कृपया ती ६४ योगिनकिो नाम कसैले मलाइ बताउन स्रकनु हुन्छ होला । मलाइ आवश्यकता परेको छ । जानकारी दिनु भएमा अनुगृहित हुने थिएँ । धन्यवाद ।
    मेरो इमेल ठेगाना [email protected] हो ।

Leave a Reply