ईतिहास कै सबैभन्दा भ्रष्ट सरकार ?

वर्तमान सरकार ईतिहास कै सबैभन्दा भ्रष्ट सरकार भनी दोषारोपण गर्ने अभिप्राय कदापी हैन । बाबुराम भट्टराईको नेतृत्वको सरकारलाई सत्य ,तथ्यको खोज र अनुसन्धान बिना नै भ्रष्ट भन्दै धमिल्याउने उदेश्य पनि हैन । यहाहरुको कानले सुने र पढे जस्तै ईतिहास कै सबैभन्दा भ्रष्ट सरकार र भ्रष्टचारी मन्त्रीमंडल आदि ईत्यादी सुनेकै दुई दशक भन्दा ज्यादा भयो । ०४६ सालको पहिलो जनआन्दोलन देखि ०६३ को दोश्रो जन आन्दोलन सम्म जति पनि सरकारहरु सत्तामा पुगे ,आफु सत्तामा हुदा भ्रष्टचार र आर्थिक अनिमियता नभएको दाबी गर्दै नेपाली जनतालाई भाषणका मिठा मिठा खिर ख्वाए । अहिले पनि यो सस्तो नारा पटक पटक बिपक्षी नेताहरुले सत्ताको बागडोर सम्हालेका सरकारलाई टुढीखेल होस् या अन्य बिबिध कार्यक्रममा मंच पाउन साथ बिष ओकल्दछन । नेताहरुले यति बोल्न नपाउँदा राम्रोसंग उनीहरुलाई निन्द्रा पनि आउदैन । राजनैतिक चेतना भएका र राजनीति प्रति चाख राख्ने सम्पूर्ण स्वाभिमानी नेपालीले ईतिहास कै सबैभन्दा भ्रष्ट सरकार र भ्रष्टाचारी फलाना आदि ईत्यादी अनगिन्ती पटक सुनेको हुनु पर्दछ भन्ने दावा गर्दछु । अब त नेपाली जनताको कान नै पाकी सकेको छ । कानको जाली नै फुट्ने अवस्थामा होला भन्ने विश्वास लिएको छु किनभने ईतिहास कै सबैभन्दा भ्रष्ट सरकार र भ्रष्टचारी कहिले सम्म सुन्ने ? यो थेगो अब त जिर्ण भै सक्यो ,बिश्वासको वातावरण उठी सक्यो । नेताज्यूहरु, अब ईतिहास कै सबैभन्दा भ्रष्ट सरकार/भ्रष्टचारी भन्ने सस्तो नारा त्याग गर्न नै उत्तम होला र यसले यहाहरुलाई फाईदा गर्दैन किनभने यो त उहिलेका कुरा खुईले भै सक्यो ।

जब चुनाब नजदिक चाहे त्यो स्थानीय वा रास्ट्रिय स्तरको होस् आफ्ना मतदाताहरुलाई आफुतिर आकर्षित गर्न यो एउटा हतियारको रुपमा प्रयोग गरिछ । सत्तामा पुगेकालाई चुनाबमा धुलो चटाउन सकिनेछ र बागडोर आफुले कब्जा गर्न सकिन्छ भन्ने हेतुले यो बकितम कला कौसल चौतर्फी उपयोग गरिन्छ । बाण कहिले कही सहि पनि लाग्दछ । जुनै जोगी आए पनि कानै चिरेको भने जस्तै राजनीतिक दलहरु केवल सत्ता प्राप्ति र कुर्शीको खेलमा मात्र तल्लिन छन । कसैले भन्दैमा सत्तामा रहेको सरकार ईतिहास कै सबैभन्दा भ्रष्ट सरकार/भ्रष्टचारी चै भै हाल्दैन किनभने त्यसको लागि प्रमाण जुटाउनु पर्दछ । हालसालै केहि भ्रष्टचारीलाई अदालतले दोषी ठहर गरि जरिवाना सहित मामाको घर (कारागार )मा हुली सकेको छ । मुलुक आशान्तिको भुमरीमा जकडिएको छ ,अस्थिर सरकार छ ,स्थाई शान्ति स्थापना र रास्ट्रिय सरकारको सहमतिको कार्यसूची गौण भएको छ । मुलुकलाई निश्चित बिन्दुमा पुर्याउने र जटिल परिस्थितिलाई निकास दिने सवाल भन्दा कसरि आफु सत्तामा पुग्ने र कसको नेतृत्वमा सरकार हुने आदि ईत्यादी बिषयमा मात्र केन्द्रित रहेकोले राष्ट्र झन् दिनहु दिन भाशिदै छ । अहमताको कारण एक कदम पनि पछि नहट्ने हठ प्रवृतिको कारण यो अवस्थाको श्रीजना हुनमा सरासर राजनीतिक दल दोषी छ ।

सरकारले राजिनामा गरे तुरुन्त समाधान हुने झुठा प्रतिबद्दता संचार माध्यम मार्फत पटक पटक गरि गरि रहेका छन । बिगतमा एमाओबादी नेता प्रचन्डले माधव नेपालले राजिनामा दिए दूई घन्टामा समाधान हुने ठोकुवा गरे तर महिनौ महिना लाग्यो । बाबुराम भट्टराईले राजिनामा दिए दुई दिनमा सम्पूर्ण समस्याको समाधान हुने भनि एक शिर्षस्थ नेताले दिए ,यो पनि अलिक हजम नहुने भयो । बिभिन्न नेताले वर्तमान सरकार ईतिहास कै सबैभन्दा भ्रष्ट सरकार/भ्रष्टचारी भनि रहेका छन् ,अब चाहे त्यो मुलुक भित्र बस्ने सच्चा नेपाली वा मुलुक बाहिर जुनसुकै कारणले जिउनु परेको स्वाभिमानी नेपाली होस् यो कुरा पचाउदैंन । यो झुटको खेति अब गर्दै नगरौ र सरकारलाई लगाउने अरु उपाय नेताहरुले सोच्नु पर्छ ?कि प्रमाण जय प्रकाश गुप्ता ,चिरिन्जीवी वाग्ले वा खुम बहादुर खड्का जस्तो जुटाउनु पर्यो अनि मात्र बिश्वासको वातावरण होला नत्र टुडीखेलमा दिएको जस्तो भाषणलेले बिचार परिवर्तन हुने कुनै गुन्जायस छैन । राजनीति गर्नेले वा सत्ता बाहिर वा बिपक्षीमा रहनेले बागडोरमा रहेको सरकारलाई लगाउने बिभिन्न आरोप ,कमि कमजोरीलाई औल्याउनु र नराम्रा क्रियाकलापलाई सतह बाहिर ल्याउनु उसको दायित्व हुन्छ । कहिले सम्म नेपाली जनतालाई बेबकूफ बनाउने ईतिहास कै सबैभन्दा भ्रष्ट सरकार/भ्रष्टचारी भनेर ? सत्ताको फोहोरी खेलको सुरुवात नेपाली कांग्रेसको बहुमतको सरकार रहेको बेलामा आफ्नै दल भित्रको फरक बिचारको मतलाई राजनैतिक विश्लेषण नगरी मध्यावली चुनाब घोषणा पश्च्यात नेपालमा स्थिर र दिगो सरकार बन्न सकेन । नेताहरुको दूर दृष्टिकोण र दर्शनको कमिको कारण राष्ट्र अत्यन्तै जटिल समस्याबाट ग्रसित छ ।

ईतिहास कै सबैभन्दा भ्रष्ट सरकार/भ्रष्टचारी भन्ने आरोप यी नेताहरुका नेतृत्वमा रहेको सरकारलाई पनि लगाईएको थियो जस्मा गिरिजा प्रसाद कोइराला ,शेर बहादुर देउबा ,मन मोहन अधिकारी ,सुर्य बहादुर थापा, लोकेन्द्र बहादुर चन्द ,माधब नेपाल,प्रचण्ड दाहाल ,झलनाथ खनाल र बाबुराम भट्टराई पनि अछुतो रहेनन् । यी आरोपहरु सबै सत्य साबित हुन्छन भने चाडो होस् वा ढिलो भ्रष्ट सरकार/भ्रष्टचारी लाई कानुनको फन्दामा पर्ने छ भन्ने बिश्वास सबैको छ । ईतिहास कै सबैभन्दा भ्रष्ट सरकार/भ्रष्टचारी भन्ने बितिकै नेपाली जनताको विचार र दृष्टिकोण परिवर्तन हुदैन किनभने सत्य र तथ्य नआई यो कुरामा कसैले पनि कान ठाडो पर्दैनन् । राजनीतिको सबै भन्दा धारिलो हतियार अर्थात् मुद्दा (कार्यसूची )भनेको नै भ्रष्ट /भ्रष्टचारीको बिषयलाई सगरमाथाको चुचुरोमा पुरयाई आफ्नो पक्षमा जनताको सहानुभूति लिनु र कुर्शी हत्याउनु रहेको छ । दक्षिण एसियाली देशमा सबै भन्दा धनाढ्य राजनैतिक दल एमाओबादी हो भनि सन्चार माध्यममा आई रहेको छ र एमाओबादीको हाउभाउ हेर्दा मुद्रा प्रशस्त हात लागेको छ भन्ने भान सबैले गरेका छन किनभने आवाशीय क्षेत्र ,अस्पताल र अन्य कैयौ क्षेत्रमा करौडौ बृहत लगानी गरेका छन् । हरेक राजनैतिक दलले दल संचालन गर्न र चुनाब ताका चन्दा उठाउँदछन् तर प्रमाणित नगरी राजनैतिक पूर्वाग्रह सहित लगाईएको आरोप पत्यारिलो हुदैन । यदि हो भने कानुनको फन्दामा नपर्ने भन्ने प्रश्न नै उठ्दैन ?तर बारम्बार ईतिहास कै सबैभन्दा भ्रष्ट सरकार/भ्रष्टचारी भन्ने थेगो बिशेष राजनेताले तुरुन्तै त्याग गर्नु पर्छ किनभने यस्मा कुनै तुक र तर्क छैन ।

चार बर्ष सम्म संबिधान नलेखि जनताको आशालाई तुषारोपात बनाएका यी नेताहरुले राष्ट्रको ढुकुटीबाट अरबौ मुद्रा स्वाहा परे अहिले उनिहरुनै आफु बिना अब देश असफल राष्ट्र हुनेछ र हुन्छ भनि ठोकुवा गर्दछन ।लाग्दछ कि उनीहरु नै देशका ठेकेदार हुन् । अहिलेका सचेत नागरिकले यो कुरा पत्याउदैनन किनभने असफल राष्ट्र हुन् कुनै पनि राष्ट्र भित्र भिषण गृहयुद्द हुनु पर्छ,देश आर्थिक रुपले टाट पल्टेको हुनु पर्छ र अन्तरराष्ट्रिय रुपमा आर्थिक नाकाबन्दी तथा अन्य कुराहरुले मात्र देश असफल भएको हुन्छ । नेपाल भित्र र बिश्व भरि छरिएर रहेका नेपाली मूलका सबैले स्वीकार्य हुने नारा बनाउन सके सबै राजनेता तथा राजनैतिक दलका कार्यकर्तालाई लाभ अवश्य हुने छ किनभने २०१८ साल देखि झन्डै २०२८ साल सम्म पंचायती व्यवस्था बिरुद्द रहेका सम्पूर्ण दलहरुलाई अराष्ट्रिय तत्व भनि आरोप नलगाईएको पनि हैन । अराष्ट्रिय तत्व भन्ने बितिकै कुनै दल वा कार्यकर्ता हुन्छन त ? यो सवाल पाठक वर्गलाई समर्पण गर्दै बिदा !

– विजय थापा [हाल भर्जिनिया ,सयुक्त राज्य अमेरिका]

Leave a Reply