एउटा अनुरोध…

के छ र जिन्दगी यो म त रोइ रोइ बाचिरहन्छु

तिमी खाली खुशी हुनु म त आसुँ लुकाइ हासिरहन्छु

वाधा नआओस तिम्रो यात्रामा मख्मली होउन तिम्रो बाटो

न्यानो चाहिए मलाई भन म कोइला बनेर जलिरहन्छु …

पाउनु मात्र होइन माया गुमाउनुमा धेरै सुख रहेछ

मैले गुमाउदा अरु रमाउने यो जीवनको रित नै रहेछ

आफुलाई चोट लाग्दा पनि म हरपल तिम्रै खुशी मागिरहन्छु

तिमी खाली खुशी हुनु म त आशु लुकाइ हासिरहन्छु …

जिन्दगी एउटा यात्रा रहेछ हजारौ पिडा झेल्नु नै पर्ने

ठेस लागि घाऊ हुँदा सहेर फेरी हास्नु नै पर्ने

मलाई चोट दिए पनि म तिम्रो नै खुशी मागी रहन्छु

सितलता चाहिए मलाई भन म बादल बनी बर्सिरहन्छु …

माया भनेको भ्रम नै रहेछ त्यो भ्रममा म फस्न पुगेछु

यो भ्रममा अरु कसैलाई नपार त्यही एउटा कुरा मगिरहन्छु

फेरी कसैलाई चोट नदेउ त्यही एउटा कुरा मगिरहन्छु ।।

Leave a Reply