एटलान्टामा नायक भुवन के.सी लाइफ टाइम अवार्डबाट सम्मानित

bhuwan 3

भाद्र ४ ,भर्जिनिया

विजय थापा

नेपाली चलचित्रका नायक भुवन केसीलाई अमेरिकाको एटलान्टामा २३ बर्ष अगाडी स्थापना भएको नेपलिज एसोसिएसन इन साउथ इस्ट अमेरिकाले उनले नेपाली चलचित्र क्षेत्रमा गरेको उल्लेखनीय योगदानको उच्च कदर गर्दै लाइफ टाइम अवार्डले सम्मान गरेको छ l

सम्मानित गर्ने संस्था नासाको ईतिहासमा पहिलोपटक लाइफ टाइम अवार्डबाट सम्मानित हुने अवसर नायक केसीले पाएको नासाका पूर्व अधक्ष्य तथा गैर आवासीय नेपाली सघ अमेरिकाबाट अन्तर राष्ट्रिय सदस्यमा निर्वाचित हुनु भएका राजा घलेले बताए l

अधक्ष्य डा. राम चन्द्र बराल तथा पुर्व अधक्ष्य राजा घलेले मन्तब्य राख्दै सम्मानित हुने नायक भुवन केसीलाई शुभकामना दिएका थिए l उक्त कार्यक्रममा नायक भुवन के.सीले स्थानीय कलाकारहरु सोमु राई, हेलेना नानु गुरुङ र बिनोद गुरुङहरुको साथ केहि गीतहरु ,नाचहरु र अभिनय प्रस्तुत गरेर सबै दर्शकहरुलाई भरपुर मनोरंजन दिलाएका थिए l

सम्मान पाउने नायक भुवन केसीले अमेरिकाकै एउटा स्थापित संस्था नासा द्वारा पहिलो पटक आफु लाइफ टाइम अवार्डबाट सम्मानित हुन् पाउदा गौरवान्वित भएको महसुस गरेको भन्दै संस्थालाई आभार ब्यक्त गरेका थिए l कार्यक्रमको अन्त्यमा भुवन के.सी द्वारा निर्मित र आफ्नो प्रमुख भूमिका रहेको नेपाली फिल्म ” साथी म तिम्रो ” प्रदर्सन गरिएको थियो |

 

Leave a Reply