एटलान्टामा बसन्त चौधरीको ‘विश्व काब्य यात्रा’ भब्यताको साथ सम्पन्न

चैत्र ५ ,भर्जिनिया

विजय थापा

गत चैत्र २ गते आइतबार अमेरिकाको एटलान्टा शहरमा न्याग द्वारा आयोजना गरिएको कबि,गीतकार एबं साहित्यकार बसन्त चौधरीको ” विश्व काब्य यात्रा ” भब्यतापुर्बक सम्पन्न भएको छ l

अमेरिकाको भ्रमणमा साहित्य यात्रालाई निरन्तरता दिदै यहि शिलशिलामा एटलान्टा आई पुगेका बसन्त चौधरीले विश्व काब्य यात्रा ” संस्करणमा यस पटकको यात्राको लागि अन्तिम शहर एटलान्टामा अन्तिम प्रस्तुति गर्दै यात्रा पूर्ण बिराम गरेका छन् l उक्त कार्यक्रममा कबि,गीतकार एबं साहित्यकार बसन्त चौधरीको बहुआयामिक झल्किने एक वृत चित्र प्रस्तुत गरिएको थियो भने २ दर्जन भन्दा बढी सांगीतिक अल्बम र नया काब्य गीति रचनाहरु अहिलेको अत्याधुनिक संचार माध्यम थान (स्मार्ट मोबाइल (भ्रमण ध्वनि यन्त्र )बाट हेर्न र सुन्न सकिने गरि तयार पारिएको ” मोबाइल याप्स ” समाज सेबी तथा नेपलिज एसोसिएसन इन साउथ इस्ट अमेरिका ( नासा )का निबर्तमान अधक्ष्य राजा घलेले लोकार्पण गरेका थिए l

गीतकार तथा कबि चौधरीले लगातार ४५ मिनेट सम्म आफ्नो सृजना प्रस्तुति गर्दा दर्शक र श्रोताहरुको निक्कै अभिरुचि पुर्वक श्रवण गर्न बाध्य भएका थिए भने दर्शकले पुन कविता वाचन गर्न आग्रह गरेका थिए l सम्भवत कविता वाचनमा पहिलो पटक कबिलाई यसरि पुन कविता वचन गर्न आग्रह गरिएको थियो l

कार्यक्रमको बिच र अन्तिम चरणमा अन्तरक्रिया कार्यक्रम रहेकोले अरु थप मनोरंजन प्रदान गरेको थियो भने नासाका अधक्ष्य राम चन्द्र बराल (बिध्या वारिधि )र समाजसेबी प्रह्लाद पन्त (बिध्या वारिधि ) द्वारा इ -पुस्तकको बिमोचन गरेका थिए l सोहि अवसरमा नासाका निबर्तमान अधक्ष्यहरु क्रमस राजा घले र सन्जीब सापकोटा , बर्तमान अधक्ष्य डा .राम चन्द्र बराल , नेपलिज एसोसिएसन अफ जोर्जिया ( न्याग ) का निबर्तमान अधक्ष्यहरु क्रमस सी,के पराजुली ,प्रणय लामा ,अधक्ष्य कृष्ण देबकोटा र समाजेसेबी डा .प्रहलाद पन्त र दीपक पहारी द्वारा खादा ओडाएर सम्मान गरेका थिए |

उक्त अवसरमा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो भने नेपालका चर्चित उज्जु डारलिंगले दर्शकलाई मनोरंजन गराउदै हसाएका थिए l अमेरिकाको पेन्सेल्वेनिया र मेरिल्याण्ड राज्यको लागि अवैतनिक बाणिज्यदुत तथा नेपाली लोक संगीतको बरिस्ठ गायक प्रेम राजा महत र ख्याति प्राप्त दोहारी गायिका शान्ति भण्डारीको प्रस्तुतिले मन थाम्न नसकी दर्शकले साथ दिएका थिए lउक्त अवसरमा न्यागका अधक्ष्य कृष्ण देबकोटा र चौधरी बीच मायाको चिन्हो आदान प्रदान गरेका थिए | उक्त संस्थाका बरिस्ठ उपाधक्ष्य सन्तोष पहारीले कार्यक्रम संचालन गरेका थिए भने स्वागत मन्तब्य अधक्ष्य कृष्ण देवकोटाले गरेका थिए l

 bas

Leave a Reply