एड्वनले -थप चार सय बिद्यार्थीहरुलाई पढाउने l

edwon 1

विजय थापा ,भर्जिनिया ,आश्विन ८ ,अमेरिकाको बोस्टनमा आयोजना गरिएको नेपाल पद यात्रामा सहभागी भै बोस्टनमा स्थापना भएको नेपाल एड्वन (एम्पावर दलित वुमेन अफ नेपाल )ले संकलन गरेको रकमले नेपालमा रहेका सिमान्तकृत ,गरिब ,जेहेन्दार तथा दलित सहित करिब थप चार सय बिद्यार्थीहरुलाई पढाउने भएको छ l

नेपालको युवा नामक गैर मुनाफा संस्थाले आयोजना गरेको नेपाल पदयात्रा -२०१३ मा थुप्रै सामाजिक संस्थाहरुको सहभागी रहेको थियो भने एड्वनले सन् २०११ मा पनि नेपाल पद यात्रामा सहभागी भै बिगतका बर्षहरु देखि नै बिद्यार्थीहरुको लागि एक बर्षको लागि पुस्तक ,लुगा तथा अन्य खर्च जुटाई रहेको छ भनि एड्वनकि संस्थापक बिष्णु माया परियारले बताईन l

edwon 2

एड्वन द्वारा प्रदान गरिएको ब्लु सर्ट युनिफर्म क्यामपेन(निलो कमिज पोसाक अभियान )अन्तर्गत छात्रवृद्धि प्राप्त गर्ने बिद्यार्थीले निलो पोसाक लगाउनु पर्ने छ lबोस्टनमा आयोजना भएको नेपाल पद यात्रा -२०१३ मा करिब तीन सय बिद्यार्थीहरुलाई यो अभियानमा संलग्न गरिने लक्ष्य राखिएको भएता पनि सहभागी र प्रायोजनबाट कोष रकम बढ्ता संकलन भएकोले यस बर्ष थप चार सय बिद्यार्थीलाई पुग्ने भएको जानकारी दिइएको छ l

एड्वनले सबै भन्दा ज्यादा रकम संकलन गर्ने गैर मुनाफा सामजिक संस्था बन्दै सबैलाई उछिनेको छ l नेपालका बिभिन्न स्थानमा गरि करिब तेह्र (१३ )हजार बिद्यार्थीहरु एड्वनबाट प्रतक्ष्य रुपमा लाभान्वित भएका छन् l

edwon 3

एड्वनले हालै महिला प्रजनन स्वास्थ्य सम्बन्धि ग्लोबल म्यचिंग फण्ड संग मिलेर सहकार्य गर्दा दुई हंप्तामा नै करिब छ हजार डलर रकम संकलन गर्न सकेको छ l एड्वनमा अमेरिकन मूलकाहरुको पनि संलग्नता रहेको छ भने पारदर्शिता संस्थाको प्रथम प्राथमिकता र मूल दायित्व रहेकोले संस्था प्रति विश्वसनीयता बढ्दै गएकोले रकममा वृद्धि हुन् गएको एड्वनकि संस्थापक बिष्णु माया परियारले जानकारी गराईन  l

edwon 5

 

Leave a Reply