एनआरएन अधक्ष्य शेष घले द्वारा अमेरिकाको राज्य बिभागका बिसिष्ठ व्यक्तिहरुसंग भेटघाट

bhet 1
भाद्र ७ ,भर्जिनिया 
विजय थापा 
 
अमेरिकाको भ्रमणमा रहेका गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषदका अधक्ष्य शेष घलेले नेपालमा निर्माण हुन् लागेको एन आर एन भवन निर्माण हेतु अमेरिकाका बिभिन्न राज्यहरुमा भ्रमण गर्दै कोष संकलन गर्ने क्रमलाई जारि राख्दै वाशिंगटन डिसीमा अमेरिकन सरकारका राज्य बिभागका केहि महत्वपूर्ण व्यक्तिहरुसंग भेटघाट गर्नु भएको छ l
 
भेटघाटको क्रममा मुलुक कै हित तथा एन आर एन ले लिएर हिडेको उदेश्य अनुरुप एक प्रतिनिधिमण्डल सहित सफलता पुर्वक भेटघाट गरेको र आफ्नो कुराहरु प्रस्ट राखेको लाउडन काउन्टी डेमोक्रेटिक ​ (प्रजातान्त्रिक)दल ,डलस डिस्ट्रिक​ (जिल्ला )​का सभापति हरि शर्माले बताए l
 
भेटघाटमा अमेरिकाका राष्ट्रपति बाराक ओबामाका वरिस्ठ सल्लाहकार ,शेखर नरसिंह ,अमेरिकन सरकारका राज्य विभाग तथा नेपाल ,बंगलादेश तथा भुटान मामला हेर्ने एरिक कोलिन्स तथा एरिक एयिड संग फाटका बिषयमा आवाज उठाएको ,अमेरिकामा आपतकालीन समयमा प्रचलनमा रहेको ९११ को ढाचा जस्तै नेपालमा १०८ या १०४ कल (बोलावट) गर्दा आकस्मिक सेवाको लागि प्रयोग हुने एम्बुलेन्स (बिरामी बाहक गाडी ) प्रहरी तथा वारुण यन्त्र समुदायको हितको लागि उपलब्ध हुने कुरा राखिएको एनआरएन अन्तरराष्ट्रिय परिषदका अमेरिकाका लागि सल्लाहकार राम चन्द्र खरेलले बताए l
 
यसै गरि गैर आवासीय नेपाली संघका युवाहरुको लागि ग्रिष्म कालिन प्रशिक्षण सम्बन्धि कम्तिमा दुई बर्षमा एक पटक राख्नु पर्ने कुरामा जोड दिएको तथा संस्कृति तथा भाषा सम्बन्धि पनि चर्चा परिचर्चा गरिएको कुरा गैर आवासीय नेपाली संघ अमेरिकाका लागि वरिस्ठ उपाधक्ष्य लोकनाथ तिवारीले जानकारी गराए l  एन आर एनका अधक्ष्य शेष घलेले वाशिंगटन स्थित नेपाली दुतावासमा कार्यबाहक राजदुत ऋषि राम घिमिरे संग पनि भेटघाट गर्नु भएको छ l अधक्ष्य घले लाई बिमानस्थलमा भब्य स्वागत गरिएको छ l
bhet 3

Leave a Reply