एनआरएन अमेरिकाको अधिवेसन ऐतिहासिक बनाउन युद्ध स्तरमा काम भै रहेको छ :संयोजक ,लोकनाथ तिवारी

loknath 5

माघ २८ ,डिसी
विजय थापा

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको बार्षिक साधारण सभा आगामी मार्च २१ र २२ ,२०१५ को लागि तय भए पछि ऐतिहासिक सफल बनाउन युद्ध स्तरमा काम भै रहेको जानकारी मुख्य संयोजक तथा वरिष्ठ उपाधक्ष्य लोकनाथ तिवारीले दिएका छन् l

यो बार्षिक साधारण सभामा बिधान संसोधन मुख्य कार्यसूची रहेको भएता पनि एनआरएन अभियानमा लागेका अन्तर्राष्ट्रिय चर्चित ब्यबसायीहरुले आफ्ना सफल कथा सुनाई उत्प्रेरणामुलक होस् भन्ने हेतुले त्यस्को तारतम्य मिलाईएको छ l र यस्तो प्रकारको अधिवेसनले संस्थाको ओजस्वी अझ बढ्ने छ भनि संयोजक बताउदछ्न l

विश्व मै सबै भन्दा ज्यादा सदस्य भएको मुलुक अमेरिका बन्न सफल भए पछि एनआरएन अमेरिकाको महत्व बढ्नुको साथै गरिमा उच्च भएको अवस्थामा एनआरएन आइसीसीका पूर्व अधक्ष्यहरु ,पदाधिकारीहरु ,वर्तमान अधक्ष्य शेष घले लगायत बिश्व भरिबाट नै अतिथिहरु स्थानीय सहभागी बाहेक १ हजार नाघ्न सक्ने सम्भावना रहेको बताए l

यसलाई मध्ये नजर गर्दै एन आर एन अधिवेसनको लागि सबै वर्गलाई समेट्दै ५१ सदस्यीय एक मुल समारोह समिति बनाई सकिएको छ भने अधिवेसनमा रौनक ल्याउन नेपालका ख्याती प्राप्त कलाकारहरुको प्रतिस्प्रधात्मक साँस्कृतिक कार्यक्रमको साथै युवा वर्गलाई प्रोत्साहन गर्न बिभिन्न खेलकुद कार्यक्रमको आयोजना समेत गर्ने भएको छ l

अधिवेसनमा महिला कार्यक्रम ,स्वास्थ्य सम्बन्धि कार्यक्रमको साथै एनआरएन आवाज नामको स्मारिकाको तयार भै रहेको बताइएको छ l समाजमा नेपाल र नेपालीको हितमा काम गर्ने उत्कृष्ट व्यक्तित्वहरुलाई पुरस्कृत गर्ने योजना पनि रहेको छ l

संयोजक तिवारीले रमाइलो कुरा सुनाउदै भने द्वितीय बिश्व युद्धमा अमेरिकाले जापानलाई युद्धमा पराजित गरे पछि , दुई देश बीच सम्बन्ध अझ मजबुत होस् भन्ने उदेश्यले जापानका नगर प्रमुखले वाशिंगटन डिसीका नगर प्रमुखलाई कोसेली स्वरुप चेरी (पैंयु)को फूल उपहार दिएको हुनाले हरेक बर्ष बसन्त ऋतुको आगमन संगै वाशिंगटन डिसीमा राष्ट्रिय (चेरी )पैंयु फूल फुल्ने उत्सब मनाउने गरिन्छ l

यो अवलोकन गर्न विश्वभर बाट पर्यटकहरु आउने र खचाखच हुने भएकोले एनआरएनको अधिवेसनमा बाहिरबाट आउने अतिथिहरुले यो अवसर पनि हो भने l

अधिवेसनमा सहभागी हुनेहरुले १ सय डलर तिरे पछि दुई दिवा भोज र दुई रात्री भोजको साथै एक साँस्कृतिक कार्यक्रममा सुबिधा उपभोग गर्न पाउने छन् l त्यस्तै गरि पाहुनाहरुको लागि अतिथि गृहको एक रातको १ सय ९ डलर बिहानीको खाजा समेत सुबिधा उपलब्ध गराईएको छ l

संयोजक तिवारीले उत्साहित हुदै भने अमेरिकाको राजधानी भएकोले यो अधिवेसन निकै प्रभावकारी र एनआरएन अमेरिकाको बिगतका सबै ईतिहासलाई तोड्ने सम्भावना आफुले देखेको बताए l

अधिवेसनको प्रमुख अतिथि निधो बारे सवाल गर्दा उनले अगाडी भने प्रमुख अतिथिको लागि उपल्लो दर्जाका अमेरिकाका ठुला व्यक्तित्व ल्याउने प्रयास जारी छ भन्दै कसलाई प्रयास गरिदै छ भन्न चाहेनन l यस बर्षको एनआरएनको नारा ” एकै साथले एनआरएनलाई अझ मजबुत बनाउन सक्ने छ ” भन्ने तय गरिएको बताए l

बिधान संसोधन पारित हुन् कति सजिलो छ भन्ने जिज्ञाशामा जनहितको लागि तयार गरिएको सरल रुपमा पारित हुन्छ भन्ने लागेको बताए l संस्थालाई संस्थागत स्थापित गराउन वर्तमान समिति अहोरात्र खटी रहेको र सो अनुसार काम गरि रहेको उल्लेख गरे l

डिसी महानगर क्षेत्रमा हुन् गइ रहेकोले स्थानीय रुपमा एन आर एन अधिवेसनलाई डिसी क्षेत्र वरपरका समुदायले आफ्नो क्षमता प्रदर्शन गर्ने छन् l र ,समुदायबाट ठुलो सहयोग पाउने छौ भन्दै यो अमुल्य क्षण डिसी क्षेत्रका समुदायले गुमाउने छैनन् भन्दै मूल समारोह समितिमा सबैलाई समेट्ने कुरा बताए l

र उनले संदेश दिदै भने सबैको प्रयास बाट संस्था बलियो हुदैछ l नेपालको वर्तमान राजनैतिक अस्थिरता तथा संबिधानमा नबनुन्जेल सम्म हाम्रो अधिकार सुरक्षित हुन्छ कि हुदैन भन्ने अवस्थामा एकता हुनु जरुरि छ र अपरिहार्यता हुन्छ l यो बार्षिक अधिवेसन एक कोशे ढुंगा साबित हुन्छ भन्ने कुरामा दुई मत छैन l सबैको समर्थन आवश्यक छ भन्दै अधिवेसनको प्रतक्ष्य प्रशारण पनि गरिने योजना रहेको बताए l

Leave a Reply