एनआरएन आइसीसीका सदस्यका उम्मेदवार​ ​डा बिनोद शाहको नेपाली समुदायसंग अपिल

dr binod shah
 
लामो समय देखि न्युयोर्कमा बसोबास गर्दै आएका तथा पेशाले मानबिय चिकित्सक रहेका डा बिनोद शाहले गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय समितिको सदस्यको लागि उम्मेदवारी दिएका छन् l नेपाली समुदायसंग आफु चिर परिचित भएकोले जानकारी गराउदै स्थापना काल देखि नै एआरएन अभियानसंग संलग्न भएको जनाउदै सम्पूर्ण नेपाली समुदायसंग आफुलाई अमुल्य मत दिई बिजयी गराउन हुन् अपिल गरेका छन l
 
उनि दुखाइ व्यवस्थापन विशेषज्ञ​(Pain Management Specialist )​तथा अल्बर्ट अईन्सटाईन चिकित्सा बिश्वबिद्यालय न्युयोर्कमा सहायक प्राध्यापक हुन l नेपाल धनुषा जिल्लाको जनकपुरधाम जन्म भै हाल अमेरिकामा बसोबास गरी रहेका चिकित्सक बिनोद शाह भन्छन एनआरए को मर्म र यसले अगि सारेका महत्वपूर्ण मुद्दाहरु र चालेका कदममा आफुले सदैब समर्थन गरेको बताउदै आफुसंग थुप्रै अनुभव रहेको बताएका छन् l ​ ​उनि भन्छन ,एनआरएनका अन्तर राष्ट्रिय तथा क्षेत्रिय सम्मेलन अधिकांसमा आफु सहभागी भएको बताए l हाल पनि एनआरएन संग आबद्ध रहेको जानकारी गराउदै अमेरिकाको एनआरएन मा बिगतमा काम गरेको अनुभवले मलाई बिजयी गराउने छन् भनि पूर्ण विश्वस्त छन् l
 
उनि बिभिन्न संघ तथा संस्थामा नेतृत्व प्रदान् गरि सकेको बताउदै आफुलाई समाज सेवा गर्न अभिरुचि रहेकोले धनुषामा छात्रवृति संचालन गरि रहेको बताए l आफुले धेरै प्रतिबद्धता जाहेर गर्नु भन्दा पनि ब्यबहारमा काम गरेर देखाउदा राम्रो हुने लागेकोले आफ्ना प्रतिबद्धताहरु यस प्रकार संक्षेपमा राखेका छन् l
 
१ ) ​Dual Citizenship -​दोहोरो नागरिकताको सवालमा आफुले स्थापना काल देखि नै वकालत गर्दै आएको र एकपटकको नेपाली सधैको नेपाली भन्ने मागलाई अझ सशक्त बनाउने l
 
२) ​E-library -​नेपालमा ७५ वटै जिल्लामा ई-पुस्तकालयको निर्माणमा रहेको अवधारणालाई अझ सार्थक बनाउन आफुले सहयोग गर्ने र हाल करिब ३५ वटा ई-पुस्तकालय पुगेको कुरा उल्लेख गर्दै ७५ वटै जिल्लामा यो अभियानलाई सफल बनाउन आफुले अहम भूमिका निर्वाह गर्ने l
 
३)​Emergency Fund -​गैर आवाशीय नेपाली संघ ,राष्ट्रिय समन्वय समिति ​अमेरिका​ ​तथा अन्तर्राष्ट्रियले अगाडी सारेको आकस्मिक कोष वृद्धि अभियानको लागि आफुले पूर्ण सहयोग गर्दै यसलाई तार्किक बिन्दुमा पुर्याउने र यसको लागि पहल गर्ने l
 
४) ​NRN Building -​एन आर एन आईसीसीले काठमाडौँमा बनाउन लागेको एन आर एन भवनको लागि आर्थिक सहयोग जुटाउन भूमिका निर्वाह गर्ने l
 
५) ​NRN -Connect ​बिश्व भरिका नेपालीलाई एकै सुत्रमा आबद्ध गराई सूचना संजालमा ल्याउने l 
 
                                 
डा बिनोद शाह 
उम्मेदवार
गैर आवासीय नेपाली संघ ,अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य 
 
    
            ”परिवर्तनको लागि डा बिनोद शाहलाई निर्वाचित गराऔ ”

Leave a Reply