एननआरएन आईसीसी सदस्यका उम्मेदवार घले भन्छन -यो अमेरिकाको लागि राम्रो अवसर हो

raja 1

बैसाख १६ ,भर्जिनिया

विजय थापा

गैर आवासीय नेपाली संघ ,अमेरिकाको निर्वाचनले गर्दा वातावरण तातिदै गै रहेको र चौतर्फी रुपमा चुनावी माहौल बन्दै गै रहेको अवस्थामा एनआरएन आईसीसी सदस्यका लागि जर्जिया एटलान्टा निवासी समाज सेवी राजा घलेले आफ्नो उम्मेदवार दिएका छन् l

हरेक एक हजार एनआरएन सदस्यहरु रहेको मुलुकबाट एनआरएन आईसीसीमा एकजना प्रतिनिधित्व हुने प्रावधान रहेकोले निर्वाचन पूर्ण प्रजातान्त्रिक र निष्पक्ष हुने वातावरण खडा भएकोले अमेरिकामा करिब ४ हजार एनआरएन एनसीसीका सदस्यहरु बनेका छन l चारजनाले एनआरएन आइसीसीमा सदस्यका रुपमा प्रतिनिधित्व गर्न पाउने भएकोले अमेरिकाबाट तीनजना एनआरएन आईसीसी सदस्यका लागि ५ जनाले उम्मेदवारी दिएका छन l

गैर आवासीय नेपाली संघ ,अन्तर्राष्ट्रिय समन्वय समितिको लागि एकजनाको छनौट पहिले नै भइसकेकाले बाँकी ३ जनाका लागि चुनाव हुन गै रहेको छ । बिभिन्न गैर मुनाफा संघ तथा संस्था संग आबद्ध रहेका घले रुम्जाटार सेवा समितिमा संस्थापक महा सचिब,नेपलिज एसोसिएसन अफ जर्जियाका संस्थापक र सल्लाहकार, नेपालको गुरुङ संगठनको तर्फबाट अमेरिकाको गुरुङहरुको सद्भावना राजदूत ,एटलान्टामा बैदिक मन्दिरमा उपाध्यक्ष, नेपलिज एसोसियन इन साउथइष्ट अमेरिकाको पहिलो निर्वाचित अध्यक्ष, एसियन प्यासेफिक अमेरिकाज काउन्सिलमा निर्वाचित बोर्ड अफ डाइरेक्टर र महासचिव , एनआरएन अमेरिकामा रुपान्तरित नेपलिज अमेरिकाज काउन्सिलको उपाध्यक्ष बनि सकेका घले नेपाल भ्रमण वर्ष २०११ को एनआरएन अभियानको अमेरिकाको नेतृत्व गरेको बताए l

नेपालबाट बिज्ञानमा स्नातक गरेका घले शिक्षा तथा जन प्रशासन गरि दुई वटा बिषयमा स्नातोकर गरेका छन् भने जर्जियाको ह्याभर स्याम बिमानको निजि बिमान चालकको अनुमति प्राप्त समेत गरेका घले सामाजिक सेवामा क्रियाशील रही समाज सेवा सर्बोत्तम कार्य हो भन्दै यसमा आनन्द भएको बताए l जर्जिया नेपाली संघबाट बर्षको नायकबाट सम्मानित भएका छन् भने एसिया तथा प्यासिफिक परिषदमा २०१२-२०१४ का लागि निर्वाचित महा सचिब हुन् l

र यी थुप्रै अनुभव बटुलेका घले हृदय देखि नै समाज सेवामा लागेको र हाम्रो आवाज गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय सम्म पुर्याउने आफ्नो लक्ष्य रहेको र अमेरिकामा बसोबास गर्ने प्रवासी नेपालीहरुको लागि केहि गर्ने भनि आफु प्रतिनिधित्व हुने गरि साथीभाई र ईस्ट मित्रहरुको सर सल्लाहबाट उम्मेदवार दिएको बताए l स्थापना काल देखि नै अन्तर्राष्ट्रियमा अमेरिकाको प्रतिनिधित्व न्यून रहेकोले अहिले यो राम्रो मौका हो भन्दै आफु यसको लागि तयार भएको जनाए l

मेरो उम्मेदवारीलाई सबै तर्फबाट सहयोग मिल्ने छ भन्ने कुरामा आफु बिश्वस्त रहेको भन्दै सम्पूर्ण एन आर एनका सदस्यहरुलाई सहयोग गर्न आब्हान गरेका छन् l घले जर्जियामा आफ्नो कारोवार ब्यबसायमा संलग्न रहेका छन् l

Leave a Reply