एन आर एन अन्तर्राष्ट्रियमा एन आर एन अमेरिकाको चासो

pralhad kc ,president nrn america

गैर आवाशीय संघ ,राष्ट्रिय समन्वय समिति अमेरिकाको यहि मे २५ र २६ तारिखमा अमेरिकाको लस एन्जेलसमा अधिवेसन हुदै छ र त्यसै अधिवेसन सम्बन्धि तथा र अन्य समसामयिक बिषयमा एन आर एन अमेरिकाका अधक्ष्य प्रल्हाद केसी संग विजय थापाले लिएको अन्तर्वार्ता ,

१ ) एन आर एन अमेरिकाको बार्षिक अधिवेसन मे २५ र २६ हुदै छ ? कत्तिको तैयारीमा हुनु हुन्छ ?

प्रल्हाद केसी : दुई दिने अधिवेसन सोचेको भन्दा राम्रो हुने छ lसमुह दिन रात मेहनत गरि रहेको छ र यसको सफलताको लागि १३ वटा स्थानीय संस्थाहरु र २२ वटा संस्थागत संस्थाको साझेदारीमा हुने भएकोले कार्यक्रम उदेश्यमुलक हुने छ l

२)लस एञ्जलस सम्मेलनलाई ऐतिहासिक अधिवेसन हुने छ भनि घोषणा पनि संचार माध्यममा देखिएकोले यो सम्मेलन सफल हुने कुरामा कत्तिको विश्वास राख्नु भएको छ ?

प्रल्हाद केसी : अधिवेसन हुनु भन्दा अगाडी देखि नै कार्यसूची तैयार गरिएको  र जल्दो बल्दो समस्यामा छलफल गर्ने र सबैलाई समेट्ने हुनाले यो सम्मेलन ऐतिहासिक हुने छ भन्ने कुरामा म विश्वस्त छु lनेपाल र प्रवासमा साझा उदेश्यको साथ काम गर्ने मूल मन्त्र अगि सारेका छौ l सम्पर्क ,एकता र सफलता भन्ने नाराले यो अधिवेसन कोसे ढुंगा साबित गर्ने छ l

pralhad kc 1

३ ) हरेक अधिवेसनका मुख्य एजेन्डा (कार्यसूची )हुन्छन भने यहाँले यो सम्मेलन मा के के बुदामा बिशेष मुद्दाहरु उठाउनु हुने छ ?

प्रल्हाद केसी : ४ -५ वटा बिषयमा केन्द्रित हुने छौ ,एन आर एन अमेरिका ,रोजगारीको लागि संजाल निर्माण तथा ब्यबसायिक विकासको लागि पूलको काम गर्ने छ ,दोहोरो नागरिकता ,दुई देश बीच रहेको दोहोरो कर सन्धि सम्बन्धमा सचेतना जागृत गर्ने ,अमेरिकन नेपालीहरुको लागि राजनैतिक तथा सरकारी स्तरमा  सशक्तिकरण प्रबर्धन गर्ने तथा नेपालमा लगानी सम्बन्धमा एन आर एन अमेरिकाले बृहत छलफल गर्ने   छ l

४ ) किन दोहोरो नागरिकताको लागि पछि परि रहनु भएको छ ?राजनैतिक दल बिना सम्भव छ त ?

प्रल्हाद केसी :  यसको लागि सबै ए आर एन एक ढिक्का हुनु पर्ने हुन्छ र हामीले यो कुरालाई त्यागेका छैनौ l मेरो नेपाल भ्रमणमा पनि सबै राजनीतिक दलका नेता तथा सम्बन्धित निकायका व्यक्तित्वसंग यो कुरा उठाएकोछु l घच घचाउने हाम्रो काम हो र यस बिषयमा हामी गम्भीर छलफल गर्ने छौ  l

५ ) बिश्व ,गैर आवाशीय सघको आगामी सम्मेलन नेपालमा हुदै छ ? र एन आर एन अमेरिकाको के भूमिका रहन्छ ?

प्रल्हाद केसी :राम्रो प्रश्न राख्नु भयो ,नेपालमा गैर आवाशीय संघको सम्मेलन नेपालमा हुदैछ l अगाडीको सम्मेलनमा अमेरिकाले कुनै उल्लेखनीय पद हात पारेन lअमेरिकाको अहम भूमिका रहेको थियो l अमेरिका सम्पूर्ण बिश्व कै नेतृत्व गर्ने राष्ट्र हो l हाम्रो नेतृत्व कालमा बिगतका कमजोरी , तमाम बाकी रहेका कामलाई प्राथमिकताको साथ फत्ते गर्दै अगि बढी रहेका छौ lएन आर एन अमेरिकाको स्थिती परिवर्तन र बिश्वमा नया संदेश पुगेको सर्वबिदितै छ l  तसर्थ अब अमेरिकाले एन आर एन विश्वमा नेतृत्व गर्नु पर्छ भने हाम्रो सोच रहेको छ र अमेरिकाले नेतृत्व लिनु पर्छ भन्दा कुनै अन्याय हुदैन जस्तो लाग्दछ l

pralhad kc 2

६ ) एन आर एन अमेरिका निकै क्रियाशील देखिएको छ र सबैले अमेरिकाको आशा गरेका हुन्छन भने यहाँले नेतृत्व देखाई पनि सक्नु भएको छ भने अब अन्तर राष्ट्रियको नेतृत्वमा जाने बारे केहि सोच बनाउनु भएको छ ?

प्रल्हाद केसी : हाम्रो नेतृत्व काल देखि नै धेरै कुराको परिवर्तन भएको जस्तो हामीलाई लागेको छ l अमेरिकामा बसोबास गर्ने प्रवाशीहरुको समस्यालाई प्रथम प्राथमिकताको साथ लिइएको छ lर अगाडी नै मैले भने अमेरिकाले अब नेतृत्व लिने समय आएको छ lत्यसको लागि हामीले वातावरण बनाउनु पर्छ र अमेरिकाले किन नलिने भन्ने नै एन आर एन अमेरिकाको सवाल रहन्छ lसरसल्लाह र सुझाब लिने क्रम जारी छ lत्यो नेतृत्व भन्दा पनि मे २५-२६ मा हुने अधिवेसनमा ज्यादा ध्यान मोडिएको छ lफरक यति हो ,बिश्व ,एन आर एन संघको लागि थप उत्तर दायित्व बहन गर्नु पर्ने हुन्छ l

७ ) नेतृत्वको दिनु भयो भने के के मुद्दाहरु लिएर जानु हुनेछ र अहिले सम्म संस्था नै दर्ता भएको छैन ? के भन्नु हुन्छ ?

प्रल्हाद केसी : गैर आवाशीय संघ अहिले सम्म पनि दर्ता हुन नसकेकोमा दुख लाग्नु स्वाभाविक हुन्छ lनेपालमा दर्ता गराउने ,बिधान संसोधनका कुराहरु ,हाम्रा लगानीका सुरक्षा ,दोहोरो नागरिकताका ,दूइ देश बीच रहेका सन्धिका बिषय ,संगठित ,पारदर्शिता,समाबेसी र समन्वय आदि ईत्यादीलाई प्राथमिकताको साथ लैजाने बिचार रहेको छ l

८ ) चुनाब बिषयमा अझ बिबादास्पद छ र आयु लम्बाउने चाहना त हैन ?

प्रल्हाद केसी : विजय जी अति समसामयिक प्रसंग उठाउनु भयो ,एन आर एन अमेरिकामा धेरै पुरानो छैन l संस्थागत रुपमा पूर्ण बिकशित भै सकेको छैन भन्दा अतिसयोक्ति नहोला र थुप्रै समस्याले जकडिएको रहेछ lआफुले नेतृत्व लिए पछि सर्वप्रथम यो संस्थालाई जोगाउनु पर्ने परम कर्तब्य थियो l अस्तितित्व नमेटियोस भनेर नेतृत्व पश्च्यात कमि कमजोरीको रुपमा रहेका सदश्य सुची तैयार  ,हाउस अफ डेलिगेसन ,बिधान अनुसार सदश्य भन्दा ,हाउस अफ डेलिगेसनबाट नेतृत्व चयन हुने बैधानिकता रहेकोले त्यो मूल समस्या भएकोले त्यसको लागि पहल ,आर्थिक पारदर्शिताको सवालमा हिसाब किताब चुस्त र दुरुस्त ,बिधान संसोधनको लागि बृहत गृहकार्य गर्न समय खर्च गर्नु पर्यो lयो अधिवेसन समाप्त पश्च्यात वातावरण निर्माण गर्दै उचित समयमा चुनावको मितिको घोषणा गर्ने आफ्नो सोच रहेको र अरु सबै काम पूर्ण भएको छ l कुर्शीको आयु लम्ब्याउने नभै संस्थागत विकासको लागि यी अनिवार्य भएकोले आउदो अधिवेसनमा यी सबै कुराको जानकारी दिने तरखरमा छौ l

८ ) अन्त्यमा ,बिसेष को को व्यक्तित्वहरुको सहभागिता हुने कुरामा बिस्वस्त हुनु हुन्छ र सबैलाई के संदेश दिनु हुन्छ ?

प्रल्हाद केसी : सयुक्त राष्ट्र संघका कार्यवाहक स्थाई प्रतिनिधि महामहिम सेवा अधिकारी ,जापानबाट एन आर एन का पुर्व अधक्ष्य देव मान हिराचन ,नेपालबाट एन आर एन अन्तरराष्ट्रियका संरक्षक भिम उदास ,पुर्व मन्त्रि डा राजेश काजी श्रेष्ठ ,अमेरिकाका लागि  महामहिम राजदूत शंकर प्रसाद शर्मा आदि व्यक्तित्वहरुको सहभागिता रहने छ भने विदेशमा बस्ने सबै नेपालीहरुको छाता संगठन भएकोले अधक्ष्यको नाताले सबैलाई निमंत्रना गर्दै सहभागिता जनाई यसलाई ऐतिहासिक बनाई दिनु हुन् आग्रह गर्दछु l

 

Leave a Reply