एन आर एन अमेरिका र एन आर एन ईटाली बीच सम्झौता

nrn usa -nrn italy 2

विजय थापा

भर्जिनिया ,अमेरिका

अमेरिका ,बोस्टन ,अप्रिल २७ तारिख को शुभ साईतमा एन आर एन अमेरिका र एन आर एन ईटाली बीच एक कार्यक्रम बीच सम्झौता भएको छ | गैर आवाशीय संघ ,राष्ट्रिय समन्वय समिति अमेरिकाले गत साल पनि एन आर एन क्यानाडा संग बिबिध बिषयमा सहयोग र सहकार्य गर्ने भनि सम्झौता गरेको थियो |  गैर आवाशीय संघ ,रा स स अमेरिकाले एन आर एन संग मात्र नभै समुदायको हित ,विकास र अन्य बिषयमा समेत सम्झौता र सहकार्य गर्दै आएको छ |

अमेरिका भरि रहेका अन्य संघ तथा संस्थासंग मिलेर सहकार्य पनि गर्ने लक्ष्य अनुसार अमेरिका भरि सम्झौता गरि रहेका अवस्थामा बिश्व भरि बिभिन्न मुलुकमा रहेका एन आर एन संग पनि साझेदारी तथा सहकार्य गरिने लक्ष्य अनुसार एन आर एन ईटालीसंग साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ lनेपालको विकास ,लगानीको क्षेत्र र अन्य समसामयिक बिषयमा साझेदारी रुपमा सहकार्य गर्ने भनि सहमति भै सम्झौता गरिएको जानकारी गराईएको छ र बिश्व भरि भएका सम्पूर्ण एन आर एन एन सी सी संग पनि यस्तो गर्न एन आर एन अमेरिका तत्पर रहेको छ भनि अधक्ष्य प्रल्हाद केसीले जानकारी गराएका छन् |

उक्त सम्झौता पत्र हस्तान्तर कार्यक्रममा एन आर एन ईटालीको तर्फबाट अधक्ष्य डा अनिल भट्टराई तथा एन आर एन अमेरिकाका अधक्ष्य प्रल्हाद केसीले हस्ताक्षर गर्नु भएको थियो | स्वास्थ्य  र शिक्षा  क्षेत्रमा एन आर ए ईटालीले मात्री भुमिमा बृहत रुपमा कार्य गरि रहेकोले यस कार्यलाई एन आर एन अमेरिकाले पनि पूर्ण सहयोग र सद्भाव साथ सहभागिता जनाउने सहमति भएको छ |

nrn usa -nrn italy 1

Leave a Reply