एन आर एन बुल्गारिया-राष्ट्रिय समन्वय परिषद गठन

nrn bulgaria

फागुन २३ गते, भर्जिनिया

विजय थापा

बुल्गारियाको राजधानी सोफिया शहरमा रहेका नेपालीहरुको पहलमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बुल्गारिया गठन गरिएको छ l बुल्गारियामा लामो समयदेखि बसोबास गरि रहेका गुन्ज बहादुर चोखालको अध्यक्षतामा गठित उक्त परिषदको उपाध्यक्षमा दयाराम चोखाल ,महासचिवमा चन्द्र बहादुर कडेल, सचिबमा तिलक खत्री, कोषाध्यक्षमा टीकाराम कडेल रहेका छन भनें युवा संयोजकमा अमित कुमार मण्डल र प्रबक्तामा शिब कुमार रिजाल रहेका छन l सदस्यहरूमा प्रदिप अर्याल, रूपेश बस्नेत र सुदन सिलवाल रहेका छन l

गैर आवासीय नेपाली अभियानमा अग्रणी भूमिका निर्वाह गर्दै आएका संघका उपाध्यक्ष भवन भट्ट, महासचिब कुमार पन्त, कोषाध्यक्ष बद्रि के.सि., प्रवक्ता मन के.सि., यूरोप क्षेत्रका संयोजक अर्जुन कुमार श्रेष्ठ र उप संयोजक सोम सापकोटाले एन आर एन एन सी सी रोमानियाका अध्यक्ष नवराज पोखरेललाई यस परिषद्को गठनका लागि कार्य सम्पादन गर्ने जिम्मेबार सुम्पिएका थिए । पोखरेलको निरन्तर पहल र बिशेष प्रयासबाट बुल्गारियामा गैर आवासीय नेपाली संघको ६७ औं राष्ट्रिय समन्वय परिषदको गठन हुन सकेको छ l

नव गठित संघका अध्यक्ष गुन्ज बहादुर चोखालले परिषद्को स्थापनाले बुल्गारियामा भएका नेपालीहरू बीच एकता र बिश्वासको लहर फैलिएको महसुस गर्दै विकासका सम्भावित पक्ष र पूर्वाधारहरूलाई समाधान गर्न सजिलो हुने कुरा बताए l संघलाई केवल स्थापनामा मात्र सिमित नराखी नेपाली एकताको सन्देशहरु र एकता र बिश्वासका लहरहरू बिश्वभर नै फैलाउने छ भन्ने पूर्ण विश्वास लिदै यस संघले सबै नेपालीहरुको साझा संगठनको रुपमा काम गर्ने कुरामा बिश्वस्त र आशाबादी भएको बिचार ब्यक्त गरे l अधक्ष्य चोखाल सन २००२ देखि बुल्गारियाको सोफिया शहरमा बसोबास गर्दै आएको बताएका छन् l

नेपाल र बुल्गारिया बीच मैत्री सम्बन्ध कायम भएता पनि कुटनैतिक संस्थाको त्यति गाढा र सहज रूपमा स्थापना नभएको कारणले मस्को स्थित नेपाली राजदूताबास मार्फत नै सबै काम काज संचालन हुदै आएको छ । हालै मात्र रुस महासंघका लागि नेपाली राजदूत डा. रबि मोहन सापकोटाले बुल्गारियाका राष्ट्रपति समक्ष आफ्नो ओहदाको प्रमाण पत्र पेश गरेका थिए lसन् २००७ सालमा यूरोपियन यूनियनको सदस्यता प्राप्त गरेको बुल्गारियामा अध्ययन, रोजगार तथा उज्ज्वल ब्यबसायको लागि आउने नेपालीहरूको संख्या हाल लगभग १५/२० जना औपचारिक तथा अनौपचारिक रूपमा बसोबास रहेको अनुमान गरिएको छ l

Leave a Reply