ए एन ए को झन्डा सगरमाथाको शिखरमा

ANA on top of Mt. Everest - Copyअमेरिका ,मे १४ , अमेरिकामा स्थापना भएको दि एसोसिएसन अफ नेपालीज इन अमेरिका (ए एन ए ) अमेरिका कै राष्ट्रिय स्तरको जेष्ठ संस्था हो lअमेरिकन सरकारबाट मान्यता प्राप्त यो संस्थाले हरेक बर्ष अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ को शुभ मुर्हतमा उत्तर अमेरिका भरि यत्र तत्र छरिएर रहेका नेपालीहरुलाई एकत्रित गर्दै बृहत बार्षिक महाधिवेसन बिगत ३० बर्ष देखि गर्दै आई रहेको छ ।

यहि जुलाई ४-६ सम्म न्यु योर्कमा हुने ३१ औ ए एन ए सम्मेलनको भब्य तैयारी भै रहेको छ । सम्मेलनको मूल नारा नै ‘३१ औ ए एन ए सम्मेलन नेपालको लागि ‘राखिएको छ । यो संस्थामा सबै नेपालीको साझा फुलबारी हो lयसका धेरै शुभ चिन्तकहरु पनि छन् र त्यस मध्ये यो संस्थाका एक शुभ चिन्तक प्रख्यात पर्वतारोही आङ्ग छिरिङ्ग शेर्पामा पनि एक हुन् पुगेका छन् ।

उनि बिश्व प्रख्यात पर्वतारोही हुन् र ७ वटा चर्चित हिमालय (हिम शिखर) सबै भन्दा छोटो समयमा (४२ दिनमा )आरोहण गरि बिश्व किर्तिमान गरेका छन् lहिमाल चढन उस्ताद तथा आत्मविश्वासी आङ्ग छिरिङ्ग शेर्पाले बिश्व किर्तिमानमा नाम लेखाउदै उनीले सगरमाथाको शिखरमा पुगी अमेरिकामा ३१ बर्ष पहिले नेपालीहरुद्वारा स्थापना भएको सबैको साझा संस्था ए एन ए को झन्डा सगरमाथाको चुचुरोमा फरफर्याई दिएका छन् ।

ए सी शेर्पाले ए एन ए का शुभ चिन्तक ,समर्थक ,सदश्य ,स्वयंसेवक तथा सम्पूर्ण पदाधिकारीलाई संस्थाको झन्डा फरफराई परिचय गराई सबैलाई उत्प्रेरित गर्न सफल भएका छन lशेर्पाले आफुलाई एक उत्प्रेरित उदाहरण प्रस्तुत गर्दै नेपाल प्रति श्रद्धा तथा प्रेम अर्पण गर्दै  युवा तथा बृद्ध नेपालीहरुको लागि एक साहसीक तथा उदेश्यमुलक कार्य हेतु उदाहरण बन्न पुगेका छन् । दि एसोसिएसन अफ नेपालीज इन अमेरिका (ए एन ए ) ए सी शेर्पा(आङ्ग छिरिङ्ग शेर्पा)ले यो संस्था प्रति गरेको ऐतिहासिक सेवा र बहादुरी कार्य प्रति खुला हृदयबाट प्रशंसा सहित कृतज्ञता ज्ञापन गर्न चाहन्छ ।

Leave a Reply