ए एन ए डिसी सम्मेलनमा रक्तदान भव्यताको साथ सम्पन्न

ANA 2014 026

विजय थापा

आषाढ २५ ,भर्जिनिया

३२ औ ए एन ए सम्मेलनको अवसरमा बिगत केहि बर्ष देखि ए एन ए सम्मेलनमा रक्तदान कार्यक्रम गर्दै आएको ब्लड डोनर्स अफ अमेरिकाले जुलाई ५ तारिखको दिन डिसीमा भब्य रक्तदान कार्यक्रमको आयोजना गरेको छ l रक्तदान गर्न आएका रक्तदाताले रगत दान गर्न नपाएकोमा दुख व्यक्त गरे भने त्यहाँ रगत दान दिन आएका कैयौले शरीरमा केहि कमिको कारण रक्तदान दिनबाट बन्चित भएका थिए l संचारकर्मी अंकुश नेपालले यो समेत गरेर १८ पटक रक्तदान गरेको बताए l

ANA 2014 029

१ देखि ५ बजे सम्म राखिएको उक्त रगतदानमा कुल २९ जनाले रगतदान गरेका थिए भने रगत दान गर्न अगाडी देखि नै बसेकाहरुले रक्तदान सेवाको समय समाप्त भएको कारण रक्तदान गर्न नदिई फर्काईएको थियो l संस्थाका अधक्ष्य लिला कार्की यस कार्यक्रमको लागि डिसी अलाबामाबाट आएका थिए भने उक्त कार्यक्रम बल्ड डोनर्स अफ अमेरिका तथा अमेरिकन नेपाली स्वास्थ्य परिचारिका समाजको सयुक्त आयोजनामा गरिएको थियो l​ ​बल्ड डोनर्स अफ अमेरिकाका अधक्ष्य डा लिला कार्कीले रक्तदान गर्नु हुने सबै सामाजिक नायक ,स्वयम् सेवक र सौजन्य गर्नु हुने र बिशेष कार्यक्रमको सम्पूर्ण अभिभारा लिनु हुने स्वास्थ्य परिचारिका मंजु संग्रौलालाई बिशेष धन्यबाद दिएका छन् l

Leave a Reply