ए एन ए निर्वाचन तथा सम्मेलन सम्बन्धि भ्रामक सूचना प्रति ए एन ए को गम्भीर ध्यानाकर्षण

ana logo

३२ औ ए एन ए सम्मेलन यहि जुलाई ४ देखि ६ सम्म डिसी महानगर क्षेत्रमा हुने सर्ब बिदितै छ र आयोजक समिति अहोरात्र मेहनत को साथ अगाडी बढी रहेको जानकारी गराउन पाउदा हामीलाई हर्ष लागेको छ l

३२ औ ए एन ए सम्मेलन अवैध तथा गैर कानुनि हो भनि ,भ्रामक तथा असत्य प्रचार र प्रसार गरेको सूचना ए एन ए लाई प्राप्त भएकोले ए एन ए का वकिल संग परामर्श गरि सत्य तथ्य सूचना बारेमा आयोजक तथा अन्य नेपाली समुदायलाई आग्रह गरे पछि ए एन ए का वकिलले यो पूर्ण असत्य र भ्रामक सूचना भएको जानकारी दिएका छन् l

कुनै व्यक्तिले ए एन ए निर्वाचन तथा सम्मेलन सम्बन्धि पूर्वाग्रहपूर्ण केवल सम्मेलनलाई बिथोल्ने नियति देखिएकोले सम्मेलनमा सहभागीहुनेहरुलाई दुबिधा बनाई दिने भएकोले ए एन ए को गम्भीर ध्यानाकर्षण भएको छ l

अदालतले केवल निर्वाचन प्रयोजनको लागि मात्र ट्रस्टीको नियुक्ति गरिएको सूचना सार्बजनिक रुपमा बिभिन्न संचार माध्यममा प्रकशित भै सकेको छ l कुनै ब्यक्तिले कुनियति साथ लेखिएको खबर पूर्ण असत्य र भ्रामक भएको सहर्ष जानकारी गराउन चाहन्छौ l

यस्ता सूचनाको कुनै तुक नहुने र ३२ औ ए एन ए सम्मेलन पूर्ण कानुनी रुपमा संचालनमा रहेको सहर्ष जानकारी गराईन्छ l यस्ता खबर र सूचना प्रति वास्ता नगर्न सम्पूर्ण महानुभावहरुमा आग्रह गर्दछौ l

स्मरण रहोस ,२९ औ ए एन ए डिसी सम्मेलन र ३० औ ए एन ए टेक्सास सम्मेलनमा पनि ए एन ए सम्मेलन गैर कानुनि भनि प्रचार तथा प्रसार व्यापक गरिएको थियो l

र ए एन ए का अधिवक्ता लेखिएको पत्र यसै संग संलग्न गरिएकोले यो पत्रले सबै कुरा स्पष्ट गर्ने विश्वास लिदै ३२ औ ए एन ए सम्मेलन लाई भब्य सफलताको साथ सम्पन्न गर्न सबै नेपाली समुदाय लाई आग्रह गर्दछौ l

धन्यबाद

विजय थापा

महा सचिब

ए एन ए (दि एसोसिएसन अफ नेपलिज इन अमेरिका)

Leave a Reply