ए एन ए ,प्रलाद के सी र कुलीन परिवार

कलम नचलाएको पनि केहि समय बितेछ lहाल बिभिन्न नाममा तिनै गूटको भण्डाफोर गरि रहदा कतिले त् त्यो लेख लेख्ने अदृश्य मानब म नै हो भनि ठानेका रहेछन ,आफै स्वयम् ए एन ए का पदाधिकारी घोषणा गर्ने प्रलाद के सी र अन्य तथाकथित पदाधिकारी बिरुद्द बिगतमा बिधुतिय लेखको क्षेप्यास्त्र चलाएको हु त्यो कलम त्यसै चलेको थिएन l मार्च ३१ भित्र नै ए एन ए को पे पाल ( विधुतीय भुक्तानी खाता )बाट तिरेको भर्पाइ हुदा हुदै नियोजितढंगले म आफु र अन्यहरुलाई सदश्यहरु होईनन भनि किटानको साथ उम्मेदवार रद्द गर्नु होl

लहरो तान्दा पहरो जान्छ’ भने जस्तै ,धेरै गोप्य कुराहरुको खुलासा भैरहेको छ lसिमन ढुंगाना बोस्टन सम्मेलनमा अति महँगो (अतिथि गृह)होटलमा सित्तैमा बस्यो भनि ठुलो हल्ला चलाईयो तर मेदिनी अधिकारको तत्कालिन समयमा लेखिएको ईमेल (बिधुतीय पत्र ) बाट सबै कुरा छर्लंग भएको छl बिगतमा प्रलाद के सी र यिनीहरुले गरेका सम्पूर्ण कालो कर्तुतबारे समुदायले यिनीहरुको चरित्र र दृष्टि प्रति प्रश्न चिन्ह उठाएका छन l २००२ मै खारेजी भै सकेको संस्था बर्षौ बित्ता पनि वास्तविक कुरा बिरालोले गू लुकाएको जस्तो लुकाउनु र ए एन ए लाई दुहुनो जर्शी गाई बनाई अनुचित रुपमा व्यक्तिगत फाददा उठाउनु हो l न्यायालयमा मुद्दा विचाराधीनमा छl दुधको दुध पानीको पनि छुटिने छ भनि सारा ४००० हजार सदश्यहरु कौतुल्ताको साथ धैर्य धारण गरि रहेका छन l

निलम्बितमा परेका ए एन ए का निर्वाचन अधिकृत राजा उपाध्यायले आफु अस्ट्रेलियामा हुदा शंखास्पद तरिकाले क्यालिफोर्निया वा कोलोराडोबाट आफ्ना व्यक्तिहरुको नाम प्रकाशित गरेको (बिधुतिय डाक )ई-मेल गर्नु ले नै यो सम्पूर्ण कलहको बिजारोपण भएको हो र वास्तबमा यिनै राजा उपाध्याय आजीवन सदश्य नै रहेनछन lडि सी सम्मेलनको साधारण सभामा बिजयीको घोषणा गर्न नसक्ने प्रलाद के सी र समुह ,अनि हामीनै आधिकारिक पदाधिकारी हौ भनि न्यायालयमा मुद्दा दिनु नै एक हतोत्साही मनस्थिति र कायरताको परिचय हो lडि सी सम्मेलन गैर ढंगले आयोजना गरिदै छ भनि हामीलाई बारम्बार निरुत्साहित गर्ने ,कायरता दर्शाई बहिस्कारको बहाना गरि अनुपस्थिति हुने र सवाल जवाफको सामना गर्नु पर्छ भनि हिम्मत नहुने यहाँहरुको उद्देश्य अहिले सबैलाई स्पस्ट भएको छ l ए एन ए डि सी सम्मेलन ईतिहास मै पहिलो पटक पूर्ण पारदर्शिताको साथ आर्थिक प्रतिबेदन प्रस्तुतिले ईमान्दार व्यक्तिहरुको पहिचान समुदायले गरि सकेको छ l

बोस्टन सम्मेलनमा सम्मेलन अधक्ष्य मेदिनी अधिकारी र सुन्दर गुरुङ संयोजक हुदा हुदै म नै प्रमुख हु भनि हस्ताक्षर गरि सम्पूर्ण जिम्मा लिने तर आर्थिक कारोवारको हिसाव चै कसले दिन्छ ?डि सी सम्मेलनका सम्पूर्ण संयोजकहरु बधाईका पात्र भएका छन lए एन ए ले जीवनमा कहिले नगरेको काम ईमान्दारीताको साथ तन ,मनले काम गरि अपार सफलताको साथ सम्पन्न गरि दिई ए एन ए को छबी उच्ह राखी दिएका छन तर यहाँहरुलाई यो कुराले छटपटी पारी रह्यो किनभने सम्पूर्ण संयोजकहरु धुरु धुरु रोएको हेर्न चाहनु हुन्थ्यो तर सत्य र धर्म नछोड्ने यी अनुभवी समाजसेवी र विभिन्न संघ संस्थामा लाग्नेहरुसंग यहाँहरुले थुप्रै कुराहरु सिक्नु पर्ने हुन्छ lयो सकारात्मक खबर र उन्नति देख्न नसक्नेहरुको बोलि बन्द भएको छ lए एन ए बोस्टन सम्मेलनमा आर्थिक क्षति देखाउनुले यस भित्र आर्थिक अनिमियता हुन् सक्ने प्रशस्त सम्भावनाहरु भर्खरै प्रलाद केसीका थुप्रै प्रकाशित कागजातले अझ शंखा र उपशंखा जगाएको छ l ए एन ए सम्मेलन कहिले घाटा हुदैन ,घाटा देखाईन्छ l हर हिसाब उचित र दुरुस्त राख्नु पर्छ , फुपूको श्राद गर्ने सोचियो भने आर्थिक मामलामा फसिन्छ र वास्तविकता नै यहि होl

यहि २०११ मे ,मा मेरिल्याण्ड राज्यमा अर्कै ए एन ए संस्था दर्ता हुनु पनि एक अर्को ठुलो रहश्य छ l ६-७ जना खारेजी भएको ए एन ए को एकादेशका पुर्व अधक्ष्य मध्ये एकले नै यो संस्था दर्ता गरेको देखाएको छ l२९ बर्ष ईतिहास बोकेको ए एन ए संस्था भएको कारण बृहत आशाको साथ एउटा मार्गचित्र बनाउन सकिएला भन्ने उदेश्यका साथ युवाहरुमा लागेका छन् l नया शंकास्पद र निजि स्वार्थको लागि दर्ता गरिएको ए एन ए को पछाडी कदापी लागेका हैनन र लाग्ने पनि छैनन् lए एन ए को छात्रबृद्दी प्रति हाम्रा कैयौ सवाल छन l डि सी सम्मेलनमा प्रलाद के सी ,तथाकथित स्वयम् घोषणा गर्ने पदाधिकारीहरुसंग सम्पूर्ण कुराहरु ओकालिने छ भनी तैयारीको साथ प्रतीक्षारत सम्पूर्ण जुझारु सदश्यहरुलाई निरुत्शाहित गर्नु भयो lसमस्यासंग जुध्न नसक्ने नेतृत्वसंग हाम्रो कुनै सम्झौता हुदैन र कहिँ न कहिँ सार्बजनिक रुपमा अवश्य भेटने बचनबद्द गर्दछौ lसबैले न्यायालयको निर्णयलाई मान्नै पर्छ l

ए एन ए ले उत्तर अमेरिका भित्रै काम गर्नु पर्ने हुन्छ ,चन्द्रमामा काम गर्दैन lसमुदायलाई काधमा काध मिलाई हिड्नु पर्ने हुन्छ Iहामी २०० जना मात्रै आधिकारिक हौ र त्यसमा पनि कैयौ आजीवन सदाशयता नभएका प्रदाफास भएकोले , ४००० सदश्यहरुलाई अस्विकार गर्ने र प्रजातान्त्रिक रुपमा घोषणा गरिएको चुनाब चाही आधिकारिक हैन भन्नुले कालान्तरमा यो प्रलाद के सी र समुहले कसरि समुदायमा काम गर्ने आट गर्ला भनि सारा समुदायले निहाली रहेका छनlयहाहरुले मुद्दाको लागि ठुलो धनराशी क्यानाडा सम्मबाट संकलन समेत गरिएको कुराले समुदायले घृणाको दृष्टिले हेरी रहेका छन lयो मुद्राले त् एक छाक खान नपाएका भोका नांगा बाल बालिका र अन्य पुण्य काममा मात्र लगानी गरि दिनु भएको भए मात्र पनि समुदायले आरती उतार्ने थियो l त्यसो गर्नु भएन,यहाहरुले बरु ,कसैले नगरेको काम विश्व किर्तिमान राख्ने अभिप्रायले सत्ताको मोह र भोगको लागि नेपाली दाजु भाईहरुलाई नै मुद्दा हाली बिरताको परिचय हैन कि यहाँहरुले आफ्नो दरिद्र मानसिकताको परिचय सारा विश्वलाइ दिनु भयोl जीवन भर सत्ता कब्जा गर्ने गलत सोच राख्ने कर्नल गद्दाफी यिनै आफन्तबाद ,परिवारवाद र कृपाबादमा सत्ता हस्तान्तरण गर्ने प्रवृतिको कारण जनताले फ्याली दिए , झन्डै ३० बर्ष ईतिहास बोकेको ए एन ए ,को ईतिहास, २००२ मै खारेजी सकेको भएता पनि सारा समुदायलाई गुमराहमा राखी केवल कुर्सिको मोह र बिभिन्न स्वार्थको साथ आफन्तबादहरु बीच मात्र सत्ता हस्तान्तरण गर्ने प्रवृतिको ज्वलन्त उदाहरण भर्खरै मात्र यहाँहरुद्वारा आफै स्वयम् घोषणा गरिएको पदाधिकारीहरुको सार्बजनिक घोषणा होl यो भन्दा ठुलो उदाहरण कुनै पनि हुन् सक्दैन र समुदाय अब मौन बस्दैन l

Iहामी नेपाल आमाका सन्तान हौ ,जति सुकै बिदेशी आकाशमा रमाएर उडौ ,आखिरमा हामी यथार्थको धरातलमा उत्रिने पर्छ ,देशको लागि एक पल (मिनेट) सोच्ने फुर्सद नभए पनि हामी नेपाल र नेपाल आमा प्रति श्रदा र माया गर्दछौ यहि हाम्रो पहिचान हो l नेपालीपन र नेपाली हुनुमा हामी गर्व गर्दछौ lआज मुलुक अशान्तिकोभुमरीमा जेलिएको छ ,अस्तित्व जोगाउनु पर्ने अपरिहार्य छ र विदेशमा छरिएर बसोबास गर्ने सम्पूर्ण बुद्दीजीवि वर्ग र आम नेपालीहरु एक जूट भै बस्नु पर्नेअवस्थामा आफै स्वयम् घोषणा गरि हामी नै सक्कली पदाधिकारी हौ भनि केवल सत्ता प्राप्तिको लागि मुद्दा दायरले सारा नेपाली समुदायको छबी अरु समुदाय बीचधमिलिएको छ lसम्पूर्ण नेपालीको आस्थाको केन्द्र बिन्दु ,प्रतिष्ठाको प्रतिक पशुपति बुद्ध मन्दिरलाई पनि विवादमा मुसी सारा उत्तर अमेरिका बासीहरुलाइ अपमान गर्नु भएकोमा समुदायले कदापी माफ दिने छैन l ईश्वरले सबैको रक्षा गरुन !ओम शान्ति !शान्ति !!शान्ति!!!

अस्तु

विजय

ए एन ए को महा-सचिबको उम्मेदवार

Leave a Reply