ए एन ए – सक्कली सबूत प्रमाण सार्बजनिक!

संचारकर्मीज्युहरु ,दाजु भाई तथा दिदी बहिनिहरु ,

ए एन ए मा आफुहरु मात्र आधिकारिक सदश्य ,अन्य र अधक्ष्यका दुवै उम्मेदवारहरु पनि सदश्य होईनन भनि उम्मेदवारी रद्द गर्नु अनि आफुहरु ५ जना चाही बैधानिक सदश्य भनि आफै पदाधिकारी घोषणा गर्नु आफैमा एउटा बृहत ढाचा (ग्रान्ड डीजायन)हो lयो फोहोरी खेल खेल्ने यहाहरुको बिबेकको मुल्याकन समुदायले गरिसकेको छ lअन्यलाई झारपात ठानी हचुवाको भरमा विघटित सदश्यता प्रमाणीकरण(MVC)समितिले गरेका काम कारवाहीहरुको नमुना यहाँहरु समक्ष स-प्रमाण प्रस्तुत गर्ने जमर्को गरेको छु lए एन ए मा मैले पुर्व संचालक समितिको सदश्यको हैशियतमा काम गर्ने अवसर प्राप्त गरे र थोरै समयमा धेरै कुराहरु परिस्थितिले जान्न बाध्य बनायो lए एन ए संस्था २००२ मै खारेजी (रिभोक )भै सकेको पछिल्लो अनुसन्धानले देखाउछ lअनि के को लागि आधिकारिक पदाधिकारी हौ भनि अदालतमा नालिश हाल्नु भएको हो ?अब ,बुद्दिको बिर्को खिल्नु होस lअधक्ष्य र आजीवन सदश्य पनि परापुर्व कालमा थिए भन्ने हुन्छ किनभने संस्थै मृत भै सकेको अवस्थामा छ lयदि यहाहरु बिजयी हुनु भएको सत्य हो भने पदस्थापना(installation) र सपथ ग्रहण(Oath ) कार्यक्रम सार्बजनिक रुपमा मनाउने हिम्मत राख्नु होस्lमे २५ तारिख ,२०११ मा म्यारील्याण्डमा अर्को ए एन ए भनि दर्ता गरि सकेको हुनाले त्यो यहाँहरुले नै यहि प्रयोजनको लागि दर्ता गरेको रहेछ भन्ने कुरा अहिले सबैको आखा खुलेको छ l

नेपालीउखान ” लाटो लड्छ एक बलड्यांग,बाठो लड्छ तिन बलड्यांग भनेको यहि हो lकृपया प्रस्तुत गरेको सबुत प्रमाण राम्रो संग हेर्नु होला र कैयौ अरु सदश्यहरुले पनि पुरानो बिधान अनुसार मार्च ३१ तारिख भित्र तिरेको रसिद सन्दूसमा राखेका छन ,बिधान २९ औ सम्मेलनले संसोधन गरि सकेको छ र क्रमस; यहाँहरुलाई उनीहरुको नामावली र यहाहरुलाई तत्कालिन समयका महासचिबले पठाएको हरेक डाक (ईमेल )सुरक्षित राखिएको छ l अनि भन्नु होस् यहाहरुले आफै कोठा भित्र तैयार पारिएको सुची आधिकारिक र ठिक ,हामीले पठाएको सुची चाही गलत अनि अबैधानिक ? आफुले आफैलाई पदको घोषणा गर्ने भए मैले पनि श्री ३ महाराज बिगतमा घोषणा गरेकै हु ,खै त् समुदायले पत्याएको ? अधक्ष्य पदमा पराजित भएका व्यक्ति कसरि उपाधक्ष्यमा पदमा चुनाबमा मैदानमा उत्रिन सकेको ? यसलाई आफुले आफैको मुल्यांकन घटाउनु भनिन्छ र यो पनि समाजले पचाएको छैन l

सदश्यता प्रमाणीकरण समितिका (Membership Verification Committee )प्रमुख संयोजकले नेपाल मंच रेडियोमा दिनु भएको सार्वजनिक अन्तर्वार्तामा उक्त समितिले गरेको काम कारवाही गल्ति भएको र उक्त प्रतिवेदन(Report)फिर्ता लिएको जानकारी गराई सक्नु भएको छ lए एन ए को संजालमा(वेबसाइट )स्पस्टसंग सदश्यता प्रमाणीकरण समितिले कार्यकारी समितिलाई बुझाउने र अनुमोदन गरि मात्र अघि बढने हुदा हुदै भ्रम फैलाउने पूर्ण उदेश्यका साथ न्युयोर्कबाट संचालित एक संजाल(वेबसाइट)मा त्यो अस्वीकृत प्रतिवेदन अझै सार्बजनिक रुपमा नै राखिएको छ ,गोप्य सूचना प्रदान गरि सार्बजनिक रुपमा प्रकाशित भएको हुनु पर्दछ lत्यहाँ पनि नियत खराब र षड्यन्त्रको माला बुनिएको छ l उपयुक्त समयमा त्यहि कारणबाट त्यो प्रमाणीकरण समितिलाई तुहाईएको छ lप्रमाणीकरण समितिका संयोजकले यो प्रतिवेदन विचार मात्र हो र प्रतिवेदनको उपसंहारमा पनि विचार मात्र लेखिएको छ lचुनाबमा पराजय हुन्छ भन्ने डरले र बागडोर कब्जा गर्ने उदेश्यको साथ क्षणीक ढाढश र नियोजित ढंगमा प्रवेश गर्नु भएका खारेजी भै सकेको परापुर्व कालका ए एन ए का पुर्व अधक्ष्यहरु र अन्यहरुको उदेश्य सत प्रतिशत आज सबैले बुझ्ने मौका प्राप्त गरेका छन l

ए एन ए मा धेरै बर्ष देखि अमुल्य समय प्रदान गरि सक्नु भएका एक मित्रले राजा उपाध्याय अस्ट्रेलियामा हुदा शंखास्पद तरिकाले वहाको नामबाट बिजयी उम्मेदवारहरुको नामावली प्रकाशित गरेको डाक (ई-मेल) राजा उपाध्यायले स्वीकार गरेको हू भनि सार्बजनिक रुपमा घोषणा गर्नुहुन्छ भने ,सुर्य पुर्वबाट हैन पश्चिमबाट उदाउने छ ,त्यो भनेको पनि अहिले जस्तो लाग्दछ l केहि समय पश्च्यात उही मित्रले भन्नु भयो ,मैले डुबुल्की नमारी सतहीरुपमा मात्र हेरेको रहेछु वास्तविकता अर्कै रहेछ lहातीको खाने दात एउटा र देखाउने दात एउटा !राजा उपाध्यायले मैले गरेको हु भनि लेखिएको बिधुतिय पत्र (Email)सुरक्षित राखिएको छ l

यो प्रमाण बिशेष त संचार कर्मीहरुको लागि उपयुक्त हुन् सक्दछ र पहिलेको बिधान अनुसार ,मैले मार्च २७ तारिख मै नवीकरणको लागि भुक्तानी गरेको रसिद हुदा हुदै ,सदश्य हैन भनि चुनाब नै नगरि आफ्ना नजिकका संचारकर्मी मार्फत आफ्ना व्यक्तिहरुलाई बिजयीको घोषणा सार्बजनिक गर्न लगाईएको थियो ,बास्तविकता यहि हो l यिनै घृणित कार्य र अन्यायको चरम सिमा नागेको महसुस गरिएकोले कलम चलाउनु मेरो बाध्यता अनि धर्म हो l विघटित सदश्यता प्रमाणीकरण समिति(Membership Verification Committe) ले आखामा पट्टि बानी आफ्ना व्यक्तिहरुलाई बिजयी गराउने गरि उदेश्यले गरिएको यो सबै भन्दा पछिल्लो षड्यन्त्र हो !

बडा दशैं नजिकिदै छ ,असत्य माथि सत्यको बिजयीको पर्व भएको र यहाहरुले धाधली गरेको र बहकिएर गरेको भनि सार्बजनिक रुपमा क्षमा मागे बैतरणी तर्न सक्नु हुनेछ l

विजय थापा

मैले नवीकरण गरेको सक्कली सबूत प्रमाणको एक झलक: (click to enlarge the photo)

Leave a Reply