ए एन ए हिरो (नायक )पुरस्कार राजिव गोयल तथा (डाइनामिक) बुना दाहाललाई प्रदान गरिने l

anany2013 log

अमेरिका ,न्यु योर्क जुन ८ ,ए एन ए (दि एसोसिएसन अफ नेपालीज इन अमेरिका )ले  ए एन ए हिरो -२०१३ द्वारा लेखक ,वकिल तथा विकास कार्यकर्ता राजिव गोयल तथा अद्भुत प्रतिभाशालि तथा गतिबोधक (डाइनामिक) बुना द्वारा आफ्नो नाम परिचय दिन सफल बुना दाहाललाई पुरस्कार दिने भएको छ l

ए एन ए सम्मेलनको अवसरमा उल्लेखनीय कार्य गर्ने ,नेपालको नाम चिनारी गराउने तथा अन्य बिभिन्न विधामा पुरस्कार दिदै आएको छ भने २०१३ को ए एन ए नायक पुरस्कारमा राजिव गोयल तथा बुना दाहाल परेका छन lराजिव गोयल पिसकर्व स्वयम् सेवकको रुपमा झन्डै एक दशक अगाडी नेपाल पुगेका थिए र मुलुक अशान्तिको भुमरीमा जकडिएको अवस्थामा धनकुटा जिल्लाको नाम्जे,धरान भेडेटार नजदिक भन्ने ठाउमा शिक्षक भै २ बर्ष सम्म अंग्रेजी बिषय पढाए l  तर उनलाई मनमा शान्ति भने भएन किनभने त्यो गाउँमा बालबालिका ,सुत्केरी तथा गर्भवती महिला ,बृद्ध सबै पिउने पानीको ओसार पोसारमा मात्र दिनको करिब ८ घण्टा बिताउने गरेको पीडादायक दृश्यले यो गाउँ र समुदायको लागि केहि गर्नु पर्छ र सर्वप्रथम पानीको व्यवस्था गर्न सके ठुलो धर्म हुन्छ भन्ने दृढ संकल्प साथ उनीले अन्तत्वगत्वा गाउँको अनुहार फेरी दिए l

rajeev

यो पानीको व्यवस्थाको लागि गरेको अतुलनीय ,असाधारण र योगदान स्वरुप उनलाई यो पुरस्कार दिने निर्णय गरिएको हो lत्यो गाउँको बिषय र त्यो परियोजनाको लागि एउटा पुस्तक ” स्प्रिंग अफ नाम्जे ” लेखेका छन् l

यस्तै गरि अमेरिका झन्डै २२ बर्ष आगाडी बिसेष छात्रवृतिको माध्यमबाट अमेरिका आई पुगेकी र जन्मजात दृस्टी बिहिन ( आँखा नदेख्ने ) र अमेरिकाबाट अध्ययन सकी हाल ख्याती प्राप्त प्रशिक्षकको रुपमा चर्चाको शिखरमा रहेकी बुना दाहाललाई ए एन ए नायक -२०१३ द्वारा पुरस्कार प्रदान गरिने भएको छ l

उनीले थुप्रै समाज सेवा गरेकी छिन् l उनि प्रख्यात नेतृत्व कुटनीतिज्ञ तथा प्रशिक्षण मंच बनाउने एक उत्प्रेरक हुन् l दाहालको नेतृत्व तथा वक्तृत्वकला कि धनिलाई २००७ मार्चमा राष्ट्र संघमा वक्ताको रुपमा बोल्न निमन्त्रणा गरिएको थियो l

buna

यसै गरि ए एन ए सराहना पुरस्कार (ANA COMMENDATION)द्वारा भर्खर गिनिज पुस्तकमा नाम लेखाउनु भएका संचारकर्मी रवि लामिछाने तथा समुदायको लागि बिसेष काम गर्ने ‘अधिकार ‘संस्था’लाई पुरस्कार दिईने भएको छ l न्यु योर्कमा महिलाहरुद्वारा स्थापित महिलाहरुको लागि बिशेस काम गर्ने अमेरिका भरि चर्चामा रहेको र कामको उच्च मुल्यांकन गर्दै अमेरिकन सरकारबाट ठुलो राशी प्राप्त गर्न सकेको अधिकार ‘संस्थाको’ साथै क्यानाडाका समाजसेवी किरण ढुंगानालाई ३१ औ ए एन ए सम्मेलनमा पुरस्कृत गरिने छ l

 

ए एन ए को समाचार तथा गतिबिधिलाई अनवरत रुपमा संचार माध्यममा शसक्त रुपमा सहयोग गर्ने ५ संचार माध्यमहरु क्रमस बोस्टननेपाल डटकम ,युएसनेपाल अनलाइन डटकम , ईनेपालिज़ डटकम , जनपुकार डटकम तथा बिआरटी नेपाल डटकमलाई (ANA MEDIA PARTNER APPRECIATION )द्वारा पुरस्कृत गरिने छ l

 

Leave a Reply