कतारमा दुख पाएका नेपालीको अधिकारका लागि न्युयोर्कमा ¥याली

 katar                    
न्युयोर्क, कतारमा दुख पाएका नेपालीहरुको हितका लागि न्युयोर्कमा रहेका नेपालीहरुले बिहीबार ¥याली गर्दै ज्ञापन पत्र बुझाएका छन् । बिहान ९ बजे न्युयोर्कको म्यानह्याटनमा रहेको न्युयोर्क टाईम्सको कार्यालय अगाडि भेला भएका नेपालीहरुले कतारमा रहेका नेपाली कामदारको अधिकारका लागि संयुक्त राष्ट्रसंघका लागि कतार मिसनमा पुगेर कतार सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । कतारमा रहेका नेपली कामदार माथि भएको अन्यायको छानबिन होस्, कामदारको अधिकार सुरक्षीत गर, जस्ता नाराहरु लगाउदै भेला भएका नेपालीहरुले न्युयोर्क टाईम्सका प्रधान सम्पादकलाई पनि कतारमा भएको अन्यायको बारेमा जानकारी गराएका थिए । 
 
कार्यक्रमको अगुवाई गरेका कर्मा तेन्जींगका अनुसार बिभिन्न क्षेत्रमा रहेका पन्ध्र हजार सात सय नेपालीको हस्ताक्षर समेत संकलन गरेर उनिहरुले कतारमा रहेका नेपाली कामदारको अधिकारको लागि ५ बुंदे ज्ञापन पत्र बुझाएका छन् । कतारमा रहेका नेपाली कामदारको अधिकार हनन् भएको समाचार आए पछि ह्वाईट हिमाल टेलिभिजनले कतारमा रहेका नेपाली कामदारको अधिकारका लागि बिषेश अभियान नै सञ्चालन गरेको छ । बिहीबार न्युयोर्कमा गरिएको ¥यालीे तथा ज्ञापन पत्र बुझाउने कार्यक्रमलाई ह्वाईट हिमाल टेलिभिजन र ईनेप्लीज डटकमले समेत समर्थन गरेको छ । ज्ञापन पत्र बुझाउने कार्यक्रमलाई समेटेर ह्वाईट हिमाल टेलिभिजनले तयार पारेको बिषेश रिर्पोट कार्यक्रम सम्प्रेषण मार्फत चांडै प्रशारण हुने छ । 

 

Leave a Reply