के पायौ त तिमीले?

बदनाम गरेर मेरो, के पायौ त तिमीले

म त भए धेरै दुखि, कति खुशी पायौ त तिमीले

धम्कि दिएर मलाईनै, कति माया पायौ त तिमीले

रिशाएको त थिए म, कसरी आज फकायौ त तिमीले

हासा भनि बिन्ति गर्दै, किन मलाई रुवायौ त तिमीले

तिमी बिनानै थिए खुशी, कस्तो चोट दियौ त तिमीले

मन मेरो रोइरहेथ्यो, कहाँ आशु देखयौ त तिमीले

तिम्रो साथ मैले दिदा, कस्तो साथ दियौ त तिमीले

धेरै बाच भन्दै मलाई, बिष किन दियौ त तिमीले

बदनाम गरेर मेरो, के पायौ त तिमीले

Leave a Reply