कोइ किन पागल नहोस्?

चाहेर कोइ प्राप्त नहोस्,

सधै मनमा उस्को झझल्को आवोस,

बिवश एती होस् कि सम्झन्छु तिम्लाई नी भन्न नसकोस

अनी कोइ किन पागल  नहोस्?

 

मुहार कसैको एस्तो होस् हरपल आँखा मा नाची रहोस्,

सम्झेर कसैको मुस्कान एक्लै हास्न बाध्य होस्,

अनी तिमी भन कोइ किन पागल नहोस्!

 

याद आवोस कसैको एती आँखा चिम्लन गाह्रो होस्,

सम्झेर उस्लाई कल्पनु सिवाय अरु कुनै बिकल्प नहोस्,

अनी कोइ किन पागल नहोस्!

 

यादमा आसुँ झर्दा पनि,

सम्झनाले मुटु चिर्दा पनि,

सम्झन्छु तिमीलाई भन्न नपावोस,

फोन त के ईमेल गर्ने समेत शाहस न आवोस,

अनी कोइ किन पागल नहोस्!

 

लेखेर चिट्ठी मेट्न परोस,

राखेको फोटो च्यात्न्न परोस ,

बुझाई आफ्नो मन आँफै बाँच्न परोस

अनी तिमी भन साथी कोइ किन पागल नहोस्?

Leave a Reply