जर्मनीको दशैमा मनोरन्जनको साधन पिङको साटो फुटबल

नब राज रोस्यारा | १३-१०-२०१३ बर्लिन, जर्मनी

नेपालिहरुको महान चाड बडा-दशैले आफ्नो उच्चतम मह्त्वपूर्ण समयको जनाउ दिनै आटेको थियो। त्यसैले काठमाण्डौमा पढिरहेका बिध्यार्थीहरु भएको भए सायद प्राय: सबैलाई बसको टिकट काट्ने अनी आफ्नो घर पुगेर बाबु आमा लगायत सपरिवारलाई भेट गर्ने हतारो भईरहेको हुन्थ्यो होला। घर पुगीसकेको भए परिवार र छिमेकीहरुका बच्चाहरुको लागि पिङ बनाएर उनीहरुलाई मनोरंजन कर्ताको भूमिकामा सबैले आफ्नो समय ब्यतित गरिरहेका हुन्थेन होला। तर घरबाट टाढा जर्मनीमा पढ्न आइएको छ, अझ त्यसमाथी दशैँ तिहार जस्ता नेपालिहरुका चाडपर्व संग सरोकार नै नराख्ने नेपालबाट निकै टढाको दुरिमा पर्ने देश भएकोले दशैंकै दिन पनि युनिभर्सिटी गएर पढ्नु पर्ने बाध्यात्मक अबस्था थियो ।

त्यसैले दशैंको दुई दिन अघि अर्थात नेपालमा कालीदेबीलाई बली चडाएर आष्ठमि पर्ब मनाउने दिन शनिबार परेकोले त्यसैको मौका छोपेर जर्मनीमा पढ्ने बिध्यार्थीहरुले जर्मनीको राजधानी बर्लीनमा दुई छुट्टा छुट्टै शहर बस्ने बिद्यार्थीहरुका दुई वटा टीम बनाउदै फुटबल खेले दशैं मनाए।

photo_01

६०० किलोमिटर टाढा रहेका दुई शहरहरु म्युनिख र बर्लिन, जर्मनीकै महत्वपुर्ण शहरहरु हुन भने बर्लिनको फुटबल टीम शक्तीशाली नभए पनि म्युनिखको एफसी बायर्न भने विश्वमै एक शक्तिशालि टीम मानिन्छ। जर्मनीको राष्ट्रिय टीमका खेलाडीहरु पनि प्रयास एफसी बायर्नबाटै गएका हुन्छन । तर नेपाली एफसी म्युनिख र नेपाली एफसी बर्लिन नाम राखी नेपालि बिद्ध्यार्थीहरुका दुई टीम बीच भएको यसपालीको सौहार्दपुर्ण फुटबल खेलमा भने नेपाली एफसी बर्लिनले एफसी म्युनिख लाई १-० गोल गरेर पराजित गर्यो। नेपाली एफसी म्युनिख टीमको नेतृत्व रमेश कुमार बानियाँले गरेका थिए भने एफसी बर्लिनको नेतृत्व अनिल शर्माले ।

नेपाल र विश्व भरिनै छरिएर रहेका नेपालीहरुको सुस्वास्थ, दिर्घायु र आनन्दमयी जीबनको कामना गर्दै शुरु भएको खेलमा दुवै पक्षले आ-आफ्नो टीमको भेस्ट तयार पारेर ल्याएका थिए भने खेलाडीहरुले खेलका सबै नियमहरुको पालना गर्दै खेल खेलेका थिए ।

photo_03

विदेशमा रहेर खेलको तयारि गर्नु खेलको लागि आबस्यक सबै कुराहरुको तयारि गर्न र बिजेतालाई पुरस्कार दिनको लागि आबस्यक रकमको जम्मा गर्न त्यति सजिलो थिएन तर त्यसका लागि सहयोगीको भूमिकामा सम्पुर्ण जिम्मेबारी लिदै अघाडि उभिए म्युनिख पाजिङ्ग बासि धन श्र्रुडर । धनको पहिलो नाम नेपाली भएपनि थर भने जर्मन छ, कारण उनि १३ बर्षको छदा नेपालबाट उनकी आमाले उनलाई धर्मपुत्र बनाएर जर्मन ल्याएकी हुन। काठ्माण्डौको नक्साल स्थित बालमन्दिरमा आफ्नो बाल्यकाल बिताएका धन भन्छन, “म र मेरी आमा जर्मन नागरिक भए पनि मेरो मन भने अहिले पनि नेपाली नै हो।” नेपालको बिकट क्षेत्र जुम्लामा जन्मिएका धनले आफ्नो पढाइ सकाएर अहिले म्युनिखमा अंग्रेजी-जर्मन र नेपाली-जर्मनको दोभासेको काम गर्दछन। साथै नेपालमा अनाथ तथा दलित बाल बालिकाहरुको लागि सहयोगार्थ आफ्नी आमा संग मिलेर नेपालका विभिन्न ठाउंहरुमा गैह्र सरकारीरुपमा केहि योजनाहरुमा सहयोग पुर्याउदै आएका छन।

photo_06

फुटबलखेल सम्पन्न गर्नको लागि नेपाली एफसी म्युनिखको तर्फबाट सह क्याप्टेन राजेश बुढाथोकी लगायतका थिए भने बर्लिन बाट निरज थापा, रमन महतो,रिचन श्रेष्ठ लगायतका बिद्द्यार्थीहरु। त्यस्तै एनआरएनए जर्मनीका महासचिव तथा हिमालयन परिवार म्युनिखका अद्ध्यक्ष हरि बहादुर न्यौपाने र ब्यापारी सरद बहादुर थापा ले क्रमश: १०० यूरो र १२५ यूरो स्पोन्सर गरेका थिए।

दर्शकहरुको भनाइ अनुसार खेल अत्यन्तै सफल रह्यो र खेलाडिहरुले निकै रमाइलो पनि मानेर खेले। खेल सकिए पछि बेलुका बर्लिन स्थीत नेपालि राजदुताबासका कर्मचारीहरुले बिद्ध्यार्थीको निजी तवरलेनै भए पनि एउटा पार्टि दिएका थिए। फोन मार्फत बिद्द्यार्थिहरुलाई दिएको पार्टी बारे जानकारी माग्दा दुताबासका एक कर्मचारी भन्दै थिए: “बिद्ध्यार्थीहरुको हौसला बढाउनका लागि पनि हामीले पार्टि दिनै पर्ने देख्यौ”।

photo_07

photo_08

photo_09

photo_10

photo_12

Leave a Reply