टुटेका सपनाहरु

एक पछि अर्को गरि

सपनाहरु मलाई छोडेर गए ।

हिजो मात्र लाग्छ नशामा नाचेको

आज त रक्शी बिनानै बेहोश भए ।

जिन्दगी छोटो छ भन्छन

दुइदिने यो घाम-छायां रे ।

खै त? अझै जिउदै छु म

त्यस्ता ‘दुइदिन’ कत्ती आए कत्ती गए ।

अइना हेरी आफैसंग

कयौ पटक प्रश्न गरे ।

मरी लानु के नै छ र

आँशु पुछी हाँस्न खीजे ।

काँडा सरि निकाले जस्लाई

तै विना आफुलाई एक्लो पाए ।

यस्तै नै रहेछ संसार सारा

स्वार्थ त मै भित्र पनि पाए ।

आफैलाई बन्धि बनाई

चार भित्तामा थुनी राखे ।

अनि डाक्को छोडी रोए कराए

सुनीदिने मात्र पथर थिए ।

Leave a Reply