डिसीमा ‘छ एकान छ ” प्रदर्शन

cha 1

फाल्गुन १८ ,भर्जिनिया

विजय थापा

अमेरिकाको डिसी महानगर क्षेत्र भर्जिनियामा नेपाली हास्यव्यङ्ग्य चलचित्र ‘छ एकान छ ‘ भब्यताको साथ प्रदर्शन भएको छ l उक्त चलचित्रको आयोजना कलाकारहरुको संस्था युनाईटेड नेपालको आयोजना गरिएको थियो भने उक्त चलचित्र हेर्न नेपालका प्रख्यात पप गायक ओम बिक्रम बिष्ट ,नायक सरोज खनाल ,नायक किरण प्रताप केसी ,कलाकार तथा यस क्षेत्रका दर्शकहरु आएका थिए l

cha 4

चलचित्रको चर्चा र बिज्ञापन अनुसार दर्शकहरुले त्यस्तो नपाएको बताए l चलचित्र समाप्त पछि चलचित्र कस्तो छ , के पक्ष राम्रो लाग्यो ,के पक्ष कमजोरी लाग्यो तथा अन्य बिषयमा सोधिएको सवालमा हिन्दि चलचित्र दबंग र सलमान खानको जस्तो अभिनय गरेको र हिन्दि चलचित्रको झझल्को लागेको बताए l केहि दर्शकले हासेर पेट दुखेको बताए भने पप गायक ओम बिक्रम बिष्टले नेपाली चलचित्र अलिक कम हेर्ने भएकोले चलचित्र ठिक्कै लागेको बताए भने कता कता केहि नपुगेको जस्तो पनि बताए l

नायक सरोज खनालको पहलमा आयोजना गरिएको उक्त चलचित्र चर्चा अनुसार जति हुनु पर्ने त्यो अलिक नपुगेको होकी भन्दै संचार कर्मी तथा दर्शकलाई धन्यबाद दिए l साहित्यकार तथा खसखस डटकमका बासु श्रेष्ठ ,संचारकर्मी गुणराज लुइँटेल ,बिश्व बैंकमा कार्यरत श्याम केसी तथा प्रेम संग्रौला तथा अमेरिकाको सबै भन्दा पुरानो संस्था अमेरिका नेपाल समाजका पुर्व अधक्ष्य खेम भट्टचनले कथा वस्तु ठिकै लागेको ,थुप्रै मेहनत गर्नु पर्ने ठाउँ रहेको ,नेपाली चलचित्रलाई प्रोत्साहन गर्नु पर्ने भएकोले आएको ,अपेक्षा गरेको जति राम्रो नलागेको र हास्यव्यंग्य त्यति नभएको बताए l केहि दर्शकहरुले छायांकन तथा र कथा वस्तु पनि राम्रो लागेको बताए l

cha 2

उक्त चलचित्रको लागि दर्शकहरुलाई सरल र सुबिधा होस् भन्ने हेतुले बिधुतिय रुपमा घरबाट नै सरल ढंगले प्रवेश पत्र (टिकट )लिने व्यवस्था गरिएको थियो l

0 thoughts on “डिसीमा ‘छ एकान छ ” प्रदर्शन”

  1. यहाँको नेपाली समाजलाई एक ठाउँमा ल्याउन र नेपाली समसामयिक भाषा कला संप्रेषण गर्न उपयुक्त ।

Leave a Reply