डिसीमा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसीसंग अन्तरक्रिया

kc 1

विजय थापा

अमेरिका ,डिसी ,अप्रिल २९ तारिखका दिन अमेरिकाको भ्रमणमा रहनु भएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि अर्जुन नरसिंह केसी संग डिसी महानगर क्षेत्रको भर्जिनियाको एक पुस्तकालयमा जन सम्पर्क समिति  भर्जिनिया शाखाको आयोजनामा नव बर्ष २०७० को शुभकामना आदान प्रदान तथा अन्तरक्रियात्मक कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ  lकार्यक्रमको सुरुवात महामानव बि पी कोइरालाको तस्बिरमा माल्यार्पण गरिएको थियो भने भर्जिनिया शाखाको कोषाधक्ष्य सकुन्तला अधिकारीले स्वागत भाषण गरेकी थिईन l शुभकामना सहित कांग्रेसका केन्द्रिय सदस्य केसी तथा कार्यक्रममा आफ्ना छोटो बिचार ,जिज्ञासा र सुझाब राख्नेहरुमा ,राम चन्द्र भट्टराई (अधक्ष्य ,अमेरिका नेपाल चौपारी ,) ,डा ठाकुर पुडासैनी (अधक्ष्य अमेरिका नेपाल समाज) ,विजय थापा (महासचिब ,ए एन ए का ),सुभाष घिमिरे ( अधक्ष्य ,जन सम्पर्क समिति म्यारिल्याण्ड शाखाका ), महिला नेत्री चित्रा केसी ,यु एस नेपाल बाणिज्य संघका कार्यबाहक अधक्ष्य सानु बाबु सिलवाल तथा बि पी चिन्तन प्रतिष्ठानका सभापति रमेश शर्मा हुनु हुन्थ्यो l

kc 3

संचार कर्मिको तर्फबाट यथा स्थानबाटै डिसी नेपालका रामहरी सुबेदी तथा ईनेपालिज़ डटकमका संचालक बिश्व राज थापाले शुभकामना दिएका थिए lकार्यक्रममा शुभकामना ,मन्तब्य र प्रश्न उत्तर राखिएको थियो भने कामको दिन र समय अभावको कारण कार्यक्रमलाई संक्षेपमा गरिने प्रयास स्वरुप छोटो तथा मिठो गरिनुको साथै सहभागिता बाक्लो रहेको थियो l केहि  जिज्ञासा र प्रश्न प्राख्नेहरुमा भर्खर अमेरिका छिरेका दोलखा महा समिति सदश्य किरण लामा ,सिता  पाण्डे तथा विजय थापा थिए l

नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन नरसिंह केसीले मन्तब्य व्यक्त गर्दै नेपालको वर्तमान् राजनैतिक अवस्था र यहि सेरोफेरोमा रही धेरै कुराहरु राख्नु भएको कारण जिज्ञाशा र केहि खुल्दुली रहेका प्रश्नको उत्तर मन्तब्यले समाधान गरेको थियो lवहाले मन्तब्य व्यक्त गर्दै नव बर्ष २०७० को शुभकामना दिदै भर्जिनिया जनसम्पर्क समितिले अवसर प्रदान गर्न दिएकोमा धन्यबाद दिनु हुदै अब कमि कमजोरी नदोहोर्याउने जनाउदै र त्यो कुरा बिर्सेर अब नया यात्राको तय गर्नु पर्ने कुरा राख्नु भएको थियो l मन्तब्य कै क्रममा नेपालको राजनीतिमा नेपाली कांग्रेसले बिश्व कै ईतिहासमा यति लामो समय सम्म एउटा दलले मात्र ३ पटक क्रान्ति गरेको बिश्व मै कहिँ न भएको जानकारी गराएका थिए l

kc 5

अब बिगतबाट पाठ सिकी आत्मा आलोचना गर्नुको कुनै बिकल्प नरहेको  र नेपाली कांग्रेसले अब  बिचारको पुनर्जागरण आवस्यकता भएको र दल भित्र सुधार गर्नु पर्ने, शक्ति र सत्ताको पछाडी भन्दा सत्यको पछाडी हुनु पर्ने मन्तब्य दिएका छन्  l पद्दतिलाई ब्यबहारिक रुपमा परिवर्तन गर्न सक्नु पर्छ भन्दै नेपाली कांग्रेस सबै भन्दा बढ्ता समाबेसी भएको जानकारी दिदै नेतृत्व तहमा ठुलो हु भन्ने भावाना रहेको छ र यस्तो भावानाबाट ग्रसित हुनु हुदैन भन्दै आफु दल भित्र एकता हुनु पर्छ भन्ने मान्यता रहेको मन्तब्य दिएका छन l

कार्यक्रममा बिभिन्न संघ तथा संस्थासंग आबद्द बुद्धिजीवि ,संचारकर्मी तथा लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो lकार्यक्रमको सभापत्तित्व जनसम्पर्क समिति भर्जिनियाका केसब बरालले गरेका थिए भने उनले सबैलाई छिटो समयको निमन्त्रणालाई स्वीकार गरि पाल्नु भै कार्यक्रमको हौसला वृद्धि गरि दिनु भएकोमा अतिथि केसी तथा सबैलाई धन्यबाद दिदै कार्यक्रमको बिसर्जन गरेका थिए भने कार्यक्रम संचालन समितिका उपाधक्ष्य राम शरण हुमागाईले गरेका थिए l

 

Leave a Reply