डिसीमा साहित्यका विभूतिहरुको जन्म जयन्ति थोक रुपमा सम्पन्न

inls 3

भर्जिनिया ,चैत्र २

विजय थापा

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डी सी शाखाको आयोजनामा माघ र फाल्गुन महिनामा जन्म जयन्ति पर्ने साहित्यका विभूतिहरु ,लेखनाथ पौडेल ,पारस मणि प्रधान ,हृदय चन्द्र सिंह प्रधान ,केसव राज पिडारी,भूपी शेरचन प्रति श्रद्धान्जली अर्पण गर्दै जन्म जयन्ति थोक रुपमा सम्पन्न गरिएको छ l

उक्त कार्यक्रममा नेपालबाट भर्खर पाल्नु भएकी समालोचक लीला लुइटेलको आतिथ्यमा शीतकालिन साहित्यकार सम्मान तथा शिशिर सुसेली कविता गोष्ठी कार्यक्रम गरिएको थियो भने कार्यक्रमको सभापतित्व प्रकाश नेपालले गरेका थिए l सोही अवसरमा अनेसासकेन्द्रको प्रकाशन अनेक डायस्पोराको साहित्य कृतिको विमोचन प्रमुख अतिथि लीला लुइटेलले गरेकी थिइन् l प्रमुख अतिथि लुइँटेलले अनेसासलाई अवसर दिएकोमा धन्यबाद दिईन l

मातृभूमि छोडी बिदेशमा आएर शुन्यबाट सुरु गरि आफ्नो अस्तित्व कायम गर्दै पहिलो पुस्ताले भाषा र साहित्यमा गरेको विकास प्रति खुशी व्यक्त गरिन l अब पहिलो पुस्ताले दोश्रो पुस्तालाई भाषा र साहित्य प्रति सचेतना गराउनु पर्ने र दोश्रो पुस्ताले भाषा सिक्न सके मात्र मुग्लानमा नेपाली भाषाको अस्तित्व रहने छ भन्दै पहिलो पुस्ताले यो जिम्मेबार लिनु पर्ने बिचार व्यक्त गरिन l

यसै गरि अनेक डायस्पोराको साहित्य कृतिमा कार्यपत्र प्रस्तुत गर्ने दश साहित्यकारहरुको समिक्षा वरिष्ठ पत्रकार सोमनाथ घिमिरेले गरेका थिए l पुस्तकको समिक्षा गर्ने क्रममा नेपालमा १२३ वटा भाषाहरु बोलिन्छन तर साझा भाषाको रुपमा नेपाली भाषा नै प्रयोग गरिने बताए l

inls 1

डिसीमा झन्डै २५ बर्ष देखि बसोबास गर्दै आएकी कल्पना सुवेदीको मधु तथा अनामिका कृतिको समीक्षा गरिएको थियो । संचारकर्मी तथा साहित्यकार गुणराज लुइँटेलले मधु पुस्तकबारेमा समिक्षा गर्दै पुस्तक वजनदार ,तिख्खर छ भन्दै जीवन र जगतको बुझाईलाइ साहित्यको माध्यमबाट छताछुल्ल लेखिकाले पारेकी उल्लेख गरेका थिए l अनामिका कृतिको समीक्षा राम अधिकारीले गरेका थिए l

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका गुठिका सभापति होमनाथ सुबेदीले आगामी २ बर्ष भित्र अनेसासले २०१५ मा रजत जयन्ति मनाउनु पर्ने ,२५ बर्ष अनेसास वृतचित्र बनाउनु पर्ने ,आफ्नो जमिनमा भानुभक्तको शालिकको स्थापना तथा आफ्नो निजि कार्यालय बनाउनु पर्ने योजनाहरु बताएका थिए l उक्त समारोहमा कविता वाचनको साथ डिसी शाखाको बार्षिक साधारण सभा पनि गरिएको थियो l

Leave a Reply