तनहु अमेरिका सोसाईटीको दशैं तथा तिहार शुभकामना साँझ भब्यताको साथ सम्पन्न

tanahu 2

भर्जिनिया ,कार्तिक ११,

विजय थापा ,अमेरिकाको डिसी महानगर क्षेत्र बाल्टिमोरमा सन् २००९ मा आफ्नो संस्कृति र परम्परालाई प्रबर्धन र सम्बर्धन गर्ने उदेश्य साथ स्थापना भएको तनहु अमेरिका सोसाईटीले दशैं तथा तिहारको शुभ उपलक्ष्यमा दशैं तथा तिहार शुभकामना साँझ भब्यताको साथ सम्पन्न गरेको छ l

tanahu 5

दशैं तथा तिहार शुभकामना साँझमा दशैँ तथा तिहारको लागि चेलीबेटीहरु द्वारा बिशेष परिकार बनाईएका थिए भने सांस्कृतिक साँझमा बिबिध कोसेलीहरु प्रस्तुत गरिएको थियो l शुभकामना मन्तब्य दिदै वाशिंगटन डिसी नेपाली दूताबासका उप नियोग प्रमुख नारायण मैनालीले विदेशमा रहेर पनि आफ्नो परम्परा र संस्कृतिलाई जिवन्त राख्न अहम भूमिका निर्वाह गरेकोमा संस्था तथा समुदायको प्रशंसा गर्दै दूताबासको तर्फबाट सबैलाई शुभकामना दिएका थिए l यसै गरि महा बाणिज्य दुत प्रेम राजा महतले संस्थाले राम्रो काम गरि रहेको छ भन्दै सद्भाव ,श्रद्धा ,माया र प्रेमले उपस्थित भै कार्यक्रमको शोभा बढाई दिनु भएकोमा सबैमा आभार प्रकट गरेका थिए l

tanahu 3

अधक्ष्य पर्ल रेग्मीले हामीले हाम्रो चाड पर्वमा नेपालमा के गर्थ्यौ र हाम्रो आफ्नो संस्कृति के हो भन्ने बारे यहाँ झाल्कियोस भन्ने मुख्य चाहना रहेको र यहि उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको प्रस्ट पारे l बिदेशमा छरिएर रहेका बीच चिनजान गर्ने र सुख दुखका कुराहरु एक आपसमा साटासाट गर्न यस्तो कार्यक्रमबाट सम्भव हुने बताउदै सबैलाई धन्यबाद दिए l कार्यक्रम संचालन महा सचिब कृष्ण पन्त तथा स्वागत मन्तब्य युद्ध बहादुर पन्तले गरेका थिए l

Leave a Reply