तपाईंहरु ५ जना सहमत गर्नुस !नत्र मलाई छोडि दिनुस् ,म चलाएर देखाइे दिन्छु :एनआरएन अमेरिकाको अध्यक्ष पदकी प्रत्यासी रमा सिंह

rama singh 3

झन्डै ३ दशक लामो समय संचार क्षेत्रमा लाग्नु भएकी टेलिभिजन कै ईतिहासमा पहिलो समाचार बाचक बन्ने अवसर प्राप्त गर्ने संचारकर्मी रमा सिंहले अमेरिका भर रहेका आफ्ना शुभ चिन्तक ,सदस्य तथा सम्पूर्ण नेपाली समुदायलाई एनआरएन अमेरिकाको निर्वाचनको संघारमा दिनु भएको बिचार तथा संदेश :

१) ६ जना उम्मेद्वार बिच सहमति गरेको भए पनि हुन्थियो नि ..? किन पहल गर्नु भएन ..?

मैले त पहल गरेकै हुँ । मैले सार्वजनिक समारोहमा मेरा ५ जना पुरुष प्रतिस्पर्धी मित्रहरु लाइे भन्दै आएको थिए ।, तपाईंहरु ५ जना बाट १ उम्मेदवार बन्नुहोस् , म मेरो उम्मेद्बारी फिर्तालिन्छु तर तपाईंहरु सहमत हुन सक्नु भएन भने ५ चै जनाले मलाइे छोडि दिनुस् म चलाएर देखाइे दिन्छु । उहाहरुले त्यो पनि गर्नु भएन । म त पहिला दिन तयार थिए तेसो नभए लिन तर उहाहरु न दिन न लिन दुबै कुरामा सहमत् हुनु भएन।

२) महिला उम्मेदवार ,जित्ने आधारहरु स्पस्ट पारी दिनुहुन्छ की?

– मेरो अैले सम्म्को गैर राजनीतिक चरित्र , महिला फुटबल र टेलिभिजनको छेत्रमा मैले बनाएको इेतिहास जो सामान्य ज्ञानमा पनि लेखिएको छ । मेरो निस्कलंक छबी र निस्पक्ष कार्य शैलिको क्ष्यमता नै मेरो मत पाउने आधार हो ।
कति स्वस्निमान्छेहरु स्वस्निमान्छे हुनुमा पछुतो गर्लान तर म गर्ब गर्छु । म स्वस्निमान्छे हुँ , श्रीजनाकी खानी , श्रीषटीको सम्बाहक , प्रकृति पोषक, सहि र गलत छुट्त्याउन सक्ने धर्तिकी खानी हुँ । नौलो कुरालाई पहिचान बनाउन खोज्ने, अप्ठ्यारा बाटहरुमा हिंड्न रुचाउने, र छल कपट भन्दा पनि आफ्नो मेहनत र लगनमा विश्वाश राख्ने , आटेको कुरा पुर्याइे छाड्ने द्रिढ बिस्वासी महिला हुँ । हेर्नुस् कुनै बेला म देशको राष्ट्रिय फूटबल खेलाडी , खेल मैदानमा जादा जहिले पनि जित्छु भनेर नै गइन्थियो । आज सम्म ब्यबसायिक जिन्दगीमा मैले कहिले पनि हारेको छैन र मलाई जहा सम्म लाग्छ यो निर्वाचनको खेल पनि जित्छु । जित्ने आधारको कुरा गर्नु हुन्छ भने म यो संस्था लाई गैर राजनीतिक संस्थाको रुपमा स्थापित गर्न चाहन्छु । यो संस्था भित्र कुनै राजनीतिक पार्टिको हैन नेपालीको गन्ध आओस भन्ने चाहन्छु ,अमेरिकामा बस्ने सबै नेपालीहरुले यस्लाइे मेरो पनि संस्था भनेर अनुभुती गर्ने बातावरण बनोस र यो संस्थाले सबै वर्गको प्रतिनिधित्व गरोस । सबैको प्रतिनिधित्व हुने संस्था भन्ने मैले बुझेकोले त्यो बुझाउने र सचेतना गर्ने मेरो लक्ष्य रहेको हो ।

दोस्रो , मेरो आफ्नै परिचयले पनि मलाइे यहाँका नेपालीका मुद्धा नेपालमा उठाउन सजिलो हुन्छ । दोहोरो नागरिकता दिने , NRN नेपालीको लागि लगानी मैत्री कानुन बनाउने र दोहोरो कर हटाउने सम्बन्धमा नेपाल सरकार सँग बार्ता गर्न टोलि नै गठन गरेर अगाडि बढने मेरो योजना छ ।

३) तपाईं भौतिक रुपमा सम्पूर्ण मतदाताकहा पुग्नु नै भएको छैन , कसरी चुनाव जित्नु हुन्छ ..?

– यो युग भनेको IT को युग हो , यो समय मा सबै भन्दा ससक्त र प्रभाब शाली संयन्त्र भनेको social media हो . social media को माध्यम ले तपाइका दैनिकी नै मिनेट भरमा जनता सम्म छर्लंग पुग्न सक्ने युगमा भौतिक उपस्थितिनै अति आबस्यक छ भन्ने मान्यता नै कतै पुरानो मान्यता बन्न पुगेको अनुभूति मैले गरेकी छु त्यो पनि अमेरिका जस्तो ठाउमा जहाँ मान्छे लाइ थोरै फुर्सदको समय मिल्छ र त्यो पनि परिवार ळाइ पनि समय दिनु पर्ने हुन्छ. तर मेरो भनाइको अर्थ यो पनि होइन कि म कहिँ पनि जादिन म के मा बिस्वास गर्छु भने तपाइ आफ्नो लक्ष्य, कर्म र योजनामा दृढ हुनुहुन्छ , तपाइ लक्षित बर्गको लागि काम गर्न सक्ने योग्यता र क्षय माता राख्नु हुन्छ भने , तपाइलाइ साथ् दिनेहरु दृश्य वा अदृश्य रुपमा तपाइ संगै हुनुहुन्छ, जब मेरा हितैसी मतदाताहरु मेरो साथ हुनुहुन्छ भने भौतिक चमक धमक मेरा लागि आबस्यक देख्दिन I तर पनि म ठुला ३ वटा शहर पुगे ,लस एन्जलस , सन्फ्रन्सिस्को ,र न्युयोर्क मा मैले पाएको सद्भभाब र माया मेरो कल्पना भन्दा बाहिर थियो । कार्यक्रम जुधेकाले टेक्सस को कार्यक्रममा जान पाइेन , अब चुनाव पछी जान्छु ।

४) अध्यक्ष्य पद नै किन ताक्नु भयो?

– गत बर्ष देखी मैले NRN को गतीबिधी नियाली रहेकी छु । अध्यक्ष्यको कार्य शैलिले मात्रै NRN लाई गती दिन सक्ने देखेकी ले मैले अध्यक्ष्य को दाबेदारी गरेकी हुँ । सुन्दै छु NRN भित्र प्रशासनिक कार्यशैली, आर्थिक कारोबार ,पारदर्सी छैन तेसैले यस्ले निस्चित गन्तब्य पैलाउन सकेको छैन।यस्लाइे सबै बर्ग [ आर्थिक हैसियत कमजोर भएका समेत ], सबै पेशा ,र अमेरिकामा कानुनी हैसियत नबनिसकेका नेपालीको पनि साझा संस्था को रुपमा बिकसित गर्नको लागि अध्यक्ष्यको आट र प्रतिबद्धता चाहिन्छ । र अर्को कुरा स्वस्निमान्छेले चाह्यो भने जे पनि हुन्छ भन्ने हाम्रो मान्यता छ । सफल लोग्नेमान्छे को पछाडि ,एउटा स्वस्निमान्छेको हात हुन्छ भन्ने भनाइलाइे नकार्न सकिन्न । झन तेस्माथि मैदानमा स्वस्निमान्छे आफै उत्रिए पछी त हजारौ स्वस्निमान्छे र लोग्ने मान्छेहरुको साथले त्यो स्वस्नि मान्छेको आवाजलाइे बुलन्द मात्रै गर्दैन , सम्पूर्ण जनमानसमा पुर्याउन मद्ध्त पुग्छ जस्तो लाग्छ र यही नै मेरो जित हो
५ ) तपाइका मुख्य एजेन्डाहरु खुलाएर अगाडी राखी दिनु होस त ? जसबाट तपाइको जित्ने आधार तय होस ।
– मेरो जित्ने आधार भनेकै अमेरिका भरि छरिएर बस्नुभएका मेरा मतदाताहरु हुनुहुन्छ र उहाहरुले पक्कै पनि मेरो अजेंडालाई हेरेर मलाइ भोट दिनु हुन्छ ।

जस्तो मुख्य अजेण्डा छन् :
१. मा NRN लाइ गैर राजनितिक संस्था को रुपमा अघि बढेको हेर्न चाहन्छु र यसैको लागि मा निरन्तर लागि रहन्छु । मेरो उम्मेद्वारी पनि यसैको लागि पनि हो ।
२. NRNUSA लाई सबै आर्थिक अवस्थाका नेपालीको पहुच केन्द्रको रुपमा बिकशित गर्ने योजना छ । NRN लाइ सबै नेपालीले सहयोगी संस्थाको रुपमा लिने बाताबरण बनाउन लागि पर्ने छु ।
३. अमेरिकामा कति नेपाली छन् , कुन पेशामा , कुन स्टेटमा बसोबास गर्छन , तेस्को लागत राख्न सकियो भने भबिस्यमा नेपालीका लागि नेपाली जस्ता कार्यक्रम ल्याउन सकिन्छ। सहयोगका प्याकेज कार्यक्रम ल्याउन सकिन्छ।
यो सुचना बैंक राजदूताबास संग पनि छैन। राजदुताबास र हामी मिलेर १ बर्ष भित्र यो तथायान्क निकाल्न सकिन्छ.
४। ब्यबसायिक सहयोग कोश ,एक बर्ष भन्दा बढी अबधिको लागि नेपाल बस्न पाउने GREEN CARD को मुद्धा ,र बिगत मा उठायिएका दोहोरो नागरिकताको मुद्धा जस्ता मुद्धा को कार्वानयन मेरो प्रथमिकतामा पर्छ l

६ ) तपाईं महिला / महिला भन्दै हुनु हुन्छ ..? किन महिला महिला मात्रै…?

– म राजनीतिक प्यन्नलको बिरोध गर्दै आफ्नै बलबुता, योग्यता, ब्यक्तित्व ,र कर्ममा विश्वाश गर्ने मान्छे। सबै महिलालाइे आफ्नै क्ष्यमता मा चुनाव लड्न निबेदन गरेकी थिए। म महिला भएको नाताले मैले सम्पूर्ण महिलाको प्रतिनिधित्व गर्नै पर्छ र त्यो हिसाबले सम्पूर्ण महिलालाइे निर्वाचनमा जिताउन म सबै मतदातालाई अनुरोध पनि गर्दछु । म कांग्रेस , एमालेको प्यानल वा यो प्यानल र त्यो प्यानल भन्ने चरित्रको बिरोधी हुँ, तेश माथि पनि कांग्रेस कै ३ वटा प्यानल देखिएको बेला म तेस्को बिरोधी, प्यानलले हामी – हामी मा गुट बन्दी ल्याउछ र काम गर्ने बेलामा पनि बिरोधको राजनीति सुरु हुन्छ । तपाईं सक्ष्यम हुनु हुन्छ भने महिला र पुरुष , यो प्यानल र त्यो प्यानल भन्न जरुरी छैन ,जसरी अहिले म लडि रहेको छु । फेरी दक्षिण एसिया यस्तो महादिप हो , जहाँ विश्वकै पहिलो महिला प्रधानमन्त्री जन्मिएका थिए । त्यही एसियाका महिला हौ हामी । भोली हाम्रा यही जन्मिएका छोरीहरुले अमेरिकाको राष्ट्रपती बन्ने अबसर नपाउला भन्न सकिन्न । हामीमा त्यती साहास र आत्मा विश्वाश छ । महिलाहरु आफ्नै बलबुताले उम्मेद्वार हुनु भएको छ , उम्मेद्वार दिनुहुने महिलाको सहासको म सम्मन र सलाम गर्दछु । म त भन्छु यो पल्ट महिलालाई अबसर दिनुहोस् , उनिहरुलाइे मार्ग प्रसस्थ गरिदिनुहोस्। र यिनै सहासि महिला लाइे जिताउन मतदाताहरुलाइे निबेदन पनि गर्दछु ।

७ ) नेपाल प्रबर्धनका लागि एनआरएन एनसीसी अफ युएसएको तर्फबाट के के योजना पस्कनु हुन्छ यदि तपाई अध्यक्ष पदमा निर्बाचित हुनु भयो भने?

– नेपाल प्रबर्धन , सान्दर्भिक प्रश्न उठाउनु भयो . कतीपय अमेरिकनले अझै पनि नेपाल चिनेको छैनन । हामीले 3/4 तरिकाले नेपाल प्रबर्धन गर्न सक्छौ । Nepal Expo जस्तो नेपाल पर्बर्धन गर्ने मेलाहरु आयोजना गर्ने , Student exchange program जस्ता कार्यक्रम लाइे निरन्तर रुपमा आयोजना गर्न सक्नु पर्छ l

८ ) तपाइँलाई पूर्ब राजा ज्ञानेन्द्रको समर्थक र सहयोगी भनेर केहि व्यक्तिहरुले आरोप लगाउने गर्छन, यस बारेमा तपाइको प्रतिक्रिया के छ?

– कम से कम तात्कालिन ब्यबस्थाका सर्बोच्च ब्यक्तिको समर्थक भनेर आरोप लगाएछन । कुनै दुखेसो छैन मैले देशको पहिलो टेलिभिजन त्यो पनि रास्ट्रिय टेलिभिजनको ससक्त संचार कर्मिको रुपमा छबी बनाएकी छु । मैले राजा बिरेन्द्र , राजा ज्ञानेन्द्र , पञ्चायतका प्रधानमन्त्री मरिच मान सिंह ,कोङ्रेस्स का कृष्ण प्रसाद भट्टराई , गिरिजा प्रशाद ,शेर बहादुर देउवा ,एमालेका मन मोहन अधिकारी ,झलनाथ खनाल ,माधव नेपाल , र माओवादी का प्रचन्ड र बाबु राम सँग पनि काम गर्ने अब्सर मिल्यो । मैले ब्यक्ती बिशेषका लागि अहिले सम्म केही गरेको छैन । मैले देश र सिस्टमको लागि काम गरे। बि. पि. कोइराला , गणेशमान ,र कृष्ण प्रसादले पनि राजाको वकालत गरेकै हुन । जिन्दगीको अन्तिम अवस्था सम्म पनि उनिहरुले संबैधानिक राज संस्थाको पक्षमा आवज उठाएकै थिए । उनिहरु राजा बादी कहिल्यै भएनन भने रमा सिंह लाइे मात्रै सधैं राजा बादी बनाइेनु पर्ने किन …?

यहाँ सम्म्की एमाले प्रधान मन्त्री मन मोहन अधिकारीले एक पल्ट म सँग “ब्यक्ती हैन संस्थाको को कुरा गरौ , नेपाल जोगाउन, नेपालको परि प्रेक्ष्यमा राज संस्था आबश्यक छ तर त्यो कसरी ,कुन रुपमा आबस्यक छ जनताले तय गर्ने कुरा हो ” भन्नु भएको थियो । के मन मोहन अधिकारी राजा बादी थियनन त्यतिबेला …?

९ ) अमेरिकामा नेपाली कांग्रेस र नेकपा एमालेका भात्री संगठनहरुको बोलवाला छ, यस्तो बेलामा तपाइको उम्मेदवारीलाई उनीहरुबाट समेत सहयोग र समर्थन चाहिने हुँदा उनीहरुलाई समेटेर अगाडी लैजान सक्ने केहि योजना बनाउनु भएको छ? यदि छ भने स्पस्ट पारिदिनु होला ।

– हेर्नुस् म एउटा लक्ष्य लिएर हिंडेको छु । मेरो लक्ष्य भनेको NRN लाइे गैर राजनीतिक संस्था को रुपमा स्थापित गराउने हो । नेपाल को सन्दर्भलाइे जोडेर हेर्दा शायद मेरो लक्ष्य असफल यात्रा लाग्न सक्छ तर निरन्तर को प्रयास , अबिचलित यात्राले मान्छेलाइे लक्ष्यमा पुर्याउछ भन्ने मेरो मान्यता छ. एउटा कुरा तपाईं कहिले नबिर्सिनुस् कि अमेरिका छिर्दा हामी सबै पहिले नेपाली भएर छिरेका थियौ कुनै जाती समुदाए ,वा पार्टीका कार्यकर्ता भएर हैन । NRN को नारा नै छ “एक पल्टको नेपाली सधैं को नेपाली” कम् से कम् NRN मा उठने ब्यक्तिले यो नारा लाई त आत्मसात गरी दिनुस् । म के कुरामा बिस्वस्थ छु भने नेपालमा पार्टी हरु सँग आबद्ध हुनु भएको भए पनि अमेरिका आए पछी अहिलेको अवस्थामा मतदाताहरुले NRN लाइे राजनीतिक रङ दिन चाहनु हुन्न । उहाहरुको मन भित्रको आवज्ले गर्दा पनि उहाहरुले यो पल्ट मलाई भोट दिनु हुन्छ ।

१० ) अन्तमा मतदातालाइे केही भन्नु छ..?

मेरो बल भनेको मतदाताहरुनै हुन , र मतदाताहरुको लागि राजनीतिक रङ नलागेको NRN नै सबै भन्दा ठुलो सहयोगी संस्था हुन सक्छ तेसैले मैले आफ्नो छुट्टै नारा नै बनाएको छु ।
” न कुनै पार्टी न कुनै दल NRN USA नै नेपालीको बल ‘
नेपाल र नेपाली जिन्दाबाद !

Leave a Reply