धत्! लाजैमर्दो मात्रै पो बनाउछौ

उदेश्य के लिनु उडी छुनु चन्द्र एक भनी

हजुरका श्रवणकेन्द्र फुट्ने गरि कविता सुनाइयो,

भृकुटी, बुद्ध, सिता र पृथिवीका गाथा हरु

अक्षर-अक्षर घोटेर पिलाइयो,

अझ, कुवाको भ्यागुता मात्र भएर हुन्न है भनेर

हाम्रै खर्चमा देश-विदेशको दर्शन पनि गराइयो

केही देख्लाऊ, केही सिकलाउ अनी सो-कल्ड अग्रगमनको

स्वाद सबलाई चखाउलाउ भनेकोत.

धत्! लाजैमर्दो मात्रै पो बनाउछौ.

सुन्यौ? शीता दिनहु बेचिन्छिन, लक्ष्मी पल-पल रित्तिनछिन

भीमसेन मिर्गौला बेची हिडछन्, अनी सरस्वति पाचमै गुल्टिनछिन्

सेनामा हेपाट़ाएतिस्ट परिक्षण गराईन्छन्, दिल शोभाहरु नाङ्गेझार पारिनछन्

अनी खादा-खादै नपुगेको अवस्थामा रातो राहदानीनै पनि बेचिनछन् .

देशलाई अंगालोमा बेर्लाउ, आमालाई दुइ चार दिन शान्ति देउलाउ भनेको त

जेल परेको बहादुरी मात्र पो फ़लाक्छौ,

धत्!!! लाजैमर्दो मात्र पो बनाउछौ.

पत्तो त पायौ तिम्ले, चिनले सेंन्ककु हान्दैछ

पुटिन Crimea छिर्दैछ, अनी हाम्रो तराइमा नि

एक मधेश एक प्रदेशको ज्वाला दंकाइदैछ?

कानबाट गोलि गएको, रगतको होलि खेलेको मान्छे तीमी

सुरक्षा नीती सुनाउलाउकी, आत्मनिर्भरत़ाको औसधी पिलाउलाउकी

सिक्किमको जस्तै तराइको हविगत हुन लाग्यो भनेर चै डराउलाउकी भनेको त,

आफ्नै देशका खेलाडीका FAME बाट पो तर्सिन्छौ!!

धत्!! लाजैमर्दो मात्र पो बनाउछौ.

Poem by Rayan Rays ([email protected])

Leave a Reply