नायक जीवन लुइँटेल ठुली चलचित्र हेर्न अमेरिका पुगे

भाद्र ७,भर्जिनिया

विजय थापा

नेपाली चलचित्रका नायक जीवन लुइँटेल आफुले अभिनय गरेको ठुली चलचित्र हेर्न पहिलो पटक अमेरिका आई पुगेका छन् l पहिले नै भाद्र ७ गते डिसी महानगर क्षेत्रको भर्जिनियामा प्रदर्शन गर्ने योजना अनुसार आफु अमेरिका आएको नायक जीवन लुइँटेलले बताए l अमेरिकामा रहेका आफ्ना प्रशंसक ,नेपाली दाजुभाई तथा दिदि बहिनीहरुसंग आफु संगै बसेर आफ्नो चलचित्र हेर्न पाउनु सौभाग्य भएको बताउदै उनि दर्शक माझ बसेर पुरै चलचित्र हेरेका छन् l 

 
र चलचित्र सुरु हुनु अगाडी जीवन लुइँटेल लाई दर्शकले कर्तल ध्वनिले सम्मान गरेका थिए भने उनले आफ्ना दर्शकलाई नेपाली चलचित्र अब अन्तर राष्ट्रिय स्तर सम्म पुर्याउने प्रयास जारि रहेको छ भन्दै चलचित्र हेर्न आउने सबैलाई हाम्रो मनको चलचित्र भनि हेर्न हुन आग्रह गरेका थिए l उक्त चलचित्र हेर्न नायक द्वय सरोज खनाल र किरण केसीको उपस्थितिले नायक जीवन लुइँटेलले भने हाम्रा अग्रजहरुले बनाएको गोरेटोमा पद चिन्हमा हिड्न पाईकोमा गौरब लागेको बताउदै चलचित्र मनोरन्जनको साथ हेर्न आग्रह गर्दै चलचित्र सुरु भएको थियो l
 
निर्माता पुस्कर राज पन्तले आफुले बनाएको चलचित्र दर्शक संगै बसेर हेरेका थिए भने दर्शकहरुले राम्रो ,कथा वस्तु उत्तम ,नारी प्रधान ,रुढीबादी र बोक्सी आदि बिषय वस्तुमा आधारित बनाईएकोले चलचित्र ठुली बारेमा मिश्रित प्रतिक्रिया दिएका छन l निर्देशक एभरेस्ट सुर्य बोहोराको निर्देशन एभरेष्ट कला यात्रा चलचित्रको झन्डामा पुस्कर पन्तले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता सुनिल बस्नेत हुन् ।  
 
चलचित्रमा नायक जीवन लुइटेल र नायिका गरिमा पन्तको भूमिका धेरै रहेको छ भने कन्चन ठकुरी, निला बस्नेत, बिसाल पहाडी लगायतको मुख्य अभिनय रहेको छ । शेरबहादुर लामाले छायांकन गरेको चलचित्रमा बसन्त सापकोटाको संगीत, सुरेन्द्र बिक्रम शाहको द्वन्द ,बसन्त श्रेष्ठको नृत्य तथा मित्र गुरुङको सम्पादन रहेको छ l

unnamed (1) unnamed (2) unnamed (3) unnamed (5)

Leave a Reply