निमा रुम्बा ,पार्वती राई ,इन्दिरा जोशी तथा नेपाल तारा दिपक लिम्बुले अमेरिका तताउने

mega music
भाद्र २१ ,भर्जिनिया
विजय थापा 
 
अमेरिकाको एक महिने सांगीतिक यात्रामा हिडेका नेपालका ख्याती प्राप्त गायक निमा रुम्बा ,सर्बाधिक चर्चामा रहेकी गायिका इन्दिरा जोशी ,नेपाल ताराका प्रथम बिजेता दिपक लिम्बु तथा नृत्यांगना तथा नमुना पार्वती राईले भाद्र २९ (सेप्टेम्बर १४ )गते बाल्टिमोरमा आयोजना हुने बृहत सांगीतिक कार्यक्रम तताउने भएका छन् l
 
डिसी ,भर्जिनिया र बाल्टिमोरका नेपाली समुदायको लागि सर्वप्रथम बाल्टिमोरमा पहिलो कोसेली स्वरुप सांगीतिक कार्यक्रम राखिएको आयोजक समितिका भरत बराईलीले बताए l उनले अगाडी भने निमा रुम्बाको अमेरिकाको दोश्रो प्रस्तुति हो भने पार्वती राई ,नेपाल ताराका प्रथम बिजेता दिपक लिम्बु र उद्रेको चोली गीतकि प्रख्यात गायिका इन्दिरा जोशीको अमेरिकामा नै पहिलो प्रस्तुति भएकोले कलाकारहरु उत्साहित रहेको कुरा बताए  l यी कलाकारहरुको प्रतिभा हेर्न डिसी महानगर बासीहरुको ठुलो भिड लाग्ने र दर्शक आतुर रहेको बताए l
 
उक्त सांगीतिक टोलि करिब एक महिने भ्रमण अन्तर्गत अमेरिकाको टेक्सास ,न्युयोर्क तथा डिसी महानगर क्षेत्रमा आफ्नो प्रस्तुति देखाउने योजना रहेको छ l कलाकारहरुको अन्तिम सांगीतिक कोसेली स्वरुप न्यु योर्कमा प्रस्तुत गर्दै नेपाल फर्कने भएका छन् l

​ यो सुवर्ण अवसर हो भन्दै आयोजकले सबैमा कलाकारहरुलाई प्रोत्साहन गर्न आफु र परिवार सहित पाल्न हुन् अनुरोध गरेका छन् l

Leave a Reply