नेवारी भोज तथा सास्कृतिक कार्यक्रम अर्विङमा भब्यताका साथ सम्पन्न

अर्विङ, टेक्सस, नोवेम्बर १, २०१०

नेवा:कल्चर एसोसियसन अफ टेक्सासको अग्रतामा हरेक बर्ष जस्तै यस बर्ष पनि नेवारी भोज तथा सास्कृतिक कार्यक्रम हिजो अर्विङमा भब्यताका साथ सम्पन्न भयो । उक्त कार्यक्रममा लगभग ५५० भन्दा बढी जन समुदायको उपस्थिती थियो । यती धेरै जन समुदाय भेला भएर नेवारी भोज भएको यो पहिलो पल्ट हो सन्योजक अनिल मानन्धर भन्नु हुन्छ । ढिलो आउनु भएका अतिथिहरुलाई सबै खानाको परीकार पुर्याउन नसकेकोमा आयोजकलाई दुख: लागेको छ ।

कार्यक्रम पूर्णतया पारिवारिक बातावरणमा सम्पन्न भएको थियो । सास्कृतिक कार्यक्रममा त्रिपुर मानन्धरको सयोजनमा परम्परागत नेवारी लोक बजाले जन समुदायलाई कतै आफु काठमाडौंमै छैन भन्ने भान लागेको थियो । यस्तै अशिस्मा नकमी, अयुश्मा बज्रचार्य, शिल्विया मानन्धर तथा इशा घिमिरे को नेपाली तथा नेवारी लोक न्रित्य बडो रोचक तथा आकर्षक थियो । साथै नेवारी पोसाकमा सजिएर नेपालकै जसतै खानाका पारीकारहरु पुरनो परम्परा अनुरुप सघै साथमा भुइमै पलेटी कसेर भोज खाएको द्रिश्य अती रोचक थियो जस्ले यहाँ जन्मेर हुर्केका बच्चाहरुले पनि धेरै सिक्ने र देख्ने मौका पाएको थियो । नेपालमा सघियतको बहस भईरहेको अवस्थामा डलासमा यस्तो प्रकारको कार्यक्रमले हामी नेपाली जनता अनेकतामा एकताको परिचय दिएको थियो ।

नेवा:कल्चर एसोसियसन अफ टेक्सास, नेपलिज सोसाइटी टेक्सास तथा झिगु स: रेडियोको सयुक्त तत्वाधानमा भएको नेवारी भोज तथा सास्कृतिक कार्यक्रममा सहभागी हुने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनिहरुमा नेवा:कल्चर एसोसियसन अफ टेक्सास हार्दिक धन्यवाद तथा आभार ब्यक्त गर्दछ ।

धन्यवाद

स्वयम्भु शाक्य

कार्यक्रमका झलकहरु

0 thoughts on “नेवारी भोज तथा सास्कृतिक कार्यक्रम अर्विङमा भब्यताका साथ सम्पन्न”

  1. I am glad i was able to attend that suku bhoi. Inside the party hall, it felt like i was nepal. Foods are great. Great job organizer. Looking forward for more to come.
    Thanks!!! VJ

    1. it was a dream come true for me because we werent able to make it happen last year despite our efforts. but this year all our organizing members put in so much of dedication and hard work in it, it had to be successful. I want to express my gratitude to all the guests, volunteers, and organizers , for making it happen!!!

Leave a Reply