न्यु योर्कका नेपाली तेक्वान्दो खेलाडी गुरुंगलाई रजत तथा कांस्य पदक

durga 1

विजय थापा ,भर्जिनिया ,सावन ४ ,नेपालका पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी दुर्गा गुरुंगले अमेरिकाको सिकागो राज्यमा भएको राष्ट्रिय तेक्वान्दो प्रतियोगिता (च्याम्पियनसिप)- २०१३ मा कांस्य र रजत पदक जित्न सफल भएका छन् । उनले पुरुषतर्फ वरिष्ठ ब्रेकिड(तोड )मा रजत पदक जितेका हुन् भने पुरुषतर्फ कै अधिक तौल (हेभिवेट )समूहमा कांस्य पदक जितेका छन् । उनले उक्त प्रतियोगिताको प्रतिस्पर्धामा कोलोराडो, न्यू जर्सी तथा न्यू मेक्सीकोका आफ्ना तीन प्रतिस्पर्धीहरुलाई पराजित गर्दै उक्त पदक जितेका हुन् । दुर्गा गुरुङ न्यूयोर्कको तर्फबाट प्रतिनिधित्व गरेका थिए भने गुरुंग सेमि फाइनलमा नर्थ क्यारोलिनासंग पराजित भएका थिए ।

अमेरिकाको सिकागोमा जुलाई ३ देखि ८ सम्म सम्पन्न अमेरिकी राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०१३ मा अमेरिकाभरिबाट करिब ४००० तेक्वान्दो खेलाडीहरुले भाग लिएका थिए

Durga 3

 

Leave a Reply