पत्रकारले दम्भ त्यागे चिरस्थायी नत्र अस्थायी

bijay thapa (1)

व्यक्ति मन पर्यो प्रकाशित गर्यो ,संस्था मन पर्यो समाचारले प्राथमिकता पाउने भो ,राजनीतिक दल मन पर्यो मुख्य पृष्ठमा छाप्यो तर व्यक्ति आफ्नो विचार या राजनैतिक दल संग मिलेन प्रकाशित नगर्यो ,संस्थासंग आग्रह र पूर्वाग्रह छ समाचारलाई किनारा लगाई दियो यहि धर्म हो त पत्रकारिताको ? संचार माध्यममा प्रकाशित गर्नु र नगर्नु सम्पादक मण्डलीमा सर्वाधिकार निहित हुन्छ र प्राथमिकतामा नपरेकोलाई महत्व पनि दिईदैन lअधिकांस सञ्चारमाध्यमहरु राजनैतिक दल विशेषका प्रचारयन्त्र भएका छन् l राजनैतिक दलका नेताहरु विदेश भ्रमणमा परेको अवस्थामा काममा बिदा लिएर पनि टुप्लुक्क पुग्न पछि पर्दैनन तर अर्को बिपक्ष दलको आयो भने कालो झन्डा देखाउन पछि पर्दैनन् l यहि हो पत्रकारिताको दायित्व ?

पाठक वर्ग प्रति पूर्ण बफादारी रहनु आम संचारकर्मिको धर्म रहन्छ l सत्य ,तथ्य ,निष्पक्ष समाचार घर दैलोमा पुर्याउनु र पुग्ने गराउनु पत्रकारहरुको दायित्व हुन्छ l संचारकर्मीले आकाश हेर्न छोड्नु पर्छ l ठोस र गुदी कुराको अनुसन्धान र खोज नै नगरि कलम चलाउनु र प्रकाशित गर्नु पत्रकारिताको बॆईज्जत हुन्छ l

हरेक क्षेत्रमा प्रतिस्प्रद्धा भै रहेको अवस्थामा संचार क्षेत्र पनि अछुतो रहेको छैन l प्रतिस्प्रद्धाको निक्कै बढेको छ र राम्रो अवस्थामा दौडी रहेको छ भनि प्रफुल्ल हुने दिन अब रहेन lपाठकले धेरै हेरे ,हेरी रहने छन् र अब चल्ने भो भनि आँखा चिम्लिने दिन पनि गए किनभने हरेक दिन एउटा प्रतिस्प्रद्धि भएर अस्तित्वमा आई रहेको छ l पत्रिका चल्यो भन्ने बित्तिकै भूईमा खुट्टा नहुनु पनि अब हुदैन भोलि कसले के देखेको छ ? ईतिहासले शिखरमा पुगेको चिज समुन्द्रमा बिलाएको देखाएको छ l

संचार क्षेत्रमा लाग्ने संचारकर्मीले दम्भ पूर्ण रुपमा त्याग्न सके चिरस्थाई हुने ज्यादा सम्भावना रहन्छ नत्र त्यहि समाचार मात्र हेर्न पाठक बर्ग आईतबार कुरी रहदैनन l बिकल्प धेरै छ र पाठकले छानी छानी पढ्ने गर्न थाली सकेका छन् l यदि पत्रकारिता दिर्घकालिन रुपमा गरिएको हो भने संचारकर्मिमा दूरदृस्टी हुनु अति आवश्यक छ नत्र यिनै अहंकारको आगोले भित्र भित्र खरानी बनाई दिन्छ l आकाशमा तिर हेर्ने संचारकर्मी अल्प आयु हुन्छ l मानिसले पत्याउदैन र कालान्तरमा माटो मुनि बिलिन हुदै जान्छ तसर्थ धेरै कुराको बिचार पुर्याउनु जरुरि छ l समाजको दर्पण रहेकोले समाज प्रति धेरै दायित्व रहेको हुन्छ l संचार माध्यम बिना त २१ औ शताब्दीमा मानिस उकुस मुकुस भै निसासिएर प्राण पनि जान सक्छ l

स्मरण रहोस ,राजनीति गर्न दललाई अखबार चाहिन्छ तर अखबार चलाउन राजनीति नभए पनि हुन्छ l म्यान्मार ,लिबिया, इजिप्ट, सिरिया, साउदी अरेबियालगायत कैयौ मुलुकमा जीवन्त राजनीति नभए पनि अखबारको माग बढिरहेको छ र चलेकै छन् lसंचार माध्यम चल्ने नै सामग्री प्रस्तुति र यथार्थतालाई सतह माथि ल्याई दिने हुनाले सबैको प्रिय हुन् जान्छ l पत्रकारिता एक प्रकार समाज सेवा हो l मुलुक बाहिर अनगिन्ती संचार माध्यमहरुको बिगबिगी छ l मुलुक बाहिर व्यस्त समयको बाबजुद पनि समाचारहरु संकलन र लेखनमा समर्पण गरि रहेको देखिएको छ जुन प्रसंशनीय छ र सबैले तारिफ गर्ने पर्छ l मुग्लान (परदेस )मा संचारकर्मी बन्न कठिन छैन l तालिम लिनु नै पर्ने ,पढ्नु नै पर्ने आदि ईत्यादी झन्झट छैन l बिदेशमा आधा भन्दा ज्यादा संचार माध्यमहरु बिदेशी माटोमा आई स्वयम छापा या बिधुतिय पत्रिका संचालन गरि रहेका छन् l पत्रकारको तालिम नै नलिएका र पत्रकारितामा क ख ग सम्म नजान्नेहरुले नेपालबाट बर्षौ बिताएका संचार कर्मीहरुलाई अप्ठ्यारो पारेको पनि देखिएको छ l

बिदेशमा परदेशमा जे कुरा पनि तल्लो स्तरबाट गर्नु पर्ने हुनाले नया पिढीलाई प्रोत्साहन दिनु पर्ने अवस्थामा र नेपालमा आफुसंग भएका नकारात्मक कुराहरु त्याग्नु पर्नेमा परदेशमा पनि पत्रकारितामा म शिक्षक ,म पढाएको ,म यति बर्ष काम गरेको भन्ने सोच्यो भने बिदेशमा सबैले भन्ने र सबै भन्दा चल्तीको शब्द ” हु केयर्स ” ”कसले वास्ता गर्ने ?जस्तो ठाडो जवाफ पाउने बढी सम्भावना रहन्छ l

परदेशमा अनुभव काम लाग्न सक्छ र निश्चित चै हुदैन पत्रकारिताको l मुलक भित्र जे जस्तो भए या गरेता पनि हामी नेपाली हौ ,हाम्रो मन र हाम्रो पन नेपाली हौ भन्ने सोचिन्छ भने संचार कर्मीको प्रति श्रद्धा बढ्ने हुन्छ नत्र संचार कर्मी बेवास्ताको शिकार बन्न पुग्छ l पत्रकारितामा धाक ,धक्कु ,अहंकार ,अभिमान ,फुर्ति आदि ईत्यादी काम नलाग्ने भालु भुत्ते खुकुरी हुन्छ l समाजले तिरस्कार गर्दछ l सरल ,ईमान्दारी संचारकर्मी सबैको आँखाको नानीमा बस्दछ र सबैको पूर्ण समर्थन पाउने हुन्छ lसम्पादकहरूले आफ्नो ज्ञान र सीपको पूरापूर उपयोग गर्नुपर्छ l

संचार क्षेत्रमा होमिने सबैले यो कुरा यकिन गर्न अपरिहार्य छ l सबैले वास्तविकताको सतहमा हिड्न सक्नु पर्छ र केवल हचुवाको भरमा अरुको माध्यमबाट सुनेको कुरामा खाट्टी पत्रकार अलमलिनु कदापी हुदैन l सत्य र तथ्य प्रति नतमस्तक हुनु पर्छ l आग्रह र पूर्वाग्रह पूर्ण रुपमा परि त्याग गर्दै सतहमा हेर्ने गर्नु पर्छ l दिर्घायु र चिरन्जीवी बन्ने संचार माध्यम तथा संचार कर्मीले आकाश तिर हेर्ने दृष्टिकोणमा परिवर्तन गरे राष्ट्र ,समाज र समुदायको हृदयमा चिरस्थायी रुपमा बाच्ने सम्भावना अत्यधिक हुन्छ lयसैमा यो पेसाको मान र मर्यादा अभिवृद्धि हुन् जान्छ l

……………………………………………………अस्तु

विजय

 

Leave a Reply