पर्खाइ

तिमी आउने कहिले कहिले

पर्खी बसे म अहिले…

गीत कविता सबै लेखे

तिमीलाई सुनाउने हो कहिले?

तिमीसंग बोल्दा बोल्दै

आँशु मेरो खस्यो कहिले?

घडीको सुइ दोहोरि सकेछ

तिमीसंग बोले म कहिले?

छुट्ने डरले मन डराउछ

संगै हामी बस्ने हो कहिले?

कहिले बनाउने घर टाढा

त्यहाँ मलाई लाने कहिले?

सानो सुन्दर संसारलाई

हाम्रो नाम दिने हो कहिले?

तिमी आउने कहिले कहिले

पर्खी बसे म अहिले….

Leave a Reply