प्रतिलिपि र टास मात्र पत्रकारिता हो ?

bijay thapa (1)
प्रतिलिपि अर्थात् कपि र टास अर्थात् पेस्ट l संचारकर्मी बन्नलाई कुनै आइतबार कुरी रहनु पर्दैन l बिदेशी माटोमा टेक्ने बितिकै नेपाली समुदायको पत्रकार बन्न ताल मेल मिलाई रहनु पर्दैन l एउटा निजि संजाल (ब्लग ) या संजाल खोल्यो अनि पत्रकारको छाप लागि हाल्ने भयो l समाचार प्रकाशित गर्न कठिन नहुने भो किनभने बिश्वको कुनै कुनामा बस्यो नक्कल र टास मात्र गर्यो लेखक र सम्बाददाताको नाम हटायो अनि पत्रिकाको प्रधान सम्पादक /सम्पादक आदि ईत्यादी  l बिधुतिय संजाल र संचार कर्मीको जन्म यसरि बिश्वभर भै रहेको छ l पत्रकारिताले नक्कल र टासलाई  प्रोत्साहन गर्छ ? के यसरि नै बनिन्छ संचार कर्मी या पत्रकार ?
राष्ट्रको चौथो अंग र अति नै संबेदनशिल यो पेशा अत्यन्तै मर्यादित छ l संचार कर्मी र पत्रकारिताको धज्जी उडाउने नियत हैन l  स्वय यस मर्यादित पेसामा संलग्न भएको अवस्थामा आफुले भोगेका अनुभूति र देखेका कुरालाई पाठक वर्ग र यो पेसासंग सम्बन्धित रहनु हुने सबैलाई ध्यानाकर्षण गराउनु हो lनेपालमा मात्र नभई बिदेशी माटोमा बिधुतिय पत्रिका खोल्नेको बाढी आएको छ l जति खोलिन्छ त्यतिनै समुदायले समाचार प्राप्त गर्दछन l संचारको चरम उन्नतिले बिश्वको एउटा कुनामा भएको घटना आँखा झिम्कन साथ् पृथ्वीको अर्को कुनामा पुग्दछ l पत्रकारिता समाजको दर्पण ,दर्पण अर्थात् ऐना ,ऐना भनेको आफ्नो पूर्ण अस्तित्व देखिनु यसको अर्थ पत्रकारले यसरि नै विश्लेषण ,अनुसन्धान ,खोज आदि ईत्यादी गरि कलम चलाई समाजमा रहेका सबै प्रकारका तथ्य ,सत्य ,राम्रा ,विसंगति ,विकृतिलाई सतह बाहिर ल्याउनु हो ,जस्तोको तस्तै चित्रण गर्नु हो l अब यस्तो स्थिती रहेन ,एकल व्यक्तिले संसारका सबै कुरा एकै थलोमा बसी आफ्नो निजि संजाल या बिधुतिय पत्रिकामा स्थान अटाई नटाई सामग्री राखिएको हुन्छ अर्थात् नक्कल र टास l
यसको मारमा सक्कली पत्रकार पर्दछन l मेहनत र सबै कुरा जुराई कलम चलायो ,नक्कल र टास गर्ने संचार कर्मीले आफैले कलम चलाई लेखेको जस्तो गरि प्रकाशित गरि सकेका हुन्छन l यसरि यो जुक्तिमा निजि एकल संजाल चलाउनेलाई संचारकर्मी भन्ने बारे पनि बहस गर्नु जरुरि देखिन्छ lनक्कल र टास पत्रकारितामा पर्ने चिज हैन र पत्रकारिताले मान्दैन ?नेपालका राष्ट्रिय स्तरका पत्रिकाहरुमा पनि यस्तै नक्कल र टास गरि श्रोत खुलाएको समाचार देखिएको छ र हुन्छ पनि l यसको आदत परेमा गणक यन्त्रको अविस्कार भए पछि सानो तिनो हिसाब किताब गर्दा पनि गणक यन्त्र नै चाहिन्छ किनभने हिसाब किताबमा अल्झिन अल्छि लाग्ने भयो l घर मै बसी बसी पत्रकारिताको शान देखाउने बानी परे पछि किन दुख गर्ने ? किन कार्यक्रममा जान परोस ,अरुले प्रकाशित गरेको नक्कल अनि टास गरि दियो अनि काम तमाम, तर कुरो त्यसो नहोला l संचारको प्रतिलिपिको ठुलो कानुन छ र सतर्कता अप्नाउछन l विश्वमा १८औ शताब्दीमा बेलायतबाट प्रतिलिपि सम्बन्धि कुरा सर्वप्रथम छापाबाट उठेको थियो  र १०० बर्ष बिति सक्दा पनि कार्यन्वयन गर्न कठिन भयो l
यहि नक्कल र टासको मामलामा मुद्दा खेपी रहेका छन् ,नेपालको परिपेक्षमा संचार कर्मी आफै कार्यक्रम तथा घटना स्थलमा नै पुगी समाचार बनाउदछन त्यो खाट्टी पत्रकार हुन्छन l तर मुग्लानमा सकिने अवस्था हुदैन किनभने रत्न पार्क गएको जस्तो हुदैन ,समाचार बनाउन पनि निकै टाढा जानु पर्छ नत्र समाचार बनाउन सकिदैन l  तर नक्कल र टास परेकोलाई मालामाल हुन्छ दुख गरेर समाचार बनायो ,बनाउनेलाई थाहा नै नपाई अग्रिम रुपमा नै साभार नै नलेखि प्रकाशित भै सकेको हुन्छ l अनि वरिष्ठ   पत्रकार या अब्बल दर्जाको संचारकर्मिको बिल्ला झुण्डाउछन l त्यस्तो सस्तो पत्रकारिताले दिर्घ जीवि प्राप्त गर्न सक्ला त ? अधिकांस बिधुतिय पत्रिकाले यो तरिका अपनाएका छन र नेपालीहरुको जनघनत्व सबै राष्ट्रमा वृद्धि भै रहेको छ र उनीहरुले नेपाली समुदायलाई सुचना र संचार पस्कि सू-सुचित गरि रहेका हुन्छन तर पारा भनेको फेरी नक्कल र टास हो l नक्कल र टास गर्दा फरक नपर्ला र बिदेसी माटोमा बौद्धिक मानिस पनि हुन्छन् र यसरि नक्कल र टासको ज्ञान उनीहरु संग हुन्छ र सामग्री हेर्ने बित्तिकै पहिले नै थाहा पाउदछन l  नक्कल र टासले क्षणिक संचार  कर्मीलाई आनन्द होला तर दिर्घ कालिन अवस्थामा त्यो टिकाउ रहन सक्दैन l  त्यसैले मौलिकपन र खाट्टी पत्रकार र पत्रकारिताको धर्म निभाउन सक्यो भने पाठक वृद्धि हुन् र रुचाउने छन् lन्यु योर्क टाइम्स बिश्वको सबै भन्दा चल्तीको पत्रिका मानिन्छ l समर्पणको उच्च कदर गरिन्छ र नक्कल र टास गर्ने सम्बन्धि नै आचार सहिंता बनाएको छ l
नेपालबाट बिशुद्ध पत्रकार भएर विदेश आएका पनि छन् र नेपालको जस्तो गर्न परदेशमा सकिदैन किनभने यहाँ त्यो सुत्रले काम गर्दैन र नियम कानुन जान्न समय धेरै लाग्छ l अलिकति सबुत र प्रमाण पुर्याउन सकेन टुप्पीबाट धुवा निस्कने हुन्छ l नक्कल र टास गर्नेलाई सरल छ किनभने कसैले किन प्रकाशित गरिस भने प्रश्न गरे टास मात्र गरेको हु भने फन्दाबाट उम्कने हुन्छ lयसरि पत्रकार हुन् पाए जो पनि यो पेसा रोज्दथ्ये होला तर त्यसरी संचार कर्मी बन्न नपाईने भन्ने चाही हॊईनल कसले के गर्छ ?पत्रकारलाई छोयो कि रोयो भन्ने सोच्दा पनि होला तर विदेशमा नेपाली पत्रकारको केहि चल्दैन किनभने समय र अरु काम नगरि मुखमा माड लाउन नपाईने हुनाले फुर्सद समयमा यो पेसा पनि गरौ भनेर नेपालमा यो पेसा गरेको हुदा निरन्तरता दिने गरेका पनि छन् l१६ औ शताब्दीमा पत्रकारिताको सुरुवात भएको हो र अमेरिकामा १६९० मा पब्लिक अकुरेंस ( जन घटना )सर्वप्रथम बोस्टनबाट निकालिएको पत्रिका नै पहिलो भएको मानिन्छ  l
कलमको तागतसंग आकाश पनि झुक्न बाध्य हुन्छ l तर नक्कल र टासले सामाजिक परिवर्तन गर्न सक्ला त ? सक्दैन ,किनभने संचार कर्मीले कलम फनफनी घुमाउनु पर्छ अनि मात्र पेसाको मर्यादा बढ्छ l अमेरिकामा नेपालबाट आएका प्रसस्त संचारकर्मीहरु छन र कलम चलाउन रोकेका छैन l उनीहरुले पत्रकारिताको भाषा अर्थात् मर्म बुझेका छन् र यहाको माटोमा कलम चलाउदा गर्नु पर्ने ख्याल प्रति धेरै गहिरिएर ज्ञान समयले साथ नदिएको हुनाले त्यो तर्फ कमजोरी देखिन्छ l
बिधुतिय पत्रिका मात्र नभै पत्रिका चलाएर पत्रकारिताको परिचय धेरै मुलुकमा नेपाली पत्रकारहरुले दिएका छन् र उनीहरु नक्कल र टासलाई घृणा गर्दछन l मौलिक खोज ,प्रकाशन गर्नेलाई ठुलो मार परेको छ र प्रताडित छन् l नक्कल र टासले उनीहरुलाई उछिनेका छन् l वास्तविक समाचार र  सुचनाले समाज र समुदायलाई सू-सुचित गर्नु छ भने कलम चलाउनु पर्छ ,पत्रकारिता पेसालाई मर्यादापूर्ण बनाउन यसको मुख्य गुदी बुझ्न जरुरि हुन्छ र दिर्घकालिन रुपमा यो पेसालाई अंगाल्ने सोच राखिने हो भने नक्कल र टासको अन्त्य गर्नु पर्छ l यसैमा संचारकर्मी र संचार माध्यमको भलाई हुन्छ l
………………………………..अस्तु
विजय

 

Leave a Reply