प्रधान मन्त्रिको शुभकामना सभासद ढुंगेलले जनसम्पर्क समिति भर्जिनियाको अधिवेसनमा सुनाए

jan sampark 1

बैशाख २२ ,भर्जिनिया

विजय थापा

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा स्थापना भएको नेपाली कांग्रेस जन सम्पर्क समिति भर्जिनिया शाखाको दोश्रो अधिवेसनमा नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्वर २ बाट प्रतिनिधित्व गर्ने सभासद रामेश्वर प्रसाद ढुंगेलले मन्तब्य राख्दै प्रधान मन्त्री सुशील कोइरालाले अधिवेसनको सफलताको लागि मौखिक शुभकामना लिएर आएको बताए l

प्रमुख आतिथ्यको मन्तब्य राख्दै सभासद रामेश्वर प्रसाद ढुंगेलले अब गुट र उपगुटको राजनीति गर्ने कसैको भविष्य छैन भन्ने स्पष्ट कुरा राख्दै आफु भाषण गर्न सिपालु नभएको भन्दै केवल काम गर्न मात्र जानेको कुरा राखे l अगाडी थप विचार राख्दै बिदेशमा बस्ने नेपालीहरुको लागि संबिधानमा पनि उल्लेख गर्ने तयारी भै रहेको जानकारी दिए l

jan sampark 5

जनसम्पर्क समिति भर्जिनिया शाखाका सभापति केसब बरालले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यबाद दिदै अमेरिकामा रहेको जन सम्पर्क समितिको विवादलाई समाधान गर्न भर्जिनिया शाखाले अहम भूमिका निर्वाह गरेको कारण आउदो जुलाई ५ तारिखमा जन सम्पर्क समितिको अधिवेसन तोकेको कुरामा आफुलाई गर्व भएको बताए l जनसम्पर्क समिति भर्जिनिया शाखा कहिले पनि विवादमा अल्झिएको थिएन भन्ने कुरा राख्दै ४ बर्ष आफुले नेतृत्व गर्न पाएकोमा हर्ष व्यक्त गरे l

उक्त अधिवेसनको केन्द्रका प्रतिनिधि ,महासमितिका सदस्य ,संघ तथा संस्थाका प्रतिनिधिहरुलाई पनि शुभकामनाको अवसर प्रदान गरिएको थियो भने अधिकांस वक्ताहरुले जन सम्पर्क समितिको लामो समय देखिको विवाद बारेमा चर्चा परिचर्चा गरेका गरेता पनि एकता अपरिहार्य हुने कुरामा सबै सहमति हुदै अगाडी बढ्नु पर्ने कुरामा जोड दिए l जन सम्पर्क समिति अमेरिका सक्षम छ ,हामी हाम्रो विवाद आफै सुल्झाउने छौ भन्दै केन्द्रले जन सम्पर्क समिति अमेरिकामा हस्तक्षेप गर्नु नहुने भन्दै प्रमुख अतिथि तथा सभासद रामेश्वर प्रसाद ढुंगेललाई ध्यानाकर्षण बिश्व बन्धु प्रसाईले गराए l न्युयोर्कबाट पाल्नु भएका वरिष्ठ कानुन विद तथा एन आर एन का लागि अधक्ष्यका प्रत्याशी खगेद्र जिसीले आफ्नो घोषणा पत्र बारे जानकारी दिएका थिए l

जन सम्पर्क समिति भर्जिनिया शाखाको दोश्रो अधिवेसनले नया कार्यसमिति चयन सर्ब सम्मतिबाट राम शरण हुमागाईको सभापतित्वमा एक १३ सदस्यीय कार्यकारी समिति गठन गरेको घोषणा निर्वाचन समितिका संयोजक रमेश पन्त (बिध्या वारिधि )ले दिए भने निर्वाचन समितिमा लक्ष्मी कान्त गौडेल तथा अमयन्ति कोइराला सदस्य रहेका थिए l

महा सचिब मोहन घिमिरेले कार्यक्रम संचालन गरेका थिए भने उनले आफ्नो प्रतिबेदन प्रस्तुत गर्दै दोहोरो नागरिकता ,संबिधान बन्ने र बनाउने ,दण्ड हिनता तथा नेपाल सरकारका जिम्मेबार सामान्य प्रशासन मन्त्रि लाल बाबु पण्डितले दिनु भएको गैर जिम्मेबार अभिव्यक्ति प्रति खेद प्रस्ताब राखेका थिए भने अधिवेसनले उक्त प्रस्ताबलाई अनुमोदन गरेको थियो l

नव निर्वाचित सभापति राम शरण हुमागाईले निर्वाचित भए लगतै मेरो पहिलो प्रतिबद्धता भनेको नेपाली जन सम्पर्क समिति भर्जिनिया अमेरिकाको एकताको लागी ,निष्ठाको लागि र नेपाली कांग्रेसले अङ्गीकार गरेको सिद्धान्तलाई पालना गर्ने सवालमा हामी कदापी झुक्ने छैनौ l हामी तलमाथि भयौ भने औला ठडाउने हुनेछ र त्यसमा हामी नतमस्तक हुनेछौ भन्दै सबै संग राय परामर्श लिई कामगर्ने छु भने l

नव निर्वाचित पदाधिकारीहरुमा राम शरण हुमागाई ,सभापति ,उपाधक्ष्यहरुमा ,प्रशन्न संग्रौला ,टंक नाथ दाहाल र दिपक राणा छन् भने मोहन घिमिरे ,महा सचिब ,हरि प्रसाद शर्मा ,सचिब तथा रुप बहादुर कार्की कोषाधक्ष्यमा सर्ब सम्मतिमा निर्वाचित भएका छन् l यसै गरि सदस्यहरुमा ,किरण लामा ,बिष्णु हरि भण्डारी ,यशोदा देवी थापा ,बुद्धि प्रसाद पौडेल ,केदार प्रसाद तिम्सिना तथा हुम बहादुर सुबेदी सर्ब सम्मतिबाट निर्वाचित भएका छन् l

 

Leave a Reply